Thursday, May 14सत्यम खबर
Shadow

१८ नं. वडामा २४५ मिटर आरसीसी नाला तथा सडक स्तरोन्नति कार्यको शिलान्यास

नेपालगन्ज, २४ बैशाख – नेपालगन्ज उपमहानगरपालिका वडा नं. १८ का वडा अध्यक्ष दीपककुमार बर्माले पशुपति नगर क्षेत्रमा रु २१ लाखको लागतमा निर्माण हुन लागेको २४५ मिटर आरसीसी नाला तथा सडक स्तरोन्नति कार्यको आज एक कार्यक्रम बीच शिलान्यास गर्नुभएको छ।

स्थानीय बासिन्दाको उपस्थितिमा सम्पन्न शिलान्यास कार्यक्रममा वडा अध्यक्ष बर्माले वडा नं. १८ मा तीव्र रूपमा विकास निर्माणका कार्य अगाडि बढिरहेको बताउनुभयो। उहाँले यसअघि पनि विभिन्न टोल तथा क्षेत्रमा सडक, नाला तथा पूर्वाधार निर्माणका योजनाहरूको शिलान्यास गरिसकिएको र अधिकांश योजनाहरू निर्माणको चरणमा रहेको जानकारी दिनुभयो।

वडा अध्यक्ष बर्माका अनुसार चालु आर्थिक वर्ष भित्र वडा नं. १८ मा अझ डेढदेखि दुई दर्जनसम्म नयाँ सडक तथा पूर्वाधार योजनाहरू शिलान्यास गर्ने तयारी रहेको छ। “जनतासँग गरेका प्रतिबद्धता पूरा गर्ने लक्ष्यसहित विकास निर्माणलाई प्राथमिकतामा राखेर काम गरिरहेका छौं,” उहाँले बताउनुभयो।

 

स्थानीयवासीहरूले वडा नं. १८ मा पछिल्लो समय सडक, नाला तथा आधारभूत पूर्वाधार निर्माणका काम तीव्र गतिमा अघि बढेको भन्दै खुसी व्यक्त गरेका छन्। नेपालगन्ज उपमहानगरपालिका भित्र विकास निर्माणका हिसाबले वडा नं. १८ अग्रस्थानमा देखिएको स्थानीयहरूको भनाइ छ।

 

वडा अध्यक्ष दीपककुमार बर्मा जनतासँग गरेको वाचा र विकासप्रतिको प्रतिबद्धता अनुसार निरन्तर सक्रिय रूपमा काम गरिरहेको स्थानीयले बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *