Monday, May 4सत्यम खबर
Shadow

धार्मिक

भारतमा कन्हैयालालका हत्यामा संगलग्न अपराधीहरुकाे पाकिस्तान कनेक्सन

भारतमा कन्हैयालालका हत्यामा संगलग्न अपराधीहरुकाे पाकिस्तान कनेक्सन

अपराध, धार्मिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाण्डौ, १९ असार –केही दिन पहिला भारतको राजस्थानमा मुसलमान समुदायका दुई जनाले एउटा हिन्दुको हत्या गरेर सामाजिक सञ्जालमा पोस्ट गरेको विषयले समप्रदायिक तनाव बढेको छ । धार्मिक दंगा मच्चिन सक्ने आशंकामा प्रशासनले उच्च सतर्कता अपनाएको छ । राजस्थानको उदयपुर जिल्लामा कन्हैया लाल नाम गरेका स्थानीय दर्जीलाई मंगलबार दुई मुस्लिम पुरुषले हत्या गरेका थिए । हत्याको भिडियो भने सामाजिक सञ्जालमा सार्वजनिक गरिएकाे हाे । ती दुई जनाले अर्को भिडियोमा भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई धम्की समेत दिएका छन् । ती दुवै जनालाई प्रहरीले पक्राउ गरिसकेको छ । भारतीय जनता पार्टीकी नेतृ नुपुर शर्माले पैगम्बर मुहम्मदको विषयमा गरेको टिप्पणीको बदला लिन हिन्दू दर्जीको हत्या गरिको बताएकी छन् । हत्याको विरोधमा हिंसात्मक प्रदर्शन हुनसक्ने आशंका गरिएको छ । राज्य सरकारले इन्टरनेट सेवा बन्द गरेको छ भने ठूला जमघट...
चीन उइगर मुस्लिम: जनसङ्ख्या घटाउने लक्ष्य रहेको चिनियाँ अध्ययनको खुलासा

चीन उइगर मुस्लिम: जनसङ्ख्या घटाउने लक्ष्य रहेको चिनियाँ अध्ययनको खुलासा

अपराध, आस्था, धार्मिक, प्रदेश ५, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, १९ असार –बीबीसीको एउटा अनुसन्धानले उइगर मुस्लिम र अन्य जातीय अल्पसङ्ख्यकलाई घरभन्दा टाढा सिनजियाङमा पठाउने चीनियाँ नीतिले उनीहरूको जनसङ्ख्या तितरबितर पार्ने देखाएको छ। नयाँ जागिरको निम्ति भन्दै उनीहरूलाई सार्ने चीन सरकारको नीति रहेको बताइएको छ। चिनियाँ सरकारको उईगुर माथिको ज्यादती र त्यहाँका हृदय विदारक दृश्यले चीनमआ भुकम्पउईगर मुस्लिम संस्कृतिसँग जोडिएका १६० संस्था बन्द गर्न चिनको कम्युनिस्ट सरकारको निर्देशनप्रमाणहरूले सिनजियाङभर पुनर्शिक्षा शिविर बनाइएको र उक्त नीति उनीहरूलाई नियन्त्रण गर्ने कडा उपाय भएको देखाएको छ। बेइजिङले योजनाबद्ध रूपमा जनसङ्ख्या पातलो बनाउने उद्देश्य नभएको बताउँदै ग्रामीण गरिबी निर्मुल पार्ने योजना भएको बताएको छ। तर सरकारले भने त्यस्तो आरोप अस्वीकार गरेको छ र मानिसहरूलाई रोजगारीका लागि पठाउँदा त्यसले आम्दानी बढ्ने र ग्रामीण भेगमा रहेको बेर...
शिवसेनाकाे जिल्ला कार्यालय उद्घाटन

शिवसेनाकाे जिल्ला कार्यालय उद्घाटन

आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १४ असार - नेपाल शिवसेनाले बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नं.४ स्थित गणेशपुरमा बाँके जिल्ला कार्यसमितिको कार्यालय उद्घाटन गरेको छ । मंगलबार साँझ ५ बजे शिवसेनाका केन्द्रीय अध्यक्ष राजकुमार रोैनियारले कार्यालय उद्घाटन गर्नुभएको हो । प्रदेश र संघीय निर्वाचनको मिति नजिकिएसँगै शिवसेनाले सक्रियता बढाएको छ । बाँकेको पूर्विक्षेत्र डुडुवा र नेपालगन्जमा शिवसेनाको राम्रो प्रभाव रहेको क्षेत्र हो । कार्यालय उद्घाटनसँगै अध्यक्ष रोैनियारले छिट्टै डुडुवा र नगरमा वडा कमिटी गठन गरि छलफल गर्ने बताएका छन् । कार्यक्रममा शिवसेना नेपालका केन्द्रीय अध्यक्ष राजकुमार रोैनियार, अतिथि गुरु श्याम राज शर्मा, देवागर खनाल, मंगल जिएम, शेरबहादुर शाही, राजेश कुमार यादव, पिदाम्बर सुवेदी, सर्बदेव आसर जिल्ला अध्यक्ष मदनराज शर्मा लगायत बाँकेका विभिन्न पालिकाका वडा तथा पालिका सदस्य र शिवसैनिकहरूको उपस्थि...
नेपाल शिवसेनाको जिल्ला अध्यक्षमा शर्मा तथा उपमहानगर अध्यक्षमा केसी चयन

नेपाल शिवसेनाको जिल्ला अध्यक्षमा शर्मा तथा उपमहानगर अध्यक्षमा केसी चयन

आस्था, धार्मिक, प्रदेश ५, समाचार, समाज
नेपालगन्ज, ११ असार - नेपाल शिवसेनाको जिल्ला कमिटि तथा उपमहानगर कमिटि गठन गरिएकाे छ । मदनराज शर्माकाे नेतृत्वमा ३१ सदस्यीय जिल्ला कमिटि गठन गरिएकाे छ भने सुनिल केसीकाे नेतृत्वमा उपमहानगर कमिटि चयन गरिएकाे छ । नेपाल शिवसेना बाँकेको आज शनिबार सम्पन्न केन्द्रिय भेलामार्फत जिल्ला कमिटि तथा उपमहानगर कमिटि चयन गरिएकाे हाे । नेपालगन्ज उपमहानगरपालिकाको २३ वटै वडामा नेपाल शिवसेनाको समिति गठन गरी नगर अध्यक्षको समन्वयमा नगर समिति गठन गरिने केसीले बताएका छन् । आफ्नो हिन्दु धर्म के हो, हिन्दु धर्म कसरी रक्षा गर्ने, हिन्दु धर्म छ र त हामी छोै अनि हिन्दुराज्य भनेर चिनिने नेपाल छ तर यहाँ हिन्दु धर्म हराउँदै गएको छ । अब हिन्दु धर्मको विषयमा हरेकको घर घरमा हिन्दु धर्मको पहिचान झल्काउने काम गरि पुन: हिन्दु धर्मका लागि सधैं लागि पर्ने नगर अध्यक्ष केसी बताउनु भएको छ । यसैगरी नेपाल शिवसेना बाँकेको अध्यक...
‘मोहम्मदको अपमानको बदला’ : आईएस

‘मोहम्मदको अपमानको बदला’ : आईएस

अपराध, आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ७ असार – धार्मिक सशस्त्र समूह इस्लामिक स्टेटले अफगानिस्तानको राजधानी काबुलस्थित शिख मन्दिरमा शनिबार भएको आक्रमणको जिम्मा लिँदै उक्त आक्रमण इस्लामिक धर्मगुरु पैगम्बर मोहम्मदको अपमानको बदला भएको जनाएको छ । शनिबार काबुलस्थित शिख समुदायले पूजा गर्ने मन्दिरमा भएको आक्रमणमा दुई जना मारिएका थिए। साथै सात जना घाइते भएका थिए।उक्त आक्रमणको केही घण्टापछि इस्लामिक स्टेटले भारतमा सत्तारुढ दलका नेताले इस्लामिक धर्मगुरुमाथि अपमान गरेको भन्दै त्यसको बदलास्वरुप हमला गरेको जनाएको छ।यस क्रममा आईएसआईएसले आफ्ना एक कार्यकर्तामार्फत् आत्मघाती हमला गरेको जनाएको छ। (पूर्वपश्चिम अनलाईन)...
“नेपालको मदरसामा आतंकवादी लुकेको भारतको आरोप“

“नेपालको मदरसामा आतंकवादी लुकेको भारतको आरोप“

अपराध, आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
कंचनपुर, ७ असार – भारत सरकारले नेपालमा रहेका मदरसाबाट भारत विरोधी आतङ्कवादी गतिविधि हुने गरेको आरोप लगाएको छ । नेपाल–भारत सहसचिव स्तरीय सीमा व्यवस्थापन सम्बन्धी ज्वाइन्ट वर्किङ ग्रुप (जेडब्लजी) को बैठकमा भारतीय पक्षले यस्तो आरोप लगाएको हो । नेपाल–भारत सीमा व्यवस्थापनको १२ औँ बैठकमा भारतीय पक्षले सीमा सम्बन्धी विविध पक्षलाई पन्छाउँदै धार्मिक गतिविधिका नाममा नेपालका मदरसाबाट भारत विरोधी आतङ्कवादी काम भइरहेको आरोप लगाएपछि नेपाली पक्षले प्रतिवाद गरेको थियो ।बैठक बुधबार र बिहीबार नयाँ दिल्लीमा बसेको थियो । वार्तामा नेपाली टोलीको नेतृत्व गृह मन्त्रालयका सहसचिव एवं शान्ति सुरक्षा महाशाखा प्रमुख फणीन्द्रमणि पोखरेलले गरेका थिए । भारतीय टोलीको नेतृत्व त्यहाँको गृह मन्त्रालय अन्तर्गत सीमा व्यवस्थापन विभागका प्रमुख सहसचिव आशीष कुमारले गरेका थिए । (नागरिक दैनिकबाट)...
धार्मिक भावना भड्काउनेलाई कडा कारवाहीको माग गर्दै ज्ञापनपत्र

धार्मिक भावना भड्काउनेलाई कडा कारवाहीको माग गर्दै ज्ञापनपत्र

अपराध, आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १ असार – नेपालगन्जको धार्मिक सद्भाव बिथोल्ने तत्व सक्रिय रहेको अवस्थामा धार्मिक, सामाजिक तथा नागरिक समाजको अगुवाहरूको उपस्थितिमा जिल्ला प्रशासन कार्यालय बा“केका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीलाई ज्ञापन पत्र बुझाइएको छ ।शोसल मिडिया लगायत साधनबाट धार्मिक आस्था माथि अपशब्द बोल्ने, लेख्ने, शेयर गर्ने धार्मिक भावना भड्काउने जो सुकै धर्मका व्यक्तिहरू विरूद्ध कडा कार्यवाहीको मांग गर्दै जिल्ला प्रशासन कार्यालय बा“केमा ज्ञापनपत्र बुझाईएको नागरिक अगुवा दिपक लोधले बताए । राष्ट्र धर्मगुरू महन्त चन्दननाथ योगी, इस्लाम धर्मगुरू मौलाना जब्बार, क्रिश्चियन धर्मगुरू, बौध्दीष्ट धर्मगुरू, राधे–राधे धर्मगुरू, भरत गुरू कथा वाचक, धार्मिक अगुवा कृष्णबहादुर यादव, नेपाल शिवसेना उपाध्यक्ष किशोर लामा, नेपाली का“ग्रेसका युवा नेता सुधांसु कोइराला, नागरिक अगुवा दिपक लोध राजपुत, मुस्लिम अगुवा मे...
सत्यतथ्य छानबिनको माग गर्दै सिंह र रौनियारद्वारा प्रजिअलाई ज्ञापनपत्र

सत्यतथ्य छानबिनको माग गर्दै सिंह र रौनियारद्वारा प्रजिअलाई ज्ञापनपत्र

अपराध, आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १ असार – नेपालगन्जको सदभावलाई बिथोल्न केही तत्वहरु लागि परेको हाल अभाष भईरहेको नेपालगन्जबासीहरुको भनाई रहेको छ । केही दिन अगाडी भारतीय मिडियाको एउटा च्यानेलमा भारतीय जनता दलकी प्रवक्ता नूपुर शर्माले डिबेडका क्रममा मुस्लिम धर्मावलम्बीहरुको अन्तिम सन्देष्टबारे अभद्र टिप्पणी गरेको विषयलाई लिएर विवाद उत्पन्न भएको छ । सोही विषयलाई लिएर नेपालगन्जमा बसोबास गर्ने मुस्लिम धर्मावलम्बीहरुले गत शुक्रबार प्रवक्ता नूपुर शर्मा तथा नेपालगन्ज निवासी राजेश जलान ‘विद्रोही’लाई कानुनी कारवाहीको माग गर्दै ज्ञापन पत्र बुझाएका थिए । त्यस लगत्तै सार्वजनिक सञ्चालमा नूपुर शर्मा र राजेश जलान ‘विद्रोही’ को स्पोर्टमा स्टाटसहरु जारी हुन शुरु भयो । सो प्रक्रिया रोक्न, सामाजिक सद्भाव कायम राख्न जिल्ला प्रहरी कार्यालय बाँकेद्वारा सार्वजनिक सूचना नै जारी गरिएको छ । सोही विषयलाई लिएर बुधबार विश्व हिन्दु पर...
“व्यक्तिगत प्रतिशोध तथा आर्थिक लेनदेनको कारण आफूलाई फसाउने षडयन्त्र”: राजेश जलान “विद्रोही”

“व्यक्तिगत प्रतिशोध तथा आर्थिक लेनदेनको कारण आफूलाई फसाउने षडयन्त्र”: राजेश जलान “विद्रोही”

अपराध, आर्थिक, आस्था, धार्मिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ३१ जेष्ठ – नेपालगन्जमा केही दिनदेखि धार्मिक सद्भाव बिगार्ने आरोप लागेका नेपालगन्ज निवासी राजेशकुमार जलान “विद्रोही”ले आफूलाई अनाहकमा फसाईएको प्रेस विज्ञाप्तीमार्फत जनाएका छन् ।जलानद्वारा जारी विज्ञाप्तीमा “नेपालगन्ज निवासी म राजेशकुमार जलान सर्बसाधारण नेपाली नागरिक हु । बिपक्षि इस्तियाक अहम शाह र निजका दाइ रिजवान अहमद शाहबीच लेनदेन कारोबार भै बिगत १०÷१२ बर्षदेखि एक अर्काको विश्वासमा परि रकम लेनदेन हु“दै आइरहेको र रकम लेनदेनको क्रममा नरैनापुर गाउ“पालिका प्रमुख इस्तियाक अहमद शाह र निजका दाइ रिजवान अहमद शाहले म बाट पटक–पटक गरि रु. १,३०,०००००।– (एक करोड तिस लाख) मात्र सापटी लिएको हो र सो सापटी लिएको रकम तिर्न नपरोस भनि गलत नियत राखी म राजेशकुमार जलानलाई अनावश्यक हु“दै नभएको बिबादमा फसाई पटक–पटक जेल नेल गराउने, मानसिक तनाव दिने नियतका साथ कार्य गर्दै आएका छन्” भनी उल्लेख गरेको छन् । ...
मुस्लिम अगुवाद्वारा जालानलाई कारवाहीकाे लागि ज्ञापनपत्र

मुस्लिम अगुवाद्वारा जालानलाई कारवाहीकाे लागि ज्ञापनपत्र

अपराध, आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २७ जेष्ठ - राजेश जालान "विद्राेही" नामकाे फेसबुक एकाउण्टबाट इस्लाम धर्मका विरुद्ध सार्वजनिक सञ्जालमा अभिव्यक्तिप्रति आज नेपालगन्जमा प्रर्दशन गरिएको छ । इस्लाम धर्म विरुद्ध सार्वजनिक सञ्जाल फेसबुकमा अभिव्यक्ति दिएकाे विषय सार्वजनिक भएदेखि त्यसका विरुद्ध मुस्लिम समुदायले प्रदर्शन गर्दै कारवाहीको माग गर्दै आज शुक्रबार बाँकेका प्रमुख जिल्ला अधिकारी (सिडिओ)लाई ज्ञापनपत्र बुझाएका छन् । जालानले इस्लाम धर्मका सन्देष्टको चरित्र माथि प्रश्न खडा गरी भारतकाे विवादलाई नेपालमा गराउने खालकाे स्टाटस लेखेकोले उनीमाथि कारवाही गर्न माग गर्दै युथटुडेका सम्पादक आलम खानद्वारा ज्ञापनपत्र बुझाइएको हो । कुनै पनि व्यक्तिले सद्भाव बिग्रिने खालकाे अभिव्यक्ति दिन नहुने बताउँदै नेपालगन्जकाे सद्भाव बिग्रिन सक्ने भएकाे हुँदा विवादास्पद धार्मिक अभिव्यक्ति दिने जालानमाथि तत्काल कारवाही गर्न प्रमुख जिल्ल...