उपमहानगरद्वारा खेलाडीहरुलाई सम्मान (फोटोफिचरसहित)
नेपालगन्ज, २५ बैशाख – नेपालगन्ज उपमहानगरपालिकाले स्थानिय, राष्ट्रिय, अन्तर्राष्ट्रिय खेलाडीहरुलाई एक साथ सम्मान गरेको छ ।
नेपालगन्ज उपमहानगरपालिकामा आज आयोजित सम्मान कार्यक्रममा २०२५ जुलाई १६ देखि १९ सम्म थाईल्याण्डको पटायामा सम्पन्न १२ औं वल्र्ड स्टे«न्थ लिफ्लि· तथा इन्फलाइन बेन्च प्रेश प्रतियोगितामा बाँके जिल्लाबाट प्रतिनिधित्व गरी पदक प्राप्त विजयी खेलाडीहरुमा सन्तोष काजी श्रेष्ठ -सिल्भर), मोहित गुप्ता -गोल्ड तथा कास्य) र करण बाडिया -गोल्ड र सिल्भर) मेडललाई उपमहानगर प्रमुख प्रशान्त बिष्ट, ओम फिटनेश सेन्टरका लाभराज श्रेष्ठ लगायतले सम्मान गरेका छन् ।
उक्त सम्मान कार्यक्रममा स्थानिय स्तरमा अन्य खेलमा सहभागी खेलाडीहरुलाई समेत सम्मान गरिएको थियो ।
सम्मान कार्यक्रमका प्रमुख अतिथि उपमहानगर प्रमुख बिष्टले – खेलाडीहरुको प्रोत्साहन स्वरुप आउने बजेटमार्फत बजेट बिनियोजित गरिनुका ...









