Thursday, November 21सत्यम खबर
Shadow

कुसुममा पुग्ने भयो बिजुली,२३ गते उर्जामन्त्रीबाट उद्घाटन

सत्यम खबर
बाँके,२१ असोज । बिगत लामो समय देखि टुकी र सौर्य उर्जाको भरमा रहँदै आएको बाँकेको पुर्वी क्षेत्र राप्तीसोनारी गाउँपालिका १ कुसुममा दशै अगाडि नै बत्ति बल्ने पक्कापक्की भईसकेको प्रदेश सांसद कृष्णा केसीले बताएकीछन ।
यसका लागि असोज २३ गते मंगलबार उर्जामन्त्री बर्षमान पुनले एक कार्यक्रमका बिच उद्घाटन गर्ने कार्यक्रम तय भएको प्रदेश सांसद केसीले जानकारी दिइन् ।
यसअघि पटक–पटक म्याद थप्दासमेत विद्यूतीकरणको काम अलपत्र परेको थियो ।
प्रदेश सांसद नमुनाका अनुसार दशै अगाडि साविक खासकुश्माको सौरीदेखि बर्दापुर गाउँसम्म बिजुली बाल्ने तयारी गरिएको छ । कुसुमको राप्तीनदी पारीको क्षेत्र बाहेक वारीका सबै स्थानहरुमा बिजुली बल्ने भन्दै नेपाल विद्युत प्राधिकरण क्षेत्रीय प्रमुख मनोजकुमार सिंहले त्यसका लागि ९ वटा ट्रान्सफर्मर जडान गरी परिक्षण समेत गरिसकिएको बताए ।
लामो समयदेखि अवरुद्व रहेको विद्यूतीकरणको काम गत बर्ष प्रतिनिधीसभा र प्रदेशसभाको निर्वाचन भएपछि विजयी सांसदहरुले बत्ती बाल्नको लागि पहल गरिरहेका थिए । प्रदेश सांसद नमुनाले भनिन, जनप्रतिनिधी, प्राधिकरण, सरकार, स्थानीय लगायत सबैको सहयोगमा कुसुममा दशै अघि बत्ति बल्न लागेको हो ।
कुसुम पारीका गाउँहरुमा समेत केही महिनाभित्र बत्ति बाल्ने गरी काम अगाडि बढिरहेको उनले जानकारी दिइन् ।
भदौको अन्तिममा प्रदेश सांसद नमुनासहितको टोलि कुसुममा पुगेर स्थानीयबासीलाई दशैअघि कुनै पनी हालतमा बत्ति बालेरै छोड्ने प्रतिबद्वता जनाएको थियो । अहिले कुसुममा विभिन्न गाउँका उपभोक्तालाई घरबत्तिका लागि मिटरबक्स वितरण गर्ने काम भइरहेको छ ।

२०७० साल असोज २५ गते नै नेपाल बिद्युत प्राधिकरण र सामुदायिक बिद्युत बितरक केन्द्रबिच सम्झौता भई २०७१ साल असार २ मा काम सुरु भई बि.स २०७२ असारमा सम्पन्न हुनुपर्ने निर्माण कम्पनीसँग सम्झौता भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *