Tuesday, October 22सत्यम खबर
Shadow

चीनको समृद्धि र आधुनिकीकरणबाट नेपालले सिक्नुपर्छ: पर्यटनमन्त्री श्रेष्ठ

काठमाण्डौ, ३ कार्तिक – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले छिमेकी मित्रराष्ट्र चीनको समृद्धि र आधुनिकीकरणबाट नेपालले शिक्षा लिनुपर्ने बताएका छन्।

चिनियाँ कम्युनिष्ट पार्टीको २० औं महाधिवेशनको अवसरमा ललितपुरमा फ्रेण्ड्स अफ सिल्क रोड क्लबले आयोजना गरेको फोटो प्रदर्शनी उद्घाटन गर्दै मन्त्री श्रेष्ठले सामाजिक र आर्थिक विकासलाई नयाँ उचाइमा पुर्‍याएर चीनले विश्वको पहिलो आर्थिक शक्ति राष्ट्रमा सूचीबद्ध हुने सफलता हासिल गरेको बताए।

पछिल्लो समय चीनले गरिबी निवारणमा उच्चतम सफलता हासिल गरी गरिबी पूर्ण उन्मूलन गरेको भन्दै उनले औद्योगिकीकरण र सूचना प्रविधिको क्षेत्रमा चीनले पाएको सफलताबाट प्रेरणा लिनुपर्ने बताए।

उनले नेपालसँग सीमा जोडिएको र नेपालको विकासमा एक असल मित्रको रूपमा चीन सरकारले नेपालको विकास निर्माणमा निरन्तर सहयोग गर्दै आएको बताए।

फोटो प्रदर्शनीमा चिनियाँ कम्युनिष्ट पार्टी स्थापना भएको एक सय वर्षको अवसरमा चीनले हासिल गरेका उपलब्धी समेटिएका छन्। सेतोपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *