Tuesday, October 22सत्यम खबर
Shadow

नेपालको संबिधान सम्बोधन गर्नुपर्ने भन्दै जसपाले पोखरामा बिरोध कार्यक्रम गर्दै कालो दिन मनायो

पोखरा, ४ असोज – संबिधान दिबसको अवसरमा जनता समाजवादी पार्टी नेपाल गण्डकी प्रदेश समितिद्धारा विहिबार पोखरामा एक कार्यक्रमको आयोजना गरी नेपालको संबिधान २०७२ सम्बोधन गर्नुपर्ने भन्दै बिरोध गरेको छ ।

बर्तमान समयमा देशको बिग्रदो राजनितिक अवस्था र जनतामा बढ्दै गएको निराशालाई नेपालको संबिधान २०७२ ले सम्बोधन गर्न नसकेको भन्दै उक्त कार्यक्रममा सहभागिले बिरोध जनाएका थिए ।

उक्त कार्यक्रममा जसपा नेपालका केन्द्रिय सदस्य तथा दलित मुक्ति संगठनका केन्द्रिय उपाध्यक्ष रमेश कुमार सि.केले यो राज्य व्यवस्था एकल जातिय र बर्गीय रहेकोले दलित, जनजाती, मधेशी, मुस्लिम, महिला, अल्पसंख्यकहरुलाई यो संबिधानले सम्बोधन गर्न नसकेकोले संशोधन गर्नुपर्ने बताउनुुभयो ।

सो अवसरमा ज.स.पा.नेपालका केन्द्रिय सदस्य तथा तमुवान राष्ट्रिय समितिका उपाध्यक्ष मनबहादुर गुरुङले नाताबाद र फरियाबादले देश खोव्रmो बनाएको नेपालीको टाउकोमा दिनानुदिन ऋण थपिदै गएकाले संबिधान अपुरोअधुरो भएको बताउनुभयो ।

त्यस्तै ज.स.पा नेपालका केन्द्रिय सदस्य हर्कबहादुर गुरुङले राज्यको पनः संरचना गर्नुपर्ने साथै प्रदेश सरकारलाई स्वायक्त बनाउनुुपर्नेमा जोड दिनुभयो । केन्द्रिय सदस्य तथा प्रदेश अध्यक्ष मधुकर न्यौपानेको अध्यक्षमा सम्पन्न उक्त कार्यक्रम गण्डकी प्रदेश समिति सदस्य रामजुलुम शर्माले सञ्चालन गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *