प्रथम अशोक स्मृतिकप: न्यु बागमतिले हरायो योगिनीलाई
खजुरा, ३१ वैशाख – न्यु बागमति युवा क्लबले प्रथम अशोक स्मृतिकप -यु–२०)फुटबल प्रतियोगितामा सफलता हासिल गरेको छ । न्यु बागमति युवा क्लबले बुधबार योगिनी युवा क्लबलाई १–० ले पराजित गरेको छ । खजुरा गाउँपालिका–४ डी गाउँस्थित मिनि रंगशाला मैदानमा भएको खेलमा न्यु वागमतिको लागि अनिपाल शाहीले खेलमा निर्णायक गोल गर्नु भएको थियो । शाहीले ४८औं मिनेटमा गोल गर्दै बागमतिलाई जित दिलाउनु भयो । खेलमा शाही प्लेयर अफ द म्याच घोषित हुनु भयो ।
उहाँलाई आयोजकश्री दिफेमस महिन्द्र दल गण भु.पु संघ बाँके अध्यक्ष कृष्णलाल गिरी र प्रतियोगिता संयोजक एवम् खजुरा गाउँपालिका वडा नम्बर ४ का निर्वतमान अध्यक्ष तिलकवीर सुनारलगायतले पुरस्कृत गर्नु भएको थियो ।
श्री दिफेमस महिन्द्र दल गण भु.पु संघ बाँकेको आयोजना, सुन्दर विहानी युवा क्लब जानकीगाउँपालिका–०४बाँकेको सहआयोजना र ब्रदर्श एफसीको विशेष सहयोगमा भैरहेको प्रतियोगिताला...









