सत्यमखबर
नेपालगञ्ज, असोज ३१ गते । दसैंको विदामा आफ्नो गृहनगर नेपालगञ्ज पुगेका नेपाल सरकारका शहरी विकास मन्त्री मो. इस्तियाक राईले जनताको घरघरमा पुगेर दसैंको बधाई तथा शुभकामना दिनेक्रम जारी राखेका छन ।
शुभकामना आदानप्रदान को लागि मन्त्री राई संगै ५नम्बर प्रदेशका साँसद तथा कृषि बन तथा बातावरण समिति प्रदेश नं. ५ का सभापति बिजय बहादुर यादव र पार्टीको जिल्ला अध्यक्ष कमरुद्दिन राई स्थानीय नेता कार्यकर्ता पदाधिकारीहरु समेतको टोली रहेको समाजवादी विद्यार्थी फोरम नेपालको अध्यक्ष फैज हल्वाई ले बताए ।
यसैगरी मंगलवार मन्त्री राईले डुडुवा गाउँपालिकाका विभिन्न गाउँमा पुगेर जनतासंग शुभकामना आदानप्रदान गरेका छन् । सो अवसरमा होलिया, बेतहनी, बनकट्टी र कम्दीका ८ (आठ) गाउँ भन्दा बढी स्थानमा पुगेर मन्त्री राईले जनतासंग भेट गरेर उनिहरुको पिरकर्मा बुझ्नुका साथै शुभकामना आदानप्रदान गरेको हल्वाई ले बताए ।
सो अवसरमा विभिन्न स्थानमा भेला भएका स्थानीयलाई सम्बोधन गर्दै मन्त्री राइले मन्दिर र मदरशा निर्माणका बजेट छुट्टयाएको बारेमा स्थानीय वासीहरुलाई मन्त्री राई ले बताए ।
शुभकामना आदान प्रदान र भेटघाटका लागि मन्त्री राई विना कुनै पूर्व सूचना जनताको घरदैलोमा पुगेपछि स्थानीय वासिन्दा निकै उत्साहित भएका थिए । स्थानीय वासिन्दाले मन्त्री राईको आफ्नो घर घरमा भव्य स्वागत गरेका थिए ।
पहिलो पटक यसरी कुनै मन्त्रीले जनताको घर घरमा तथा गाउँ गाउँ पुगेर शुभकामना आदन प्रदान गर्नुका साथै स्थानियहरु सँग भलाकुसारी समेत गरेकाले मन्त्रीको यस कदमबाट उनको लोकप्रियता अत्याधिक बढेको विद्यार्थी फोरम नेपालको अध्यक्ष हल्वाई ले बताए ।
यसअघि पनि गृह जिल्ला र गृह नगरको भ्रमणमा आएको बेला मन्त्री राईले जनतासंग भेटघाट गर्ने गरेकोमा यस पटक त जनताका घरघरमै पुगेर सामाजिक व्यवहार देखाई सबैको मन जित्न सफल भएको नादिम शाहले बताए । मन्त्री राईले बुधवार पनि बिभिन्न गाँउमा पुगेर शुभकामना आदानप्रदान गर्ने कार्यक्रम रहेको पार्टीले जनाएको छ ।