Wednesday, April 22सत्यम खबर
Shadow

रोहिंग्या मुस्लिमलाई देश निकाला गर्न माग गर्दै वीरगञ्जमा प्रदर्शन

वीरगंज, २१ असार – रोहिंग्या मुस्लिमलाई देश निकाला गर्न माग गर्दै वीरगञ्जमा प्रदर्शन गरिएको छ ।

विश्व हिन्दू परिषद् नेपाल, पर्सा निकट युवाहरुद्वारा वीरगंजमा विरोध प्रदर्शन गरिएको छ । रोहिंग्या मुस्लिमलाई नेपाल प्रवेश गराउने एवं शरण दिने विरुद्ध आइतवार विरोध प्रदर्शन गरेको हो । उक्त विरोध ¥याली माईस्थानबाट शुरु भई दुई नम्बर रोड, मिना बजार हुँदै घण्टाघरमा गई कोणसभामा परिणत भएको थियो । ¥यालीमा सहभागी युवाहरुले रोहिंग्या मुस्लिमलाई देश निकाला गर, रोहिंग्या मुस्लिम भगाऔं देश बचाऔं, रोहिंग्या मुस्लिमलाई नेपाल प्रवेश गराउनेलाई कारवाही गर जस्ता चर्को नारा लगाएका थिए ।

मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले रोहिंग्याहरुलाई नेपाल प्रवेशमा सहयोग गरेको भन्दै मियाँको पुतला दहन गर्दै मुस्लिम आयोग खारेजीको माग समेत गरेका थिए । साथै मदरसा शिक्षालाई बढावा दिई प्रदेशमा कट्टरपन्थी उत्पादनमा सहयोग गरेको भन्दै मधेश प्रदेशका मुख्यमन्त्री मोहम्मद लालबाबु राउतको समेत पुतला दहन गरिएको थियो । परिषदले देशैभरिका जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री एवं गृहमन्त्रीलाई रोहिंग्या एवं मुस्लिम संगठनहरुको संकास्पद गतिविधि सन्दर्भमा ध्यानाकर्षण गराउँदै ज्ञापन पत्र समेत बुझाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *