“हिंउदे बर्षाले एकको ज्यान गयो,१५ करोडको क्षति”
बाँके,१२ माघ । शुक्रवार भएको हिउँदे बर्षातका कारण बाँकेमा ठुलै क्षति भएको छ । दिन भरिको बर्षातका कारण बाँकेमा ईट्टा व्यवसायीहरुलाई १५ करोड बढीकोे क्षति व्यहोर्नु परेको छ । सिजनको मध्य भागमा भएको बर्षातका कारण व्यवसायीले ठूलै क्षति व्यहोर्नु परेको ईट्टा व्यवसायी संघ बाँकेका अध्यक्ष जैनुल खाँले जानकारी दिएका छन ।
बेमौसमी बर्षातका कारणले बाँकेका ५२ र बर्दियाका १८ गरी ७० ईट्टा व्यवसायीहरु लाई करिब सात करोड बढी काँचो ईट्टा काम नलाग्ने गरी नष्ट पारेको खानको भनाई छ । जसका कारण १४ करोड ४० लाखको क्षति ईट्टा व्यवसायीले व्यहोर्नु परेको उनी बताउँछन् । एउटै व्यवसायीको पकाउन राखिएका १० लाखसम्म ईट्टा गलेर काम नलाग्ने भएको बाँकेका सुमन ईट्टा उद्योगका सञ्चालक फयाज अलीले बताए ।
ब्यवसायी अलीका अनुसार शुक्रबारको बर्षातले प्रत्येक ईट्टा व्यवसायीको १५ देखि २० लाखका दरले क्षती भएको अनुमान गरिएको छ । यो बर्षातम...









