Thursday, April 30सत्यम खबर
Shadow

धार्मिक

नेपालगन्जमा सामूहिक ईही (बेलविवाह) र कय्ता पूजा (ब्रतवन्ध संस्कार) गरिंदै

नेपालगन्जमा सामूहिक ईही (बेलविवाह) र कय्ता पूजा (ब्रतवन्ध संस्कार) गरिंदै

आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १३ माघ – नेवाः पुचः बाँकेले विगतका वर्षहरुमा झैं यस वर्ष पनि बालिकाहरुको सामूहिक ईही (बेल विवाह) र बालकहरुका लागि सामूहिक कय्ता पूजा (ब्रतवन्ध तथा उपनयन संस्कार) कार्यक्रमको आयोजना गर्ने भएको छ । उक्त कार्यक्रम यही माघ २० र २१ ग्तेका दिन पश्चिम नेपालकै प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिर परिसरमा आयोजना गर्न लागेको हो । बाँके जिल्लामा बसोबास गर्ने नेवार समुदायको साझा तथा छाता संगठन नेवाः पुचः बाँकेका अध्यक्ष जीतेन्द्रकुमार जोशी र चन्द्र बहादु श्रेष्ठको संयोजनमा आयोजना गरिएको नेवार समुदायको विधिवत रुपमा हुने उक्त अनिवार्य संस्कारमा पश्चिम नेपालका धेरै जिल्लाहरुबाट नेवार समुदायका बालवालिकाहरुको सहभागिता हुँदै आएको छ । नेवाः पुचः बाँकेका अध्यक्ष जोशीका अनुसार नेवाः देय् दवू बाँके जिल्ला शाखा र नगर कमिटी, मिसाः पुचः, भृकुटी नगर गुठी, झिगु नेवाः गुठी घरवारी टोल, कारकाँदो गुठी, रा...
श्री रामको प्राण प्रतिष्ठाको वार्षिकोत्सवमा सीमापारी कलश यात्रा, नेपालगन्जमा भण्डारा

श्री रामको प्राण प्रतिष्ठाको वार्षिकोत्सवमा सीमापारी कलश यात्रा, नेपालगन्जमा भण्डारा

आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १० माघ – नेपाल भारतको सिमानासंग जोडिएको बाँके जिल्लाको सीमावर्ती क्षेत्र नगर पञ्चायत रुपइडिहामा भगवान श्रीरामको प्राण प्रतिष्ठाको महोत्सव सम्पन्न भएको एक वर्ष पूरा भएको अवसरमा बुधवार विहान हर्षोल्लासका साथ भव्य कलश यात्रा निकालिएको समाचार छ । श्री रामको प्राण प्रतिष्ठा भएको प्रथम वार्षिकोत्सवको अवसरमा छिमेकी मित्रराष्ट्र भारतभर महोत्सवको रुपमा मनाइएको हो । सो अवसरमा नेपालगन्जमा पनि मिष्ठान्न वितरण गर्नुका साथै भण्डारा (सामूहिक भोज) गरिएको थियो । विश्वभरका हिन्दू धर्मावलम्वीहरुले आदर्श पुरुषको रुपमा प्राचीन कालदेखि सम्मान गर्दै आएको भगवान श्री रामको धेरै वर्षको विवाद पछि उच्च अदालतको आदेश पश्चत् गत वर्ष जनवरी २२ तारिखका दिन रामको जन्मभूमि भारत उत्तर प्रदेशको अयोध्यामा प्राण प्रतिष्ठा गरिएको थियो । उक्त घटना विश्वभर चर्चित रहेको थियो । रुपईडिहा पत्रकार संघका संरक्षक शेर ...
पृथ्वी जयन्तीमा मोटरसाइकल र्याली

पृथ्वी जयन्तीमा मोटरसाइकल र्याली

आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २९ पुस - पृथ्वी नारायण शाहको जन्मजयन्तीको अवसर पारेर निकालिएको मोटरसाइकल र्याली त्रिभुवन चोकमा कोणसभा गरेेको छ । राष्ट्र निर्माता पृथ्वीनारायण शाहको ३०३ औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा शनिबार  नेपालगन्जमा बागेश्वरी पार्कमा भेला भई निकालिएको मोटरसाइकल र्याली बागेश्वरी पार्क न्युरोड, पुस्पलाल चोक, कारकादो चोक, पुन पुस्पलाल चोक, धम्बोजी चोक, बिपि चोक हुँदै त्रिभुवन चोक पुगेर कोणसभा तथा जन्मजयन्ती सभामा परिणत भएको थियोे । नेपाल शिवसेनाको आयोजनामा भएको वृहत् मोटरसाइकल र्यालीमा सामाजिक तथा धार्मिक संघ संस्थाका व्यक्तित्व, राजनैतिक पार्टीमा रही आफुलाई नेपाली भन्न रुचाउने व्यक्तित्वहरु, देशभक्ति युवाहरुको बाक्लो उपस्थिति रहेको थियोे । उता कोणसभामा बोल्ने अधिकांश वक्ताहरूले अब युवा पुस्ता र नेपालीहरु जाग्ने बेला आएको छ । यस्तै अवस्था रहे बंगलादेश, सि...
कालीथान मन्दिर व्यवस्थापन समिति श्रेष्ठको नेतृत्वमा

कालीथान मन्दिर व्यवस्थापन समिति श्रेष्ठको नेतृत्वमा

आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २८ पुस – श्री कालीथान मन्दिर व्यवस्थापन समितिको २१ औं साधारण सभाले स्थानीय गोविन्द नारायण श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको छ । शनिवार सम्पन्न २१ औं साधारण सभा तथा अधिवेशनले उक्त कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्ष पदमा हौसीलाल चिडीमार, सचिवमा वीरेन्द्र श्रेष्ठ, कोषाध्यक्ष पदमा श्रीमती सरिता श्रेष्ठ रहनु भएको छ भने सदस्यहरुमा वडा नं. १२ का सदस्य राज कुमार बाल्मिकी, श्याम सुन्दर अधिकारी, माधव प्रसाद पोखरेल, राजीव रेग्मी, विशाल गुप्ता र मीना वर्मा रहनु भएको छ । त्यसैगरि संरक्षकमा नेपालगन्ज उपमहानगरपालिका वडा नं.१२ का अध्यक्ष श्री तरुण बज्राचार्यलाई चयन गरिएको छ भने सल्लाहकारहरुमा अजीतकुमार शर्मा, श्रीमती लता शर्मा, श्यामबहादुर मल्ल, चतुर्भूज ज्ञवाली रहनु भएको छ । यसअघि समितिका अध्यक्ष श्रीमती लता शर्माको अध्यक्षतामा सम्पन्न सभाको उद्घाटन गर्दै प...
डुडुवामा १५१ फिट अग्लो शिव प्रतिमा बनाइदै

डुडुवामा १५१ फिट अग्लो शिव प्रतिमा बनाइदै

आर्थिक, आस्था, धार्मिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
डुडुवा, २१ पुस – बाँके डुडुवा गाउँपालिकाले धार्मिक प्रर्यटन क्षेत्रको विकासका लागि रणनीतिक रुपमा अघि बढेको छ । गाउँपालिका अन्तर्गत विभिन्न स्थानमा प्रार्य प्रर्यटनको सम्भावनालाई खोजी गर्दै विकास गर्न थालिएको हो । पालिकामा रहेका विभिन्न मठ मन्दिर, मस्जिद, चर्चलगायत, बन क्षेत्र, राप्ती नदी तथा डुडुवा नाला लगायत स्थानमा विभिन्न पर्यटन क्षेत्रको विकासका लागि दिर्घकालिन योजना अघि सारिएको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताउनु भयो । उहाँका अनुसार पर्यटकिय दृष्टिकोणले डुडुवालाई पहिचान गराउनका लागि प्रर्यटनसंग जोडेर विभिन्न परियोजना संचालन गरिएको छ । डुडुवामा अधिराज्य कै सबै भन्दा अग्लो १ सय ५१ फिटको शिव प्रतिमा (स्टेचुअप शिवा) बनाउन शुरु गरिएको छ । डुडुवा गाउँपालिका वार्ड नं. २ स्थित रामनगर पाझामा शिव प्रतिमा निर्माण गर्नका लागि जग्गामा पहिलो चरण अन्तर्गत वाउण्ड्री (वाल) निर्मा...
राप्ती नदी सिधनियाघाटमा पाँचौ संस्करण गंगा महाआरती

राप्ती नदी सिधनियाघाटमा पाँचौ संस्करण गंगा महाआरती

आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १ पुस – बाँकेको राप्ती नदी सिधनियाघाटमा सोमबार पाँचौ संस्करण गंगा महाआरती गरिएको छ । महाआरतीमा भक्तजनहरुको सहभागिता बढ्दै गएको पाइएको छ । बाँके डुडुवा गाउँपालिका वार्ड नं.–४ राप्ती नदीस्थित श्री अष्टोत्तरशतम् शिवलिंङ्ग विश्वम्भरनाथ महादेव –१०८ शिवलिङ्ग विश्वम्भर महादेव मन्दिरमा गंगा महाआरती भएको हो । बाँके जिल्लाका विभिन्न स्थानबाट आएका सर्वसाधारण भक्तजनले आज आइतबार महाआरतीको क्रममा गंगा माताको विशेष पुजापाठ समेत गरेका थिए । धार्मिक पर्यटन प्रवद्र्धन, राप्ती नदी क्षेत्र तथा मन्दिरको प्रचारप्रसार र जिल्लाका विभिन्न स्थानबाट आउने धार्मिक पर्यटकलाई स्वागत गर्न नियमित रुपमा महाआरती हँुदै आएको मन्दिरका संरक्षक तथा पुजारी आचार्य रामप्रताप मिश्र शास्त्री महाराजजीले बताउनुभयो । स्थानीय तथा सामाजिक अगुवाहरुको पहलमा गत भदौ ३ गते श्रावण शुक्ल पुर्णिमाको दिनदेखि शुरु भएको महाआर...
विवाह पञ्चमी महोत्सवको अवसरमा निःशुल्क स्वास्थ्य शिविर र यात्री सहायता सेवा

विवाह पञ्चमी महोत्सवको अवसरमा निःशुल्क स्वास्थ्य शिविर र यात्री सहायता सेवा

आर्थिक, आस्था, धार्मिक, प्रदेश २, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
जनकपुरधाम, २१ मंसिर – त्रेता युगमा मिथिला नरेश राजा जानककी पुत्री सीता र अयोध्या नरेश दशरथका पुत्र भगवान् रामको विवाहको सम्झनामा प्रत्येक वर्ष विवाह पञ्चमी महोत्सव जनकपुरधाममा भव्य रूपमा मनाइने गरिन्छ । यस अवसरमा अयोध्याबाट जन्ती (बाराती) जनकपुरधाम आउने परम्परा रहेको छ । यसै अवसरमा नेपाल–भारत खुला सीमा संवाद समूह र क्लोथ बैंक धनुषा नेपालले संयुक्त रूपमा निःशुल्क यात्री विश्राम, स्वास्थ्य शिविर, पिउने पानीको व्यवस्था र यात्री सहायता परामर्श केन्द्र स्थापना गरेका छन् । शिविरको दोश्रो दिनसम्म करिब २५०० भन्दा बढीले स्वास्थ्य सेवा लिइएको संस्थाका अध्यक्ष डा. राजीव झाले जानकारी दिएका छन् । नेपाल भारत खुला सीमाका कारण भारतको बिहार, उत्तर प्रदेश र पश्चिम बंगालबाट लाखौंको संख्यामा भक्तजनहरु राम जानकी विवाह हेर्न आउने गरेको छन् । खुला सीमा नेपाल भारत बिचको मैत्री सम्बन्धका आधार स्तम्भ ह...
धार्मिक सन्तुलनका लागि मुस्लिम आयोग खारेज गरिनु पर्छ : यादव

धार्मिक सन्तुलनका लागि मुस्लिम आयोग खारेज गरिनु पर्छ : यादव

आस्था, धार्मिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १४ मंसिर – राष्ट्रिय एकता अभियान नेपालगन्जले मुस्लिम आयोग खारेजीको माग गर्दै स्थानीय बुद्धिजीवीहरूसँग विशेष छलफल कार्यक्रम सम्पन्न गरेको छ । समाजसेवी रामाशंकर माधव दासको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा अभियानका केन्द्रीय अध्यक्ष विनय यादव, संगठन महामन्त्री हर्क स्वाँर, र अन्य स्थानीय बुद्धिजीवीहरूले मन्तव्य व्यक्त गरे । कार्यक्रमका अध्यक्ष रामाशंकर माधव दासले भने, “मुस्लिम आयोगले आफ्नो अस्तित्वलाई समाजका सबै वर्गका लागि उपयोगी बनाउन सकेको छैन । अहिलेको समयमा हामीलाई समाजमा समता र एकता कायम राख्न केन्द्रित प्रयास चाहिन्छ, अलगाववादलाई प्रोत्साहन दिने संस्थाहरू होइन ।“ केन्द्रीय अध्यक्ष विनय यादवले मुस्लिम आयोग खारेजीको मागलाई औचित्यपूर्ण ठहराउँदै भने, “हामी कुनै पनि समुदायको विरुद्ध छैनौं, तर यो आयोगले समाजमा साम्प्रदायिक ध्रुवीकरण मात्र बढाएको छ । अब हामीले सबै समुदायला...
गौरव स्मृतिद्वारा निःशुल्क आँखा तथा कानको शिविर सम्पन्न, ५ सय बढीले लिए सेवा

गौरव स्मृतिद्वारा निःशुल्क आँखा तथा कानको शिविर सम्पन्न, ५ सय बढीले लिए सेवा

आर्थिक, आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ८ मंसिर – श्री १००८ हडिया बाबा आश्रममा आयोजना गरिएको साधुसन्त, भक्तजन तथा सर्वसाधारणहरूका लागी गौरव स्मृति तथा वियोर सेल्फ फाउन्डेसनद्वारा निःशुल्क आँखा तथा कानको शिविरमा ५ सय २५ जना बिरामीहरु लभान्वित भएका छन् । नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.–४ मा रहेको गौरव स्मृति तथा वियोर सेल्फ फाउन्डेसनद्वारा हरेक वर्ष जस्तै यस वर्ष पनि नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.–६ मा रहेको श्री १००८ हडिया बाबा आश्रममा निःशुल्क आँखा तथा कानको परीक्षणका गरिनुका साथै निःशुल्क औषधि पनि वितरण गरिएको छ । नेपाल नेत्र ज्योति संघ बाँकेद्वारा सञ्चालित फत्तेवाल आँखा अस्पताल फुल्टेक्रा नेपालगन्ज र ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा नेपालगन्ज फुल्टेक्राको संयुक्त सहकार्यमा निःशुल्क स्वास्थ्य जाँच शिविर आयोजना गरिएको थियो । गौरव स्मृति तथा वियोर सेल्फ फाउन्डेसनद्वारा आयोजना गरिएका निःशुल्क आँख...
नेपाल र भारतबीच धार्मिक– विकासमा कमला नदी स्नानको महत्त्वपूर्ण भूमिका

नेपाल र भारतबीच धार्मिक– विकासमा कमला नदी स्नानको महत्त्वपूर्ण भूमिका

आस्था, धार्मिक, प्रदेश २, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
जनकपुर, ३० कार्तिक – नेपाल र भारतबीच साँस्कृतिक, धार्मिक, र ऐतिहासिक सम्बन्धले गहिरो जरा गाडेको छ । यी दुई देशका जनता बीचमा धार्मिक परम्परा र चाडपर्वहरूले विशेष नजिकको सम्बन्ध राख्छन् । यसै सन्दर्भमा, कार्तिक पूर्णिमामा हुने कमला नदी स्नानले नेपाल र भारत बीचको धार्मिक–सामाजिक सम्बन्धलाई अझै प्रगाढ बनाउँदै आएको छ । यसै अवसरमा नेपाल भारत खुला सिमा सम्बादले नेपाल भारतबाट आएका साधु सन्तहरुको लागी संस्थाको मधेस प्रदेश सहसंयोजक दिपक यादवको संयोजकत्वमा साधु सम्मान र भण्डाराको आयोजना गरिएको छ । करीब २५० को संख्यामा रहेको साधु सन्तहरुलाई च्युरा, दही, चिनी, तरकारी अंचारको भण्डारा (खाना) गरिएको थियो । कार्तिक पूर्णिमा र कमला नदी स्नानको महत्वको बारेमा बोल्दै संस्थाको केन्द्रिय अध्यक्ष राजीव झाले कार्तिक पूर्णिमा हिन्दू धर्मको पवित्र पर्व हो, जसमा विशेषगरी धार्मिक अनुष्ठान, स्नान, र पूजा...