Monday, May 4सत्यम खबर
Shadow

प्रदेश १

पुँजीबजारको विकासमा सघाउन प्रदेश नं. १ तयार, आर्थिक विकेन्द्रीकरणमा जोड

पुँजीबजारको विकासमा सघाउन प्रदेश नं. १ तयार, आर्थिक विकेन्द्रीकरणमा जोड

आर्थिक, प्रदेश १, श्रम/रोजगार, समाचार
बिराटनगर, १० पाैष - नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले प्रदेशस्तरीय पूँजीबजार सचेतना कार्यक्रम प्रदेश नम्बर १ को राजधानी विराटनगरमा आयोजना गरेको छ । नेपाल मर्चेन्ट बंैकर्स एशोसिएनशनको सहकार्यमा आयोजित सो कार्यक्रम प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र कुमार राइको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा प्रदेशका मुख्यमन्त्री राइले पुँजीबजारले छरिएर रहेको पैसालाई समेट्ने र त्यसले व्यवसाय र अर्थतन्त्र विकासमा सहयोग हुने हुँदा पुँजीबजारको बिरुद्धमा सरकार नरहेको बताए । ‘नेपालमा अहिलेको पुँजी बजारले विश्वास आर्जन गर्न सकिरहेको छैन । आममानिसमा सचेतना र जागरण ल्याउन यस्तै खालका कार्यक्रम गरी मनोबलको विकास गर्नुपर्छ,’ उनले भने । त्यसमा प्रदेश सरकारले आवश्यक सहयोग विस्तार गर्ने पनि उनले बताए । ‘कानुन बनाउनु पर्ने भए बनाउँछौं, माथिल्लो सरकारमा आवश्यक समन्यव र सूचना पु¥याउन सहयोग गर्छौं,...
ओली भेट्न बालकाेट पुगिन चिनियाँ राजदुत

ओली भेट्न बालकाेट पुगिन चिनियाँ राजदुत

आस्था, प्रदेश १, प्रदेश ५, राजनीति, समाचार
काठमाण्डौ, ९ पौष –चिनियाँ राजदूत होउ यान्छीले एमालेको अध्यक्ष पदमा फेरि निर्वाचित भएकामा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई उनकै निवास बालकोट पुगेर बधाई दिएकी छन् । ओली पुन: पार्टी अध्यक्ष भएपछि बालकोट पुगेर बधाई दिने यान्छी पहिलो विदेशी राजदूत हुन् । एमाले विदेश विभागका प्रमुख राजन भट्टराईका अनुसार ओलीसँग यान्छीले सोमबार भेटवार्ता गरेकी हुन् ।ओली प्रधानमन्त्रीबाट हटेयता पहिलो पटक होउसँग भेटवार्ता भएको हो । भेटवार्ताका सम्बन्धमा नेपालस्थित चिनियाँ दूतावासले भने कुनै सूचना सार्वजनिक गरेको छैन।...
सोनाको डेब्यु चलचित्र ‘चुरीफुरी’ शुक्रवारदेखि हलमा

सोनाको डेब्यु चलचित्र ‘चुरीफुरी’ शुक्रवारदेखि हलमा

आस्था, कला/साहित्य, प्रदेश १, प्रदेश ५, श्रम/रोजगार, समाचार
काठमाण्डौ, ७ पौष – मिस ग्ल्यामरस आइकल २०१६ की सेकेन्ड रनरअप सोना बज्राचार्यको डेब्यु चलचित्र ‘चुरीफुरी’ यही पुस ९ गते शुक्रवारदेखि अल नेपाल रिलिज हुँदैछ ।लेखक तथा निर्देशक ऋषिराज आचार्यको चलचित्र ‘चुरीफुरी’ मार्फत सोनाले नेपाली सिनेमामा डेब्यु गर्न लागेकी हुन् । बिभिन्न म्युजिक भिडियो तथा बिज्ञापन खेलेपछि मोडल सोना नेपाली रजतपटमा प्रवेश गरेकी हुन् । कमेडी जनराको चलचित्र ‘चुरीफुरी’बाट सोना निकै उत्साहित छिन् । चुरीफुरी टिम यतिबेला प्रचारप्रसारको अन्तिम चरणमा छ । यसअघि च्यारिटी शोबाट पनि राम्रो रेस्पोन्स पाएको सोनाले बताइन् । च्यारिटी शो बाट संकलित रकम बिभिन्न सामाजिक कार्यमा लगाएको पनि उनले जानकारी दिइन् । करिब आधा दर्जन म्युजिक भिडियोमा अभिनय गरिसकेकी सोना आफ्नो पहिलो कामबाट धेरै आशावादी छिन् । लभिङ गर्लको भुमिकामा ठुलो पर्दामा पहिलोपटक देखिन लागेकी सोनाले आफुले दर्शकबाट राम्रो प्रत...
साफ उपबिजेता खेलाडीहरु पुरस्कृत, सम्मानले खेल क्षेत्रको विकासमा महत्वपूर्ण सहयोग पुग्नेछ: खेलकुद मन्त्री अथक

साफ उपबिजेता खेलाडीहरु पुरस्कृत, सम्मानले खेल क्षेत्रको विकासमा महत्वपूर्ण सहयोग पुग्नेछ: खेलकुद मन्त्री अथक

आर्थिक, आस्था, खेल, प्रदेश १, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाण्डौं, ६ पौष – नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडी तथाप्रशिक्षक पुरस्कृत भएका छन् । १३ औं संस्करणको साफ च्याम्पीयन सिप प्रतियोगितामा उपविजेता हुन सफल नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडी तथा प्रशिक्षक पुरस्कृत भएका हुन । मंगलबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित विशेष कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा र युवातथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले साफ उपबिजेता खेलाडीहरुलाई जनही ५ लाख नगदसहित सम्मान गर्नु भएको हो । सरकारले साफमा ऐतिहासिक नतिजा निकाल्न सफल राष्ट्रिय फुटबल टिमका खेलाडीलाई जनही ५ लाख तथा प्रशिक्षकलाई ३ लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको थियो । सोही घोषणा कार्यान्वयनका लागि युवा तथा खेलकुद मन्त्रालयले मंगलबार सम्मान तथा पुरस्कार वितरण कार्यक्रम आयोजना गरेको थियो । सम्मानित हुने खेलाडीहरुमा राष्ट्रिय टिमका कप्तान किरण ...
एसिया कप खेल्ने यू–१९ क्रिकेट टिमको बिदाई

एसिया कप खेल्ने यू–१९ क्रिकेट टिमको बिदाई

आस्था, खेल, प्रदेश १, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौं, ५ पौष - युएईमा हुने एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगितामा सहभागी हुने नेपाली टिमलाई बिदाई गरीएको छ । सोमबार काठमाण्डौंमा आयोजित एक कार्यक्रमका बिच युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) र नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुर बहादुर चन्दले यू–१९ क्रिकेट टिमलाई बिदाई गर्नु भएको हो । यही डिसम्बर २३ देखि युएईमा हुने प्रतियोगिता खेल्न जाने नेपाली टिमलाई बिदाई गर्दै युवा तथा खेलकुद मन्त्री अथकले नेपालमा क्रिकेटको भविष्य राम्रो भएको उल्लेख गर्नुभयो । सधैं झैं यस पटक पनि नेपाली खेलाडीहरुले राम्रो खेल प्रदर्शन गर्नेमा आफु ढुक्क रहेको बताउँदै मन्त्री अथकले उच्च मनोबलका साथ खेल्दै उपाधि हासिल गर्न शुभकामना समेत दिनुभयो । एसिया कपमा नेपालसँगै आयोजक युएई, भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, अफगानिस्तान र कुवेतको सहभागिता रहने छ । प्रतियोगितामा सहभागी हुने नेपाली टि...
सभापतिको प्रतिष्पर्धा दोस्रो चरणमा जाने निश्चितप्रायः

