Tuesday, June 16सत्यम खबर
Shadow

श्रम/रोजगार

ब्रदर्श एफसीले जित्यो प्रथम अशोक स्मृतिकप फुटबलको उपाधि

ब्रदर्श एफसीले जित्यो प्रथम अशोक स्मृतिकप फुटबलको उपाधि

आर्थिक, आस्था, खेल, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
खजुरा, १० जेठ – ब्रदर्श एफसीले प्रथम अशोक स्मृतिकप -यु–२०) फुटबल प्रतियोगिताको उपाधि जितेको छ । खजुरा गाउँपालिका–४ इ गाउँमा भएको खेलमा ब्रदर्श एफसीले महिन्द्र दल गण भुपु टिमलाई टाइब्रेकरमा ५–४ ले पराजित गर्दै उपाधि जितेको हो । प्रतियोगितामा विवाद उत्पन्न भएका कारण जेठ ३ गते फाइनल हुने तय भएको प्रतियोगिता ढिला गरी सम्पन्न भएको थियो । निर्धारित समय गोलरहित बराबरीमा खेल सकिएको थियो । टाइब्रेकरमा ब्रदर्शका अभियान थापा, सुरज विष्ट, समिर थापा, समिर राना र करण बैगारले गोल गर्नु भएको थियो । महेन्द्र दल गणको तर्फबाट राम बस्नेत, इन्द्रजित सुनार, आशिष घर्तीमगर र विधान विकले गोल गर्नु भयो । ब्रदर्शका करण बैगार प्लेयर अफ द फाइनल बने । प्रतियोगितामा ब्रदर्शका दिवस तामाङ्ग, उत्कृष्ट गोलकिपर महिन्द्र दल गणका प्रेम खत्री घोषित हुनु भयो । प्रतियोगिताको विजेता ब्रदर्शले ५१ हजार रुपैयाँ,...
बालबालिकालाई खेलमा आर्कषित गर्दै सकियो बाँकेमा ग्रासरुट फुटबल प्रशिक्षण

बालबालिकालाई खेलमा आर्कषित गर्दै सकियो बाँकेमा ग्रासरुट फुटबल प्रशिक्षण

आर्थिक, आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १० जेठ – नेपालगन्ज रंगशालामा एन्फाग्रास रुट फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । बालबालिकालाई मानसिक र शारीरिक रुपमा स्वस्थ राख्दैं फुटबल खेलप्रति आर्कषित गर्ने उद्देश्य नेपालगन्ज उपमहानगरपालिकाको आर्थिक सहयोग र बाँके जिल्ला फुटबल संघको आयोजनामा गत कात्तिक १६ गतेदेखि ग्रासरुट फुटबल प्रशिक्षण कार्यक्रम सुरु भएको थियो । ग्रास रुट फुटबल प्रशिक्षण कार्यक्रममा सहभागि बालबालिकालाई समापन कार्यक्रमका प्रमुख अतिथी नेपालगन्ज उपमहानगरपालिका शिक्षा तथा खेलकुद महाशाखा प्रमुख गोर्खबहादुर थापा, आयोजक बाँके जिल्ला फुटबल संघका अध्यक्ष एवम् अखिल नेपाल फुटबल संघका केन्द्रिय सदस्य भोजराज शाही, कार्यक्रम संयोजक श्यामसुन्दर मल्ल, महिला फुटबल समिति बाँके अध्यक्ष नितु चन्द शाहलगायतले प्रदान गर्नु भएको थियो । ग्रासरुट र विभिन्न उमेर समुहका कार्यक्रममार्फत संघले एक वर्षमा करिब ३ हजार बालबालि...
बाँके जिल्ला स्तरीय मेयरकप फुटबल हुँदै

बाँके जिल्ला स्तरीय मेयरकप फुटबल हुँदै

आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ७ जेठ – बाँके जिल्ला स्तरीय मेयर कप अन्तर विद्यालय -यु–१८) छात्रछात्रा फुटबल प्रतियोगिता–२०८३ जेठको २३ गतेदेखि सुरु हुने भएको छ । बाँके जिल्ला फुटबल संघले हरेक वर्ष आयोजना गर्ने गरेको प्रतियोगितामा बाँके जिल्लाका ८ वटा स्थानीय तहका विद्यालयहरुको सहभागिता रहनेछ । नेपालगन्ज रंगशालामा एक सातासम्म चल्ने प्रतियोगिता नेपालगन्ज उपमहानगरपालिकाको आर्थिक सहयोगमा हुन लागेको हो । बाँके जिल्ला फुटबल संघले मेयर कप फुटबल दुई दशकदेखि आयोजना गर्दै आएको प्रतियोगिता हो । सबै भन्दा पुरानो प्रतियोगिताले विद्यालय स्तरबाट नयाँ प्रतिभावान खेलाडी उत्पादन गर्नमा महत्वपुर्ण सहयोग गर्ने आयोजक बाँके जिल्ला फुटबल संघका अध्यक्ष एवम अखिल नेपाल फुटबल संघका केन्द्रिय सदस्य भोजराज शाहीले बताउनु भयो । प्रतियोगितामा करिब ३० वटा विद्यालयको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगिताको पुरस्कार राशी भने ...
वडा नं. १८ मा विकास निर्माणले लियो तीव्र गतिः अमरनगर टोलमा २० लाखको आरसीसी नाला तथा सडक स्तरोन्नति योजनाको शिलान्यास

वडा नं. १८ मा विकास निर्माणले लियो तीव्र गतिः अमरनगर टोलमा २० लाखको आरसीसी नाला तथा सडक स्तरोन्नति योजनाको शिलान्यास

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ७ जेठ – नेपालगन्ज उपमहानगरपालिका वडा नं. १८ मा विकास निर्माणका कार्यहरू तीव्र गतिमा अघि बढिरहेका छन् । वडाध्यक्ष दीपककुमार वर्माले हप्तैपिच्छे विभिन्न विकास योजनाहरूको शिलान्यास गर्दै निर्माण कार्यलाई गति दिनुभएको छ । यसै क्रममा आज विहिबार वडा नं. १८ अन्तर्गत अमरनगर टोलमा रु. २० लाखको लागतमा निर्माण हुने आरसीसी नालासहित सडक स्तरोन्नति योजनाको शिलान्यास गरिएको छ । उक्त योजना सम्पन्न भएपछि वर्षौंदेखिको जलनिकास तथा सडक आवागमनसम्बन्धी समस्या समाधान हुने अपेक्षा गरिएको छ । निर्माण सामग्रीको मूल्य निरन्तर बढिरहेको वर्तमान अवस्थामा पनि वडाध्यक्ष वर्माको सक्रिय पहल र निरन्तर अनुगमनका कारण वडा भित्रका विकास निर्माणका कामहरू धमाधम सञ्चालन भइरहेका छन् । चालु आर्थिक वर्ष समाप्त हुनु अघि नै अधिकांश योजनाहरू सम्पन्न गर्ने लक्ष्यका साथ निर्माण कार्यलाई तीव्रता दिइएको जनाइएको छ । ...
ब्याग झोला बनाउने एक महिने तालिमको समापन

ब्याग झोला बनाउने एक महिने तालिमको समापन

आर्थिक, आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ४ जेठ – महिलाहरुका लागि सिपमुलक ब्याग झोला बनाउने एक महिने तालिम उत्साहित प्रशिक्षार्थीहरुका मांझ एक औपचारिक कार्यक्रम बिच समापन गरिएको छ । समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथी एवम् लुम्बिनी प्रदेशका सार्वजनिक लेखा समितिका सभापति माया पुन मगरले घर बसेका महिलालाई सिप निर्भर बनाउन कम लगानीमा आत्मनिर्भर बनाउनका साथै कपडाको झोलाले प्लास्टिक जन्य प्रदुषणबाट बच्न æहरित वताबरण सम्भावनाæ लुम्बिनी प्रदेश सरकारले बाँकेको पर्यटन डिभिजन कार्यालय कोहलपुरले पहल गरेको र यसरी नै आउँदा दिनमा पनि प्रदेश सरकारबाट बिभिन्न सिपमुलक तालिमका लागि पहल गर्ने जानकारी गराउनु भयो । पर्यटन डिभिजन कार्यालय कोहलपुर योजना तथा प्रशासन शाखाका वरिष्ठ अधिकृत कृष्णबहादुर बिष्टको अध्यक्षतामा भएको समापन कार्यक्रमलाई वरिष्ठ पत्रकार समाजसेवी हेमन्त कर्माचार्य, समाजसेवी प्रमोदकुमार श्रेष्ठ तालिमका प्रशिक्ष...
डुडुवा गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

डुडुवा गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
डुडुवा, ३ जेठ – बाँके डुडुवा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । डुडुवा गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार चौधरीको अध्यक्षतामा आईतबार गाउँपालिकाको सभाहलमा भएको विशेष कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख ज्ञानेन्द्रकुमार चौधरीले पालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्नुभयो । कार्यक्रममा बोल्दै प्रमुख चौधरीले समुदायमा अझै पनि खोपप्रतिको चेतनाको कमी रहेको भन्दै जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविकाहरू सबैको पहल आवश्यक रहेको बताउनुभयो । उहाँले समुदायमा खोपसम्बन्धी सेवाबाट कुनै पनि बालबालिका वञ्चित हुन नदिन पालिका प्रतिबद्ध रहनुपर्नेमा जोड दिनुभयो । गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार चौधरीले स्वास्थ्य क्षेत्रलाई पालिकाले पहिलो प्राथमिकतामा राखेर काम गर्दै आएको भन्दै भोलीका देशका भविष्य बोकेका बालबालिकाहरुलाई स्वस...
पुरैनीमा निःशुल्क आँखा तथा स्वास्थ्य शिविरबाट ३ सय ९३ जना लाभान्वित

पुरैनीमा निःशुल्क आँखा तथा स्वास्थ्य शिविरबाट ३ सय ९३ जना लाभान्वित

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ३ जेठ – नेपालगन्ज उपमहानगरपालिका वार्र्ड नं. २२ पुरैनी गाउँमा आयोजना गरिएको निःशुल्क आँखा तथा स्वास्थ्य शिविरमा ३ सय ९३ जना गाउँलेहरु लाभान्वित भएका छन् । करीब ९५ प्रतिशत जनसंख्या मधेशी तथा मुस्लिम समुदायको बसोबास रहेको उक्त गाउँमा सर्वसाधारण गाउँलेहरू निःशुल्क स्वास्थ्य परीक्षण, औषधी, प्रयोगशाला सेवा र स्वास्थ्य परामर्श सेवाबाट लाभान्वित भएका हुन् । स्थानीय आधारभूत विद्यालय परिसरमा ग्रामीण आर्थिक सामाजिक उत्थान केन्द्रको आयोजनामा सम्पन्न उक्त शिविरमा जनरल स्वास्थ्य तर्फ २ सय ५६ जनाले स्वास्थ्य परीक्षण गराएको मध्ये महिला १८२ जना र पुरुष ७४ जना थिए भने आँखा तर्फ १ सय ३७ जनाले आँखा परिक्षण गराएको मध्ये महिला ८५ जना र ५२ जना पुरुषले स्वास्थ्य परीक्षण, परामर्श तथा औषधि समेत निःशुल्क प्राप्त गरेका थिए । ग्रामीण आर्थिक सामाजिक उत्थान केन्द्रकी अध्यक्ष लेकप्रसाद प्याकुरेलले द...
नेपालगन्ज वडा नं १८ मा विकासको गति तीव्र : एकै साथ दुई वटा सडक शिलान्यास गरि पुराना बस्तीहरुमा सडक र नाला निर्माण धमाधम हुँदै

नेपालगन्ज वडा नं १८ मा विकासको गति तीव्र : एकै साथ दुई वटा सडक शिलान्यास गरि पुराना बस्तीहरुमा सडक र नाला निर्माण धमाधम हुँदै

आर्थिक, प्रदेश ५, राजनीति, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २ जेठ - नेपालगन्ज उपमहानगरपालिका वडा नं. १८ का वडाध्यक्ष दीपककुमार वर्माले विकास निर्माणलाई तीव्रता दिँदै पुराना बस्तीहरूमा सडक तथा नाला निर्माण कार्यकाे शिलान्यास गरेका छन् । उक्त सडक तथा नालला निर्माण कार्य सुर्खेत रोड एस के पम्प पछाडी र हाल यातायात कार्यालयको पुर्ब पट्टीको टोलमा आज शनिबार वडाध्यक्ष बर्माले सडक शिलान्यास गरिएकाे छ। उक्त टोलमा रु ३५ लाखको लागतमा ३०० मिटर आर सी सी नाला स्तरोन्नतिको निर्माण कार्य हुने जनाईएकाे छ । वर्षौंदेखि विवादका कारण रोकिएको उक्त सडक निर्माण कार्यलाई वडाध्यक्ष वर्मा स्वयं दुई–तीन दिनसम्म वडा कार्यालयको टीम सहित खटिएर स्थानीयबीचको विवाद समाधान गर्दै अगाडि बढाउन सफल हुनुभएको बताए । यसअघि विभिन्न समयमा बजेट विनियोजन भए पनि विवाद कै कारण निर्माण कार्य हुन सकेको थिएन । अहिले सडक निर्माण सुरु भएपछि स्थानीय बासिन्दा अत्यन्त खुसी भएका छन...
१ सय ५७ जनाले गरे रक्तदान

१ सय ५७ जनाले गरे रक्तदान

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ३१ बैशाख – बाँकेको बिनौनामा अष्टम एकीकरण दिवसको अवसरमा अष्टम साना किसान कृषि सहकारी संस्था लिमिटेड बिनौना सेवा केन्द्रको आयोजनामा शिक्षक, कर्मचारी, स्वयंसेवी रक्तदाता लगायत महिला र पुरुष गरी १ सय ५७ जनाले रक्तदान गरेका छन् । राप्तीसोनारी गाउँपालिका वार्ड नं.–५ बिनौनाको स्वास्थ्य चौकी टडुवाको प्राङ्गणमा आयोजित रक्तदान कार्यक्रममा ३० जना महिला १ सय २७ जना पुरुष गरी १ सय ५७ जनाले रक्तदान गरेका छन् । अष्टम एकीकरण दिवसको अवसरमा राप्ती सोनारी गाउँपालिका वार्ड नं.–८ शमशेरगञ्जको महादेवपुरीमा रहेको अष्टम साना किसान कृषि सहकारी लिमिटेड मुख्य कार्यालयका मुख्य प्रबन्धक हरिश चन्द्र के.सी.ले नेपाल रेडक्रस सोसाइटी बाँके शाखाद्वारा कोहलपुर रक्त सञ्चार ईकाई केन्द्रका प्रमुख राजेन्द्र महतरालाई रगत संकलन गर्ने पाकेट हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गर्नु भएको थियो । अष्टम एकीकरण...
१७औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्डमा कोहलपुर प्रथम

१७औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्डमा कोहलपुर प्रथम

आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ३१ वैशाख – १७औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड छनोट प्रतियोगिताको उपाधि कोहलपुर नगरपालिकाले जितेको छ । नेपालगन्ज रंगशालामा भएको बाँके जिल्ला स्तरीय रनिङ्ग शिल्ड छनोट प्रतियोगितामा नेपालगन्ज उपमहानगरपालिका दोस्रो र खजुरा गाउँपालिका तेस्रो भयो । कोहलपुर नगरपालिकाले २२ स्वर्ण, ९ रजतर १३ कास्य पदक प्राप्त गर्दै यस वर्षको उपाधि जितेको हो । दोस्रो भएको नेपालगन्ज उपमहानगरपालिकाले प्रतियोगितामा १५ स्वर्ण, ११ रजतर १९ कास्य पदक जितेको थियो भनेखजुरा गाउँपालिकाले ८ स्वर्ण, ४ रजत तथा ९ कास्य पदक जितेको थियो । बिजेताहरूलाई कोहलपुर नगरका नगर प्रमुख पूर्ण प्रसाद आचार्यले पुरस्कार प्रदान गर्नु भएको थियो । कोहलपुर नगरपालिकाले यस अघि १६ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता जितेको थियो । प्रतियोगितामा राप्ती सोनारी गाउँपालिकाले अनुशासन तर्फ उत्कृष्टताको पुरस्कार पाएको छ ।...