
नेपालगन्ज, २१ बैशाख – लागू औषधि नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगन्ज र जिल्ला प्रहरी कार्यालय बाँकेको संयुक्त टोलीद्वारा विशेष सूचनाको आधारमा ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ताद्वारा दिईएको जानकारी अनुसार आज बिहान नेपालगन्ज वडा नं. ५ स्थिति चेकजाँच गर्ने क्रममा भारतको उत्तर प्रदेश, बहराइच जिल्लास्थित रुपैडिया थाना बाबागञ्ज बस्ने ३२ वर्षीय मोहम्मद हामिद र सोही स्थानकी २२ वर्षीया सविना देवी पथरकटलाई ६८ ग्राम ८१० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ गरिएको बताए ।

प्रहरीले दिईएको जानकारी अनुसार कानुन बमोजिम शरीर तलासी गर्दा मोहम्मद हामिदले लगाएको कालो पाइन्टको दाहिने खल्तीभित्र लुकाई राखेको अवस्थामा खैरो हेरोइन बरामद गरिएको तथा खैरो हेरोइनका साथै दुई थान मोबाइल फोन र भारतीय नम्बर प्लेट युपी ४० बीएच ४७०८ को मोटरसाइकल समेत बरामद गरिएको छ ।
पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासतमा राखी थप अनुसन्धान भइरहेको छ । प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरू संगठित लागुऔषध कारोबारमा संलग्न हुन सक्ने आशंका प्रहरीले गरेको छ ।
