Friday, November 22सत्यम खबर
Shadow

उपेन्द्र यादवको चेतावनी पछि तिहारपश्चात संविधान संशोधनको तयारी

सत्यम खबर
काठमाडौं,२९ असोज । सरकारले तिहारपछि संविधान संशोधन गर्ने भएको छ । संघीय समाजवादी फोरम नेपालले संशोधन नभए सरकार छोड्ने र पुन आन्दोलनमा होमिने अन्तिम चेतावनी दिएपछि प्रधानमन्त्री केपी शर्मा ओली तिहारपछि संशोधन गर्न तयार भएका हुन् ।
ओलीले तराई र आम नेपाली जनताको हितमा हुनेगरी संशोधन प्रक्रिया अगाडि बढाउने प्रतिबद्धता जनाएको फोरमका नेता शिवजी यादवले जानकारी दिए ।
उनका अनुसार पार्टी अध्यक्ष एवं उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले तिहारपछि पनि संविधान संशोधन नभए बाध्य भएर सरकारबाट समर्थन फिर्ता लिने चेतावनी दिएपछि प्रधानमन्त्री ओली तिहारलगत्तै संशोधनको प्रक्रिया अगाडि बढाउन तयार भएका हुन् ।
यादवले भने, ‘तिहारपछि पनि प्रधानमन्त्री संविधान संशोधनको लागि यदि ठोस रुपमा अगाडि बढ्नु भएन भनेदेखि हामीले पनि बाध्य भएर सोच्नुपर्ने अवस्था आउँछ । त्यसपछि हामीले केही भनौंला ।’
नेता यादवले संविधान संशोधनको लागि २ बुँदे सम्झौता गरेर आफूहरु सरकारमा गएको र मधेसी जनताको भावनाअनुसार त्यो पुरा गराएरै छाड्ने पनि स्पष्ट पारे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *