Saturday, April 18सत्यम खबर
Shadow

शिवसेना बाँकेद्वारा तीज मिलन तथा दर खाने कार्यक्रम सम्पन्न

नेपालगन्ज, ९ भाद्र – हिन्दु नारीहरूकाे महान पर्व तीज मिलन तथा दर खाने कायर्क्रम भब्य रूपले नेपाल शिवसेना बाँकेले आज सम्पन्न गरेको छ ।

नेपालगन्ज धम्बोजि स्थित खनाल होटलमा आज विहिबार तिजको शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न गरेको छ । नेपाल शिवसेनाले आउँदै गरेको तिजको अवसर पारेर तिजको शुभकामना आदान-प्रदान गर्न तिज मिलन तथा दर खाने कार्यक्रम गरिएको कार्यक्रम संयोजक तथा नेपाल शिवसेना बाँके महिला अध्यक्ष खुमा वलीले जानकारी गराउनुभयाे ।

कार्यक्रममा प्रमुख अतिथि देवाकर खनाल, अतिथि नेपाल शिवसेनाका केन्द्रीय अध्यक्ष राजकुमार रोैनियार, शिवसेना उपाध्यक्ष किशोर लामा, महासचिव मंगल जिएम, सचिव शेरबहादुर शाही, केन्द्रीय सदस्य राजेश यादव, जिल्ला सदस्यहरु र नगर सदस्य लगायतको उपस्थित रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि देवाकर खनालले नारीहरूको महान पर्व हरितालिका तिजको अवसर पारेर महिलाहरुले नै नेतृत्व गर्दै गरेको यो कार्यक्रम सराहनिय भएको बताउनुभयो । विगतका दिनमा म हजुरसामु नरहेपनि अबका दिनमा भने सधैं रहिरहने बताएका छन् ।

नेता खनालले “अब म राजनितीमा आएको छु र हजुरहरुको साथले यसपालि मंसिर ४ गते हुने स्थानीय चुनावमा संसदीय सदस्य सभाका लागि स्वतन्त्र उम्मेदवारी दिने निर्णय गरेको र सहयोग गर्न आग्रह गरेका छन् ।”

यसैगरी बाँके क्षेत्र नं. २ (क) बाट प्रदेश सदस्यका उम्मेदवार राजकुमार रोैनियारले हिन्दु महिलाहरूकाे महान पुर्व तीजकाे शुभकामना दिँदै भने यसपटक हिन्दु राष्ट्रकाे मागसहित आफू तथा हिन्दुवादी नेता खनाललाई सहयोग गर्न आग्रह गरेका छन् ।

स्वतन्त्र उम्मेद्वार नेता राैनियारले भने आफुहरूले यसपटक चुनावमा जितेकाे अवस्था आयाे भने प्रत्येक बर्ष सांसद काेषको पैसाबाट हिन्दु धर्मावलम्बी श्रद्वालु भक्तजनहरूलाई चारधाम तिर्थ घुमाउने प्रतिबद्वता गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *