पोखरा, ६ असाेज – विगत लामो समयदेखि निरन्तर रुपमा कार्यक्रम गरि ख्याती कमाउन सफल नन्द इन्टरटेन्मेन्ट हाउस पोखराको आयोजना र इन्टरनेशनल कलेज अफ अप्लाइड साइन्सको सहयोगमा गण्डकी स्टार सिजन – ५ ग्रान्ड फिनाले सम्पन्न भएको छ ।
उद्योग वाणिज्य संघ पोखरामा आयोजित कार्यक्रममा गण्डकी स्टार सीजन ५ को उपाधि डाईमण्ड सेकेन्डरी बोडिङ्ग स्कूल लेखनाथ तालचोक मा अध्ययनरत विद्यार्थी श्रेया श्रीस मगरले जितेकी छिन्। र गायन तर्फ कुश गरुङ्गले उपाधि जितेका छन् ।
गायन क्षेत्रमा फर्स्ट रनरअप: झलक गुरुङ्ग, सेकेण्ड रनरअप: ईञ्जिनियर, अनिल ढुङ्गाना, थर्ड रनरअप: दीपक सुनार, फोर्थ रनरअप: अमृता तामाङ्ग रहेका छन् । त्यसैगरी नृत्य क्षेत्रमा फर्स्ट रनरअप: इलीस्पा गौतम, सेकेण्ड रनरअप: स्वस्तिका तामाङ्ग, थर्ड रनरअप: स्विकृती गुरुङ्ग, फोर्थ रनरअप: शकुन्तला अधिकारी भएकी हुन । सबैलाई विभिन्न गीत सङ्गीतमा अवसर सँगै उपहार पनि प्रदान गरिएको थियो ।
डान्स तर्फ निर्णायक भूमिकामा ईस्वर् वल्लभ उप्रेती, पूजा ठाकुर, माया गुरुङ रहेका थिए । त्यसैगरि गायन तर्फ करन तामाङ्ग, दिल कुमारी खाँड, आरजु बिष्ट सल्यानी, सोना अमात्य लगायत निर्णायक भुमिकामा थिए ।
उक्त कार्यक्रममा सीजन कै उत्कृष्ट कोरियोग्राफर सम्मान् समृद्धि पाण्डेलाई गरिएको थियो भने उत्कृष्ट अविभावक सम्मान लक्ष्मी शर्मालाई प्रदान गरिएको थियो ।
आयोजित कार्यक्रममा प्रमूख अतिथि एसएसपी धुर्व राज राउत र समीर थापाको अध्यक्षतामा शनिबार सम्पन्न भएको थियो । सो कार्यक्रममा समाजसेवी, बुद्धिजीवी, कलाकार, संचारकर्मी, सुरक्षाकर्मी, विद्यार्थी लगायत अभिभावकहरुको समेत बाक्लो उपस्थित रहेको आयोजक टिमले जानकारी दिएको छ।