सभापतिको प्रतिष्पर्धा दोस्रो चरणमा जाने निश्चितप्रायः

आस्था, प्रदेश १, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाडौं, २७ मंसिर । नेपाली काँग्रेसको १४औं महाधिवेशनमा सभापतिमा कसैको पनि बहुमत नआउने स्पष्ट संकेत देखिएको छ । विधान अनुसार पहिलो चरणमा कसैको पनि बहुमत नआए दोस्रो चरणमा पहिलो र दोस्रो हुनेबीच प्रतिष्पर्धा हुन्छ । काँग्रेसभित्रको अंकगणित हेदा पहिलो चरणमा शेरबहादुर देउवाले सबैभन्दा बढी मत ल्याउने निश्चित जस्तै छ । उनी बहुमत पुर्याउने माहोल सृजना गर्न विहानसम्म सक्रिय रहे । बढी पकडको मत भएका नेताहरुलाई साथमा लिन खोजे । तर, सफल भएनन् । देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री सशांक कोइरालासँग सम्पर्क स्थापित गरी पक्षमा तान्न प्रयास गरे । पौडेललाई बोहराटारमै गएर भेटे । तर, दुवै नेता देउवा त के कसैको पक्षमा खुलेनन् । पहिलो चरणमा दोस्रो हुने प्रतिष्पर्धा पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य डा. शेखर कोइरालाबीच चलेको छ । दुवै संस्थापनइतरको मत तान्न सक्रिय छन् । जस...
नेपाल स्काउटको संयोजकमा दाहाल नियुक्त

नेपाल स्काउटको संयोजकमा दाहाल नियुक्त

आस्था, खेल, प्रदेश १, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २० मंसिर – नेपाल स्काउटको राष्ट्रिय तदर्थ समितिको संयोजकमा रबिन दाहाल नियुक्त हुनुभएको छ । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज अथकले मन्त्रीस्तरीय बैठकबाट दाहाललाई संयोजकमा नियुक्त गर्नुभएको हो ।२०७८ मंसिर १९ को मन्त्री स्तरीय निर्णय अनुसार स्काउटको तदर्थ समिति संयोजकमा नियुक्त हुनुभएका दाहाललाई प्रमुख आयुक्तको जिम्मेवारी समेत दिईएको छ । त्यसैगरी सहसंयोजकमा राजीव खत्री नियुक्त हुनुभएको छ । उहाँलाई स्काउटको तालिम आयुक्तको जिम्मेवारी समेत दिईएको छ । त्यसैगरी स्काउटको सदस्यहरुमा बबिता कटुवाल, बिजय किशोर झा, हरिबहादुर श्रेष्ठ, केशव महर्जन, रामचरित्र ठाकुर, सन्तोषकुमार थापा, शिबप्रसाद बराल, रमिला नगरकोटी, गायत्री शर्मा, दिपक अर्याल, तिलक खत्री, जुपिटर कुँवर र देउमल सुनार नियुक्त हुनुभएको छ । जसमध्ये कटुवालले संगठन आयुक्तको जिम्मेवारी पाउनु भएको छ ।नवनियुक्त पदाधिकारीहरुल...
कामना सेवा फुटसल कप हुने

कामना सेवा फुटसल कप हुने

आस्था, खेल, प्रदेश १, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २० मंसिर – कामना सेवा विकास बैंकको आयोजनामा पहिलो संस्करणको कामना सेवा फुटसल कप प्रतियोगिता आयोजना हुने भएको छ । बैंक, विमा तथा विभिन्न वित्तिय संस्थालाई समावेश गर्दै पुसको ९ र १० गते प्रतियोगिता आयोजना हुने भएको हो ।सोमबार एक कार्यक्रमका बीच कामना सेवा विकास बैंकका सञ्चालक विश्वेश्वर सुवेदी र प्रमुख कार्यकारी अधिकृत (सिईयो) प्रविन बस्नेतले प्रतियोगिताको औपचारिक रुपमा घोषणा गर्नुभयो । सञ्चालक सुवेदीले बैंक तथा वित्तिय संस्थाका कर्मचारीको स्वास्थ्यको प्रबद्र्धन गर्न र खेलमैत्री वातावरण निर्माणका लागि फुटसल आयोजना गर्न लागिएको बताउनुभयो । सिईयो बस्नेतले कर्पोरेट क्षेत्रभित्रका प्रतिभालाई बाहिर ल्याउन प्रतियोगिताले मदत गर्ने बताउनुभयो । उहाँले बैंक तथा वित्तिय संस्थाबीच आपसी सम्बन्ध र सहकार्य स्थापित गर्न यस्ता प्रतियोगिताले योगदान गर्ने उल्लेख गर्नुभयो ।प्रतियोगितामा बैंक त...
ज्येष्ठ नागरिकमैत्री सञ्चार निर्देशिका बन्दै

ज्येष्ठ नागरिकमैत्री सञ्चार निर्देशिका बन्दै

आस्था, प्रदेश १, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, १७ मंसिर – प्रेस काउन्सिल नेपालले ज्येष्ठ नागरिक मैत्री सञ्चार निर्देशिकाको तयारी गरेको छ । ज्येष्ठ नागरिक बारे मिडियामा सम्मान जनक भाषा प्रयोग र एकरूपता कायम गर्न निर्देशिका बन्न लागेको हो । काउन्सिलले शुक्रबार एक विज्ञप्ति जारी गरी ज्येष्ठ नागरिकका सम्बन्धमा कतिपय मिडियामा प्रयुक्त हुने भाषा अपमानजनक भएको निष्कर्षका साथ अब छिट्टै निर्देशिका जारी हुन लागेको उल्लेख गरेको छ ।काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतको अध्यक्षतामा बसेको पछिल्लो बोर्ड बैठकले निर्देशिका निर्माणका लागि कार्यदल समेत गठन गरेको छ । काउन्सिलका बोर्ड सदस्य गोपाल बुढाथोकीको संयोजकत्वमा काउन्सिलका बोर्ड सदस्य ठाकुरप्रसाद बेलबासे र वरिष्ठ प्रशासकिय अधिकृत दीपक खनाल सदस्य रहेको कार्यदललाई एक महिना भित्र निर्देशिका मस्यौदा तयार गर्न जिम्मेवारी दिने निर्णय गरेको हो । कार्यदलले राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घसह...
तत्काल ‘भारी वर्षा’ नहुने, मौसममा सुधार

तत्काल ‘भारी वर्षा’ नहुने, मौसममा सुधार

CoVid19, प्रदेश १, प्रदेश ५, मौसम, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ४ कार्तिक – ८८ जनाको मृत्यु हुने गरी तीन दिनसम्म देशका अधिकांश भेगमा भएको ‘अति भारी’ वर्षा क्रमिक रूपमा रोकिएको छ ।आजदेखि मौसममा सुधार हुँदै जाने र अब तत्कालै ठूलो वर्षा नहुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बुधबार रातिदेखि अधिकांश स्थानमा पानी पर्न रोकिएको मौसमविद् वरुण पौडेलले जानकारी दिए ।‘भारी वर्षा गराउने प्रणाली बाहिरिसकेकाले अब तत्कालै ठूलो वर्षाको सम्भावना छैन तथापि केही स्थानमा छिटफुट वर्षा भने भइरहन्छ,’ पौडेलले भने । आजदेखि अधिकांश स्थानमा घाम लाग्ने पूर्वानुमान गरिएको उनले जानकारी दिए ।यद्यपि आगामी २४ घण्टा प्रदेश नं १, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । हेर्नुहोस् तीन दिनको पूर्वानुमान२०७८ कार्तिक ०४ गते बिहीबारदिउँसो ...