Thursday, April 30सत्यम खबर
Shadow

धार्मिक

‘धर्म, अध्यात्म र राष्ट्र’ विषयक एक विशेष विचार गोष्ठी

‘धर्म, अध्यात्म र राष्ट्र’ विषयक एक विशेष विचार गोष्ठी

आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
जनकपुरधाम, ९, बैशाख – नेपाल–भारत खुला सीमा संवाद समूहको आयोजनामा ‘धर्म, अध्यात्म र राष्ट्र’ विषयक एक विशेष विचार गोष्ठी देवडिहामा सम्पन्न भएको छ । उक्त कार्यक्रमको केन्द्रबिन्दू पुरी शंकराचार्यका कृपापात्र शिष्य प्रेमचन्द्र झाको उपस्थितिसँगै शंकराचार्यजीको आगामी देवडिहा आगमन रहेको थियो । गोष्ठीको अध्यक्षता देवचन्द्र झाले गरेका थिए । उनले आफ्नो मन्तव्यमा भगवान शंकराचार्यजीलाई यथाशीघ्र देवडिहा आगमनको लागि औपचारिक निमन्त्रणा समेत गरे । कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ अधिवक्ता (कलकत्ता हाईकोर्ट) तथा पुरी शंकराचार्यका कृपापात्र शिष्य प्रेमचन्द्र झा थिए । उनले धर्म, अध्यात्म र राष्ट्रबोधको विषयमा गहन विचार प्रस्तुत गरेका थिए । विशेष अतिथिका रुपमा नेपाल–भारत खुला सीमा संवाद समूहका अध्यक्ष डा.राजीव झा, वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. आर.एन. झा, बुद्धिजीवी राजकुमार झा, मना जी, इन्...
गौरव स्मृतिद्वारा मनाईयो ईद, होली तथा नव वर्षको शुभकामना आदान–प्रदान

गौरव स्मृतिद्वारा मनाईयो ईद, होली तथा नव वर्षको शुभकामना आदान–प्रदान

आस्था, धार्मिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २४ चैत – गौरव स्मृति तथा वियोर सेल्फ फाउण्डेशन नेपाल बाँकेद्वारा शनिबार भब्य रुपले ईदुल फित्र (ईद), होली तथा आउन लागेको नव वर्ष २०८२ को शुभ–कामना आदान–प्रदान कार्यक्रम मनाईएको छ । गौरव स्मृति तथा वियोर सेल्फ फाउण्डेशनद्वारा प्रत्येक वर्ष केही नयाँ गर्ने उद्देश्यका साथ यस वर्ष सद्भाव झल्कीने तथा हिन्दु, मुस्लीम, शिख, ईशाई सबै भाई भाई भन्ने उद्देश्य लिई ईद, होली तथा नव वर्ष २०८२ को शुभकामना आदानप्रदान कार्यक्रम मनाईएको संरक्षक प्रदीप शाहले बताउनुभयो । प्रमुख अतिथिको आसनबाट बोल्दै निरंजन सिंह सिजापतिले आम नागरिक होस व राजनीतिक दलका नेता, कार्यकर्ता सद्भावको आलाप रटान गरेर मात्र सद्भाव कायम हुँदैन, त्यसको लागि मञ्चमा बोलिएको भनाईलाई आत्मसाथ गरिनु पर्ने आवश्यक रहेको बताउँदै म आफै पनि मोहर्रमको बेला ढोल बजाउने गरेको बताउनुभयो । कार्यक्रममा सत्यमखबर डटकमका सञ्चालक ...
साहु समाज समितिको होली मिलन समारोह

साहु समाज समितिको होली मिलन समारोह

आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ९ चैत – साहु समाज समिति बाँके एवं साहु समाज युवा समितिको संयुक्त आयोजनामा आज शनिवार होली मिलन कार्यक्रम भब्यता साथ सम्पन्न भएको छ । साहु समाज समिति बाँकेका सचिव प्रदीप शाहद्वारा सञ्चालित होली मिलन कार्यक्रममा साहू समाज समिति बाँकेका अध्यक्ष हंशराम साहूको अध्यक्षता, नेपाल औषधी ब्यवसायी संघ लुम्बिनी प्रदेशका वरिष्ठ उपाध्यक्ष अभयकुमार बस्नेतको प्रमुख आतिथ्यमा सम्पन्न होली मिलन कार्यक्रममा साहू समाज युवा समितिका अध्यक्ष रामकिसुन साहुले स्वागत मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि, बिशिष्ट अतिथि, अतिथिहरुलाई गम्छा र अबीर लगाएर स्वागत गरिएको थियो । नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.–५ स्थित श्री राधाकृष्ण मन्दिरमा सञ्चालित होली मिलन समारोह कार्यक्रममा प्रमुख अतिथि नेपाल औषधी ब्यवसायी संघ लुम्बिनी प्रदेशका वरिष्ठ उपाध्यक्ष बस्नेतले साहू समाजको बारेमा प्रकाश प...
निबन्ध प्रतियोगिता सम्पन्न

निबन्ध प्रतियोगिता सम्पन्न

आस्था, कला/साहित्य, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २८ फागुन – विश्व हिन्दू परिषद नेपाल बाँके जिल्लाद्वारा राष्ट्र गुरु योगी नरहरिनाथको ११० औ जन्म जयन्तीको अवसरमा निबन्ध प्रतियोगिता आयोजना गरिएको थियो । नारायण माध्यमिक विद्यालय नेपालगन्जको कक्षा–९ मा अध्ययनरत छात्र–छात्राहरुमा निबन्ध प्रतियोगिता गराइएको थियो । उक्त प्रतियोगितामा प्रथम मौसम थारु, द्वितीय बिष्णु रोकाय र तृतीय खगेन्द्र शाही भएका थिए । प्रथम, द्वितीय र तृतीय र सान्त्वना भएका छात्र–छात्राहरुलाई नगद राशी सहित प्रमाण–पत्र प्रदान गरिएको थियो । कार्यक्रममा मुख्य अतिथि विश्व हिन्दू परिषद नेपाल राष्ट्रिय महिला विभाग प्रमुख कृष्णा देवी पाण्डेय, विशिष्ट अतिथि विश्व हिन्दू परिषद नेपाल कर्णाली प्रदेशका उपाध्यक्ष कृष्ण मुरारी प्रसाद भट्ट, आतिथ्यहरुमा राज कुमार रौनियार, प्रेमकुमार शर्मा, रमेशकुमार श्रीवास्तव, मनोज राजा श्रीवास्तव, अशोक गुप्ता रहेका थिए । विश्...
परिक्रमामा धार्मिक तथा सांस्कृतिक आदान–प्रदान

परिक्रमामा धार्मिक तथा सांस्कृतिक आदान–प्रदान

आस्था, धार्मिक, प्रदेश २, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
धनुषाधाम, २५ फागुन – नेपाल–भारत खुला सीमा संवाद समूह र क्लोथ बैंक नेपालको संयुक्त आयोजनामा मिथिला मध्यमा परिक्रमा अन्तर्गत श्रद्धालु भक्तजन, साधु–सन्त तथा सम्पूर्ण यात्रुहरूको स्वास्थ्य र सुविधालाई ध्यानमा राख्दै हेल्पडेस्क सञ्चालन गरिएको छ। कार्यक्रम संयोजक दिपक यादवका अनुसार धनुषा जिल्लाको ऐतिहासिक तथा पौराणिक महत्व बोकेको धनुषाधाम, जहाँ भगवान रामचन्द्रद्वारा सीता स्वयंवरका बेला तोडिएको शिवजीको धनुषको एक टुक्रा अहिले पनि जिवन्त रहेको मान्यता छ, त्यही स्थानमा परिक्रमाको नवौं दिन साधु–सन्तहरूको बास हुने भएकाले हेल्पडेस्क सञ्चालन गरिएको हो। मिथिला मध्यमा परिक्रमा ठेरा कचुरी (धनुषा) बाट सुरु भई भारतको कल्याणेश्वर गिरिजास्थान हुँदै महोत्तरी जिल्लाका पाँच स्थानमा बास बस्दै पुनः धनुषा प्रवेश गरेको छ। आइतबार सतोषर, सोमबार औरही तथा हौसाहामा बास बसेपछि पुनः कल्याणेश्वर महादेवको दर्शन गर्...
कावा अध्यक्ष बाल्मिकी माथि हातपात, आरोपित वडाअध्यक्ष सिद्दिकीद्वारा त्यसो नगरेको भनाई

कावा अध्यक्ष बाल्मिकी माथि हातपात, आरोपित वडाअध्यक्ष सिद्दिकीद्वारा त्यसो नगरेको भनाई

अपराध, धार्मिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १३ फागुन – नेपालगन्ज उपमहानगरपालिका वडा नं. ३ का अध्यक्ष आयुब सिद्दिकी तथा वडा नं. ११ का कावा अध्यक्ष सविता बाल्मिकी बीच विवाद उत्पान्न भई अध्यक्ष सिद्दिकीले हातपात गरेको आरोप कावा अध्यक्ष बाल्मिकीले लगाएका छन् । पीडित बाल्मिकीको भनाई अनुसार करीब १ महिना अगाडी मेरो छोरी गैर सनातनीको बहकावामा आई भागेको थियो । सो घटनामा वडा नं. ३ का अध्यक्ष सिद्दिकीले दुबै पक्षलाई वडा कार्यालयमा बसाई छलफल गराई छोरीलाई मेरो जिम्मामा दिएका थिए । त्यसको केही दिन मै उनले पटक–पटक फोन गरी छोरीलाई पुनः केटासँग पठाउनुस भन्दै आएको आरोप लगाउँदै यही फागुन १२ गते सोमबारका दिन दिउँसो करीब १ बजे म अफिस आउँदा पुनः मेरो छोरी सोही केटासँग वडा नं. ३ को वडा कार्यालयमा पुगेको बताउनुभयो ।     कावा अध्यक्ष बाल्मिकी कै साथमा रहेकी सहयोगी गीता मौर्यले समेत कावा अध्यक्ष बाल्मिकीलाई मेरो सामुन्ने ...
नेवारी संस्कार अनुसार सामूहिक बेलविवाह र ब्रतवन्ध भव्यताका साथ सम्पन्न

नेवारी संस्कार अनुसार सामूहिक बेलविवाह र ब्रतवन्ध भव्यताका साथ सम्पन्न

आर्थिक, आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
नेपालगन्ज, २२ माघ – नेवार समुदायको संस्कार अनुसार सोमबार विधिवत रुपमा बालिकाहरुको सामूहिक ईही (बेल विवाह) र बालकहरुका लागि सामूहिक कय्ता पूजा (ब्रतवन्ध तथा उपनयन संस्कार) कार्यक्रम नेपालगन्जमा भव्यतापूर्वक सम्पन्न भएको छ । नेवाः पुचः बाँकेले विगतका वर्षहरुमा झैं यस वर्ष बसन्त पञ्चामीको अवसर पारेर आइतवार सोमवारका दिन पश्चिम नेपाल कै प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिर परिसरमा भव्यतापूर्वक सम्पन्न गरिएको हो । बाँके जिल्लामा बसोबास गर्ने नेवार समुदायको साझा तथा छाता संगठन नेवाः पुचः बाँकेका अध्यक्ष जीतेन्द्र कुमार जोशी र चन्द्रबहादुर श्रेष्ठको संयोजनमा आयोजना गरिएको नेवार समुदायको अनिवार्य संस्कार मानिने विधिवत रुपमा आईतवार शुरु गरी सोमवार सम्पन्न गरिएको बालिकाहरुको सामूहिक ईही (बेल विवाह) मा बाँके, बर्दिया, सुर्खेत, दैलेख र काठमाण्डौका १२ जना बालिकाहरुको सहभागिता रहेको थियो । त्य...
१ कराेड १० लाख बजेटमा तिरूपति धाम निर्माण शिलान्यास

१ कराेड १० लाख बजेटमा तिरूपति धाम निर्माण शिलान्यास

आर्थिक, आस्था, धार्मिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १९ माघ - नेपालगन्ज उपमहानगरपालिका वडा नं. १८ मा निर्माणाधिन रहेकाे तिरूपति बालाजी धामलाई थप १ कराेड १० लाख बजेट बिनियाेजित गरि आज शिलान्यास गरिएकाे छ । वडा नं. १८ का वडा अध्यक्ष दिपककुमार बर्माले दिएकाे जानकारी अनुसार संघीय सरकार शहरी विकास मन्त्रालयबाट १ कराेड तथा नेपालगन्ज उपमहानगरपालिकाबाट ५ लाख एवम् वडा नं. १८ बाट ५ लाख गरि १ कराेड १० लाख बजेट बिनियाेजित गरि धाम निर्माणका लागि आज शिलान्यास गरिएकाे बताउनुभयाे । वडा अध्यक्ष बर्माले यश कार्यमा सहयाेग, सहकार्य गर्ने सम्पुर्णलाई धन्यबाद ज्ञापन गर्दै अब छिट्टै हामीले तिरूपति बालाजी दर्शन नेपालगन्जबाटै गर्न पाउने बताउनुभयाे ।...
उत्कृष्ट विद्यार्थीलाई पुरस्कार वितरण

उत्कृष्ट विद्यार्थीलाई पुरस्कार वितरण

आर्थिक, आस्था, धार्मिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
कृष्णनगर, १७ माघ - कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ३ मा रहेको जामिया सिराजुल उलुम अल्सलफिया मदरसामा तिन दिने बार्षिकोत्सव कार्यक्रम आज समापन भएको छ । कार्यक्रमका अध्यक्ष सोही मदरसाका अध्यक्ष समिम अहमद नदवी प्रमुख अतिथिमा कृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाह, विशिष्ट अतिथिमा महाराजगंज नगरपालिका नगर प्रमुख अब्दुल कलाम खां, नेपाल प्रहरीका नायब महानिरीक्षक उमाप्रसाद चतुर्वेदी, जामिया सिराजुल उलुम अल्सलफिया मदरसाका प्रवक्ता मौलाना मशहूद खां नेपाली, राष्ट्रिय मदरसा संघ नेपालका राष्ट्रिय अध्यक्ष डा. अब्दुल गनि अल्कूफी रहेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि शाहले पेशागत अनुशासन सबैले पाल्ना गर्नुपर्ने, यो मदरसा धेरै पुरानो मदरसा भएकाले आवश्यक सुझाव सल्लाहका आधारमा नगरपालिकाले यसलाई अगाडि लैजाने बताए । कार्यक्रममा बोल्दै नगर प्रमुख कलामले मदरसालाई राज्यको मूलध...
महाकुम्भ स्नानमा ५० लाखभन्दा बढी नेपाली सहभागी

महाकुम्भ स्नानमा ५० लाखभन्दा बढी नेपाली सहभागी

आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाण्डौ, १७ माघ – भारतको प्रयागराजमा जारी महाकुम्भ मेलामा नेपालका ५० लाखभन्दा बढी तीर्थयात्रीहरु सहभागी भएका छन् । नेपाल–भारत खुला सीमाका कारण नेपालीहरुका लागि सहज भएको हो । नेपालको जनकपुरधामबाट जानकी मन्दिरका उत्तराधिकारी महन्थ राम रोशन दासको नेतृत्वमा नेपाली श्रद्धालुहरूको सुविधाका लागी खालसा निर्माण भएको छ । धर्मराज मन्दिर ऋषिकेशका महन्त महामण्डलेश्वर श्री विष्णुदास महाराज जीले पनि नेपाली र भारतिय तीर्थयात्रीहरूका लागि विशेष बसोबास र खानपानको सुविधा प्रदान गरिएको छ । नेपाल–भारत खुला सीमा संवाद समूहका अध्यक्ष डा. राजीव झा आफ्नो परिवारसहित महाकुम्भमा सहभागी भएका छन् । उनका पिता संस्कृतका प्रकाण्ड विद्वान पण्डित गंगेश झा, माता बच्ची देवी झा, पत्नी सोनी झा, छोरा बाल अभियानी आदित्य झा तथा अन्य परिवारका सदस्यहरू पनि उपस्थित छन् । जनकपुर युथ क्लबका पूर्वअध्यक्ष मनिष श्रीओम पनि उनीस...