
नेपालगन्ज, ३ कार्तिक – विगत तीन दशक बढिबाट हिन्दुहरुको मसिहाका रुपमा आफुलाई स्थापित गराएका हिन्दुवादी नेता दिवाकर शर्मा खनाल बाँकेका क्षेत्र नं.२ बाट प्रतिनिधि सभा सदस्यका लागि निर्वाचनमा होमिएका छन ।
अर्ना चुनावी चिन्ह लिएर निर्वाचनमा होमिएका नेता खनाल यती बेला आफ्ना क्षेत्रमा भएका हिन्दुहरुको समस्यालाई बुझ्दै र आफुलाई मतको आवश्यकता परेको भन्ने सन्देश दिदँै हिडेका छन् । हिन्दु धर्मलाई राजनितिसंग जोड्न नहुन भन्दै आएका कतिपय व्यक्तिहरुले समेत खनालको अभियानलाई खुला रुपमा सहयोग गर्ने वचन समेत दिएका छन् ।
जित भन्दा पनि हिन्दुहरुको एकतालाई मुख्य मुद्दाको रुपमा लिने भन्दै उम्मेदवार खनालले अन्य धर्महरुको समेत संरक्षणाको बाटोमा हिन्दू धर्म भएको हुँदा यसको संरक्षण गर्नुपर्ने आफ्ना मतदाता माझ भन्ने गरेको बुझिएको छ ।
हिन्दुहरुको अवस्थालाई विगत लामो समयदेखि विश्लेषण गर्दै आएको बताउने प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार खनालले हिन्दुको मतलाई सधै राजनितिक रुपमा प्रयोग गर्दै अन्य राजनितिक दलले आफ्नो स्वार्थ सिद्धिको लागि गरेको हुँदा आफ्नो उम्मेदवारी भएको बताए । प्रतिनिधि सभा सदस्यमा उम्मेदवारीको मतका लागि घरदैलोमा हिडेका खनालले हिन्दुको मतलाई अबको दिनमा बार्गीङ गर्न सक्ने अवस्थामा लैजान समेत अहिले आफ्नो विजय आवश्यक भएको बताउँछन् ।
शिवसेना लगायतको संगठनको साथ सहयोग पाउँदै आएका उम्मेदवार खनाल नेपाली काँग्रेसका पुराना नेता समेत हुन । नेपाली काँग्रेस नेता स्वर्गिय खुमबहादुर खड्काले समेत हिन्दु धर्मको पक्षमा वकालत गरेको हुँदा नेपाली काँग्रेसमा समेत हिन्दु धर्मको आवश्यकता भएको मान्ने खेमाहरुको आफुलाई सहयोग हुने हिन्दुवादी नेता खनालको दावी रहेको छ ।
क्षेत्र नं.२ का अधिकांश ग्रामिण क्षेत्रहरुमा खनाललाई हिन्दू नेताका रुपमा स्वीकारी सकेको देखिन्छ ।
