राष्ट्रिय किसान संजालद्वारा “कृषी” किसानहरुको समग्र समस्या मांगलाई लिएर नेपालगन्जमा जुलुस सभा र प्रदर्शन
नेपालगन्ज २३ कार्तिक - राष्ट्रिय किसान सञ्जालद्वारा किसानका विविध मांग समस्याहरुका विषयलाई लिएर लुम्बिनी प्रदेशको नेपालगन्जमा आईतबार शान्तिपूर्ण विरोध प्रदर्शन गरेको छ ।
सातै प्रदेशका सदरमुकामहरुमा आईतबार विहान ११ बजे एकै समयमा गरिने भनिएको शान्तिपूर्ण जुलुस प्रदर्शन कृषी किसानसंग सम्बन्धित बिबिध बिषयमा मांग राख्दै विरोध कार्यक्रम अन्तर्गत राष्ट्रिय किसान सञ्जाल लुम्बिनी प्रदेशले नेपालगन्जमा जुलुस प्रदर्शन बिरोधसभा गरेको छ ।
नेपालगन्जको एस.के. पेट्रोल पम्पदेखि शुरु भएको जुलुस प्रदर्शनमा नेपाली कांग्रेसको भातृ संस्था नेपाल किसान महासंघ र नेकपा एमालेको भातृ संस्था अखिल नेपाल किसान महासंंघ भित्र पर्ने किसान सम्बद्ध अन्य विभिन्न संगठनका पदाधिकारी, सदस्य एवम आम किसानहरुको सहभागिता सहित प्रदर्शन कारकाँदौ चौकमा बिरोध सभामा परिणत भएको हो ।
उक्त सभालाई अखिल नेपाल किसान महासंघका केन्द्र...









