Thursday, April 23सत्यम खबर
Shadow

भारतमा कन्हैयालालका हत्यामा संगलग्न अपराधीहरुकाे पाकिस्तान कनेक्सन

काठमाण्डौ, १९ असार –केही दिन पहिला भारतको राजस्थानमा मुसलमान समुदायका दुई जनाले एउटा हिन्दुको हत्या गरेर सामाजिक सञ्जालमा पोस्ट गरेको विषयले समप्रदायिक तनाव बढेको छ ।

धार्मिक दंगा मच्चिन सक्ने आशंकामा प्रशासनले उच्च सतर्कता अपनाएको छ । राजस्थानको उदयपुर जिल्लामा कन्हैया लाल नाम गरेका स्थानीय दर्जीलाई मंगलबार दुई मुस्लिम पुरुषले हत्या गरेका थिए । हत्याको भिडियो भने सामाजिक सञ्जालमा सार्वजनिक गरिएकाे हाे । ती दुई जनाले अर्को भिडियोमा भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई धम्की समेत दिएका छन् । ती दुवै जनालाई प्रहरीले पक्राउ गरिसकेको छ ।

भारतीय जनता पार्टीकी नेतृ नुपुर शर्माले पैगम्बर मुहम्मदको विषयमा गरेको टिप्पणीको बदला लिन हिन्दू दर्जीको हत्या गरिको बताएकी छन् । हत्याको विरोधमा हिंसात्मक प्रदर्शन हुनसक्ने आशंका गरिएको छ । राज्य सरकारले इन्टरनेट सेवा बन्द गरेको छ भने ठूला जमघटमा प्रतिबन्ध लगाएको छ ।

हत्या र धम्कीको भिडियो मिडिया र सामाजिक सञ्जालमा प्रसारण नगर्न पनि प्रहरीले सचेत गराएकाे छ । नुपुर शर्माको टिप्पणीलाई समर्थन गरेको आरोपमा तीन साता पहिले कन्हैया लाललाई प्रहरीले पक्राउ समेत गरेको थियो । तर उनी रिहा भएलगत्तै उनको पसलमा लुगा सिलाउने बहानमा पुगेकाहरूले पसलमै आक्रमण गरी हत्या गरेका थिए ।
साे हत्याकाे घटनालाई गम्भीरताका साथ अध्ययन गरिरहेकाे भारतकाे राष्ट्रिय सुरक्षा एजेन्सी र राजस्थानका गृहमन्त्रीले दुुवै हत्याराहरुकाे सम्बन्ध पाकिस्तानसंग भएकाे केही दिन पहिला फर्केर आएकाे भारतीय संचार माध्यमहरुले जनाएका छन ।
भारतका विभिन्न मुस्लिम संघ संगठनहरूले पनि हत्याको निन्दा गर्दै दोषीमाथि कडा भन्दा कडा कारबाहीको माग गरेका छन्। साभार: कपिलवस्तु टाइम्स

Leave a Reply

Your email address will not be published. Required fields are marked *