चाइनाले उइगर मुस्लिमलाई कष्ट दिरहेको प्रवक्ता पठानको भनाईकपिलवस्तु, २७ सावन –कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिका वडा नं ७ दत्तपुरमा रहेको मदरसा अहले सुन्नत गौसीयाको प्राङ्गणमा राष्ट्रीय मुस्लिम मदरसा संगठन नेपालको आयोजनामा इस्लामको महत्व तथा मुस्लिम समुदायको विश्वस्तरीय अवस्थाको बारेमा छलफल कार्यक्रम सम्पन्न भएको छ l
कार्यक्रममा अतिकुर्रहमान शाहको अध्यक्षता, प्रमुख अतिथिमा राष्ट्रीय मुस्लिम मदरसा संगठन नेपालका मौलाना मोहम्मद अकबर बरकाती, विशिष्ट अतिथिमा जसपा लुम्बिनी प्रदेश प्रवक्ता अकरम पठान, राष्ट्रीय मुस्लिम मदरसा संगठन नेपालका महासचिव मुपीकुर्रहमान अहमद तथा अतिथिमा मोहर्म पठान, हाजी मो. याकुब, मो. अमीन खां, शहाबुद्दीन मनिहार लगायत रहनुभयो l
कार्यक्रममा बोल्दै प्रमुख अतिथि मौलाना मोहम्मद अकबर बरकातीले मुस्लिम हरू एक आपसमा एकता बनाई तथा सबै धर्मप्रति सम्मान राखि अगाडि बढ्नु प...









