उपाध्यक्ष केसीद्वारा क्रियाशील पत्रकारहरुलाई मात्रै सदस्य बनाउन निर्देशन
नेपालगन्ज, १३ भदाै - नेपाल प्रेस युनियनका वरिष्ठ केन्द्रीय उपाध्यक्ष प्रेम केसीले प्रेस युनियन क्रियाशील पत्रकारहरुको संगठनका रुपमा परिचित रहेकाले व्यवसायिक र क्रियाशील पत्रकारहरुलाई मात्रै सदस्य बनाउन निर्देशन दिनुभएको छ ।
नेपाल प्रेस युनियन बाँके शाखाले केन्द्रीय कार्यक्रम अन्तर्गत सुरु गरेको सय दिने अभियानको शुक्रबार नेपालगन्जमा सुभारम्भ गर्दै वरिष्ठ उपाध्यक्ष केसीले युनियनलाई भर्ति केन्द्र नबनाउन निर्देशन दिनुभएको हो ।
‘सञ्चार क्षेत्रमा काम गर्ने र पत्रकारकै पहिचान बनाएका साथीहरुलाई सदस्यता दिने सवालमा पूर्वाग्रही नहुनुहोस्, उहाँले भन्नुभयो–‘तर आफ्नो स्वार्थ सिद्दका लागि सदस्य बन्नेहरुलाई रोक्नुहोस् त्यस्ता सदस्यहरुको नवीकरण समेत नगरिदिए पनि हुन्छ ।’
यस्तै नेपाल प्रेस युनियन लुम्बिनी प्रदेशका महासचिव नवीन गिरीले प्रेस युनियन अरु संगठन भन्दा पुरानो र अग्रणीय संगठन भएकाले यस...








