Saturday, April 18सत्यम खबर
Shadow

‘खनाल र रौनियार’को स्वतन्त्र उम्मेदवारी मनोनयन दर्ता

नेपालगन्ज, २४ असोज – बाँकेबाट धार्मिक आस्थामाथि विश्वास राख्ने व्यक्ति जो कट्टर हिन्दुवादी हुन्छ उसको भोट मलाई हिन्दु राष्ट्रको मुद्दासहित स्वतन्त्र उम्मेदवारी मनोनयन २ जनाले गरेका छन् ।
शिवसेना नेपालले बाँकेको क्षेत्र नं. २ बाट प्रत्यक्ष स्वतन्त्र उम्मेदवार खडा गरेको छ । बाँकेको क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यमा हिन्दूत्वको नारा बोकेका दिवाकर शर्मा खनालले जिल्ला निर्वाचन आयोगमा आईतबार मनोनयन दर्ता गराएर आधिकारीक रुपमा उम्मेदवारी दिएका छन् ।
यस्तै शिवसेना नेपालको तर्फबाट बाँकेको क्षेत्र नं. २ (क) प्रदेशसभा सदस्य (प्रत्यक्ष) मा स्वतन्त्र उम्मेदवार राजकुमार रौनियारले मनोनयन दर्ता गराएका छन् ।
शिवसेना नेपाल बाँकेबाट उनीहरु दुवै जना स्वतन्त्र रुपमा उम्मेदवारी दिएर चुनावी मैदानमा होमिएका छन् । आईतबार बागेश्वरी मन्दिरको पार्कबाट ¥याली सहित उनीहरु मनोनयन दर्ता गराउन निर्वाचन आयोगमा पुगेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *