Friday, May 1सत्यम खबर
Shadow

हनुमान चालिसा पाठ गरेर चुनावी अभियान शुरू

नेपालगन्ज, ७ भाद्र – सरकारले मङ्सिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन देशैभरि एकै चरणमा गर्ने घोषणा गरिसकेको अवस्थामा बाँकेमा राजनैतिक दल तथा स्वतन्त्र रुपमा उम्मेदवारी घोषणा संगै चुनावी अभियान शुरु गरि सकेका छन् ।

त्यस्तैमा बाँके क्षेत्र नम्बर २ बाट स्वतन्त्र रुपमा उम्मेदवारी घोषणा गरेका दिवाकर खनाल र बाँके क्षेत्र नम्बर २ (क) प्रदेश सभा सदस्यमा उम्मेदवारी घोषणा गरेका राजकुमार रौनियारले आजबाट चुनावी अभियान सुरु गरेका छन् ।

खनाल र रौनियारले आफ्ना समर्थक र नेपाल शिव सेनाका केन्द्रिय तथा जिल्लाका अगुवा नेताहरुको उपस्थितिमा हनुमान चालिसा पाठ गरेर बिधिवत रुपमा आफ्नो चुनावी अभियानको सुरुवात गरेका हुन् ।

नेपालगन्ज त्रिभुवन चोक स्थिति हनुमान मन्दीरमा उपस्तिथि उम्मेदवारद्वय खनाल र रौनियारले संयुक्त हनुमान चालिसा पाठ गरेर आफ्नो चुनावी अभियान बिधिवत रुपमा आजबाट सुरु गरेको बताएका छन् ।

नेपाल शिव सेनाको नेपालगन्ज नगर अध्यक्ष सुनिल केसिको नेतृत्वमा हनुमान चालिसा पाठ गरेर बिधिवत रुपमा चुनावी अभियान सुरुवात गरिएको थियो भने नेपाल शिव सेनाका केन्द्रिय उपाध्यक्ष किशोर लामा, महासचिव मंगल जिएम, सचिव शेरबहादुर शाही केन्द्रीय सदस्य राजेशकुमार यादव र बाँके जिल्ला अध्यक्ष मदनराज शर्मा लगायतको उपस्थिति रहेको थियो ।

बाँके क्षेत्र नम्बर २ बाट उम्मेदवारी घोषणा गरेका दिवाकर खनालले पत्रकारसंग कुरा गर्दै निर्वाचनको परिणाम आफ्नो पक्षमा हुने जिकिर गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *