
नेपालगन्ज, १७ बैशाख – नेपालगन्ज उपमहानगरपालिका वडा नं. १८ का वडा अध्यक्ष दिपक वर्माले माथिल्लो तेजनगरमा रु २० लाखको लागतमा नाला तथा पीसीसी सडक निर्माण कार्यको शिलान्यास गर्नु भएको छ । उक्त आयोजना अन्तर्गत १६० मिटर नाला र १३० मिटर पीसीसी सडक निर्माण गरिने बताईएको छ ।
शिलान्यास कार्यक्रममा स्थानीय टोलबासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो भने उनीहरूमा खुसी र उत्साह देखिएको थियो । कार्यक्रममा बोल्दै वडा अध्यक्ष वर्माले विकास निर्माणका काममा आफू सधैं जनताप्रति प्रतिबद्ध र सक्रिय रहने बताउनुभयो ।

वडाअध्यक्ष वर्माले ‘विकास भनेको हाम्रो साझा सपना हो र त्यो सपनालाई वास्तविकतामा रूपान्तरण गर्ने यात्रामा हामी निरन्तर अघि बढिरहेका छौं’ भनी बताउनुभयो ।
महँगीका कारण धेरै स्थानमा विकास निर्माणका काम प्रभावित भइरहेको अवस्थामा वडा नं. १८ मा भने सक्रियताका साथ कामहरू अगाडि बढिरहेको स्थानीयले बताएका छन् ।
