Thursday, November 21सत्यम खबर
Shadow

सहरी बिकास मन्त्री राईको शुभकामना अभियान चौथो दिन पनि जारी

सत्यमखबर
बाँके,१ कार्तिक । गत सोमवार दसैंको विदामा आफ्नो गृहनगर नेपालगञ्ज आईपुगेका नेपाल सरकारका शहरी विकास मन्त्री मो. इस्तियाक राईले नागरिकसँगको भेटघाट तथा दशैको शुभकामनालाई बिहीवार चौथौ दिन पनि निरन्तरता दिएका छन ।
बुधवार पुरैना,हिरमिनिया,भवानीयापुरको झण्डै एक दर्जन गाँउमा आयोजित कार्यक्रममा पुगेका मन्त्री राई बिहीवार नेपालगञ्ज उपमहानगरपालिकाको बिभिन्न वडामा पुगगेर शुभकामा आदान प्रदान र भेटघाट गरेको सँघीय समाजबादी फोरम नेपाल बाँकेका अध्यक्ष कमरुद्धीन राईले बताएका छन ।
बिहीवार मन्त्री राई सहितको टोली नेपालगञ्ज उपमहानगरपालिकाको वडा नं. १९ बसुदेवपुरको फुटहा, सुईया ,बगवानन पुरवा, वडा नम्बर २२ पुरैनीको किगरियनपुरवा,पुरैनी ,मनिकापुरको बिभिन्न गाँउ तथा उपमहानगर पालिका को कारकाँदो,भुजई गाँउ लगायतका गाँउमा पुगेर आयोजित कार्यक्रममा सहभागी भएको अध्यक्ष राईले बताए ।
कार्यक्रममा उपस्थित नागरिकहरु सँग सहरी बिकास मन्त्रालय बाट हुन सक्ने कामहरुको बारेमा छलफल हुनुका साथै दसैंको बधाई तथा शुभकामना साटासाट गरिएको थियो । शुभकामना आदानप्रदान कार्यक्रममा मन्त्री राईले जनताहरुको सहरी बिकास मन्त्रालय बाट गरिने कामहरुको बारे आशा अपेक्षा बारे सल्लाह सुझाव समेत लिएका छन ।
त्यस क्रममा स्थानियहरुले बाटो घाटो, बिद्यालयको बाउन्ड्री निर्माण, मन्दिर निर्माण, मदरसाको वाल बाउन्ड्री लगायतको निर्माणमा सहयोग गर्न अनुरोध गरेका छन । मन्त्री राईले यस क्षेत्रको शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राख्दै महिला डिग्री कलेज स्थापनाको लागि पनि तमाम ठाँउमा कुरा उठेकोले पनि सो बारे आवस्यक पहल भईरहेको मन्त्री राईका स्वकीय सचिव समसुलहक राईले बताए ।

मन्त्री राई संगै ५ नम्बर प्रदेशका बिधायक ,कुषि बन तथा वातावरण समितिका सभापति बिजय बहादुर यादव तथा पार्टीको जिल्ला अध्यक्ष कमरुद्दिन राई स्थानीय नेता कार्यकर्ता पदाधिकारीहरु समेतको टोली रहेको मन्त्रीका स्वकीय सचिव राईले बताए ।
भेटघाटका क्रममा स्थानियहरुले बिधायक यादव सँग पनि बिभिन्न किसिमका जिज्ञासा राखेका थिए । बिधायक यादवले ५ नम्बर प्रदेश सरकारबाट हुने कामहरुको बारेमा जानकारी दिँदै खानेपानी टयाँकी निर्माण,जनता आवास लगायत कृषि सम्बन्धी बिभिन्न किसिमका कार्यक्रमहरुको बारेमा जानकारी दिँदै निश्चित समय भित्रनै जनमैत्री कार्यक्रम जनताको घरदैलोमा ल्याउन आफुहरु प्रयासरत रहेको बताएका छन । मन्त्री राई तथा बिधायक यादवले जिल्लामा रहेको रामलीला समिति तथा विभिन्न दुर्गा पुजाका पण्डालहरुमा समेत पुगेर शुभकामना व्यक्त गरेका छन् ।
सो अवसरमा विभिन्न स्थानमा भेला भएका स्थानीयलाई सम्बोधन गर्दै मन्त्री राइले वर्तमान सरकारले देशको भौतिक र आर्थिक विकासलाई बिशेष प्राथमिकतामा राखेर काम गरिरहेको समेत बताएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *