Saturday, April 25सत्यम खबर
Shadow

शिवसेनाकाे जिल्ला कार्यालय उद्घाटन

नेपालगन्ज, १४ असार – नेपाल शिवसेनाले बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नं.४ स्थित गणेशपुरमा बाँके जिल्ला कार्यसमितिको कार्यालय उद्घाटन गरेको छ ।

मंगलबार साँझ ५ बजे शिवसेनाका केन्द्रीय अध्यक्ष राजकुमार रोैनियारले कार्यालय उद्घाटन गर्नुभएको हो । प्रदेश र संघीय निर्वाचनको मिति नजिकिएसँगै शिवसेनाले सक्रियता बढाएको छ ।

बाँकेको पूर्विक्षेत्र डुडुवा र नेपालगन्जमा शिवसेनाको राम्रो प्रभाव रहेको क्षेत्र हो । कार्यालय उद्घाटनसँगै अध्यक्ष रोैनियारले छिट्टै डुडुवा र नगरमा वडा कमिटी गठन गरि छलफल गर्ने बताएका छन् ।

कार्यक्रममा शिवसेना नेपालका केन्द्रीय अध्यक्ष राजकुमार रोैनियार, अतिथि गुरु श्याम राज शर्मा, देवागर खनाल, मंगल जिएम, शेरबहादुर शाही, राजेश कुमार यादव, पिदाम्बर सुवेदी, सर्बदेव आसर जिल्ला अध्यक्ष मदनराज शर्मा लगायत बाँकेका विभिन्न पालिकाका वडा तथा पालिका सदस्य र शिवसैनिकहरूको उपस्थितिमा कार्यक्रम उद्घाटन भएको थियोे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *