Thursday, March 12सत्यम खबर
Shadow

नेपालगन्जमा ‘ग्याङ् फाइट’,दुई पक्राउ

बाँके,२७ असोज । नेपालगन्जमा शुक्रबार राती दुई समूहबीच ‘ग्याङ् फाइट’ भएको छ । नेपालगञ्जको डिभिजन वन कार्यालय अगाडि सुर्खेतरोडमा युवाहरुको दुई समुहबिच ‘ग्याङ् फाइट’ भएको हो ।
दशै डान्स पार्टीमा सहभागि हुन आएका युवाहरुको समुहबिच बिच सडकमा नै खुकुरी हानाहान भएको थियो । घटना लगत्तै जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटेको बिशेष प्रहरी टोलिले घटनास्थलबाट नै एक थान खुकुरी र एक थान रड सहित २ युवाहरुलाई नियन्त्रणमा लिएको छ ।
पक्राउ परेकाहरुको बाँके प्रहरीले नाम र ठेगाना खुलाएको छैन । बाँके प्रहरीले चाडपर्व लक्षित सुरक्षा योजना अनुसार सक्रियता समेत बढाएको छ । ‘ग्याङ् फाइट’पछि युवाहरु भागेका थिए । ‘ग्याङ् फाइट’ गर्नेहरु भागेपछि कसलाई कति चोटपटक लागेको भन्ने बारे केही खुल्न नसकेको बाँके प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *