Sunday, May 10सत्यम खबर
Shadow

आजदेखी सुरु हुँदै प्रथम अशोक स्मृतिकप फुटबल

खजुरा, २७ वैशाख – प्रथम अशोक स्मृतिकप फुटबल प्रतियोगिता आज आइतबारदेखि खजुरामा शुरु हुँदैछ । स्थानीय खेलाडीहरुलाई प्राथमिकता दिएर आयोजना गर्न लागिएको प्रतियोगिताको तयारी पुरा भएको आयोजक श्री दि फेमस महिन्द्र दल गण भु.पु संघ बाँकेले जनाएको छ ।

सुन्दर विहानी युवा क्लब जानकी गाउँपालिका–०४ बाँकेको सह आयोजनामा हुन लागेको प्रतियोगिताको उद्घाटन खेलमा न्यु डाँफे स्पोर्टस क्लब र कालिका युवा क्लबले प्रतिस्पर्धा गर्ने भएका छन् । जेठ ३ गते सम्म चल्ने प्रतियोगितामा १२ टिमको सहभागिता रहेको छ ।

बाँके खजुरा गाउँपालिका–४ डी गाउँस्थित मिनि रंगशालामा हुने प्रतियोगिताको विजेता टिमले ५१ हजार रुपैयाँ, उपविजेताले ३१ हजार रुपैयाँ, ट्रफी, मेडल, प्रमाणपत्र पाउने आयोजक श्री दि फेमस महिन्द्र दल गण भु.पु संघ बाँके अध्यक्ष कृष्णलाल गिरीले बताउनु भयो । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई ५ हजार रुपैयाँ, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलकिपरलाई जनही २ हजार ५ सय रुपैयाँ, ट्रफी, प्रमाणपत्र प्रदान गरिनेछ ।

प्रतियोगिताको प्रथम पुरस्कार रकम रु.५१ हजार रुपैयाँ खजुरा गाउँपालिका वडा नम्बर ४ निवासीहाल अमेरिकामा रहनु भएका समाज सेवी तथा खेलप्रेमी लीलबहादुर थापाले प्रायोजन गर्नु भएको प्रतियोगिता संयोजक एवम् खजुरा गाउँपालिका वडा नम्बर ४ का निवर्तमान वडा अध्यक्ष तिलकवीर सुनारले जानकारी गराउनु भयो । यसैगरी प्रतियोगितालाई मुख्य प्रायोजन स्व.अशोक विकका भाई एलिसा ज्वैलर्सका प्रो. खजुरा गाउँपालिका वडा नम्बर ४ निवासी हरिप्रकाश विकले गर्नु भएको आयोजकले जनाएको छ ।

स्थानीय स्तरका खेलाडीलाई खेल्ने अवसर प्रदान गर्दै प्रतिभावान खेलाडी उत्पादन गर्ने लक्ष्य सहित आयोजना गर्न लागिएको प्रतियोगितामा १२ क्लबको सहभागिता रहेको छ । प्रतियोगितामा कालिका युवा क्लब, न्यु डाँफे स्पोर्टस क्लब, मोडेल एफसी, धम्बोझी एफसी, न्यु दर्पण स्पोर्टस क्लब, ब्रदर्श एफसी, सिमलघारी, चन्द्र ज्योति, खजुरा–११ -आयोजक), योगिनी युवा क्लब, बागमति युवा क्लब र महिन्द्र दल गण भुपुको सहभागिता रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *