बाल दिवसमा फाउण्डेसनद्वारा आश्रितहरुलाई खाना र बालबालिकालाई पेन्टिङ र खेल सामाग्री वितरण
नेपालगन्ज, ३१ भदौ – गोपाल–नीना फाउण्डेशन, नेपालगन्जद्वारा स्थानीय निलसागर सेवा आश्रममा आश्रित बावबालिकाहरुलाई पेन्टिङ र खेल सामाग्री वितरण गरेको छ । ६२ औं अन्तर्राष्ट्रिय बाल दिवसको अवसरमा आयोजित कार्यक्रममा आश्रित बालबालिकालाई उक्त सामाग्री र आश्रित सबैलाई विहानको खाना पनि खुवाइएको हो ।
गोपाल–नीना फाउण्डेशनका सहनिर्देशक डा. तृप्ती पाल रमणले दिनु भएको जानकारी अनुसार आश्रममा आश्रित अभिभावक विहीन, आफन्तहरु समेत गुमाएका सहारा विहीन ७८ जना बालबालिकाहरुलाई पेन्टिङ र खेल सामाग्री वितरण गरिएको थियो । डा. तृप्ती पाल रमणले भन्नुभयो– बाल दिवसकै अवसरमा गत वर्ष उक्त कार्यक्रम लगायत बालबालिकाहरुलाई निःशुल्क स्वास्थ्य परिक्षण औषधी वितरण तथा स्वास्थ्य परामर्श सेवा पनि प्रदान गरिएको थियो ।
फाउण्डेसनका संस्थापक अध्यक्ष वरिष्ठ पेट रोग विशेषज्ञ डा. गौरव श्रेष्ठका अनुसार सोही अवसरमा आश्रममा आश्रित २...









