Thursday, May 7सत्यम खबर
Shadow

धार्मिक

एस.एस.बी.मा ऊँ शान्तिकाे सामुहिक रक्षाबंधन

एस.एस.बी.मा ऊँ शान्तिकाे सामुहिक रक्षाबंधन

आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १३ भाद्र - रक्षाबंधनको पावन उपलक्ष्यमा ब्रह्माकुमारीज नेपालगन्जद्वारा ४२ वीं वाहिनी र ५९ वीं बटालियन सशस्त्र सीमा बल, नानपारा, बहराइच(यु.पी.)मा सामुहिक रक्षाबंधन कार्यक्रम सम्पन्न गरेको छ ।संस्थाका केन्द्रीय उपाध्यक्ष एवं क्षेत्रीय प्रमुख राजयोगिनी ब्रह्माकुमारी दुर्गा दिदीको अध्यक्षतामा ५९ वीं बटालियन सशस्त्र सीमा बलका कमाण्डर हिमांशु दुबे, त्यहाँ सेवारत वरिष्ठ अधिकारी लगायत जवानहरुलाई रक्षाबंधनको महत्व सहित आध्यात्मिक प्रवचन पश्चात् रक्षाबंधन राखी बाँधिएको थियो ।राजयोगिनी ब्रह्माकुमारी दुर्गा दिदीले संस्थाको गतिविधि र राजयोगको महत्व बारे प्रकाश पार्नु भएको कार्यक्रममा ब्रह्माकुमारी मुनाले रक्षाबंधनको महत्व बारे प्रकाश पार्नु भएको थियो  ।उक्त कार्यक्रममा ब्र.कु.दिव्या, ब्र.कु.राजन विक्रम थापा, ब्र.कु.मिथलेश्वर चौधरी सहितको टोली त्यसतर्फ प्रस्थान गरेको थियो ।...
गाई-गोरु हत्या गर्नु संविधान विपरित, कार्यवाही गर्न मधेशी आयोगकाे मांग

गाई-गोरु हत्या गर्नु संविधान विपरित, कार्यवाही गर्न मधेशी आयोगकाे मांग

अपराध, आस्था, धार्मिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाण्डौ, १२ भाद्र – गाई-गोरु हत्या गरी सार्वजानिक भोजको आयोजना गर्नेलाई अविलम्ब कानुनी दायरामा ल्याई कारवाही गर्न मधेशी आयोगले सरकार सहित सम्बन्धित सबै पक्षको ध्यानकर्षण गराएको छ |आयोगले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै सुनसरीको धरानमा गाई/गोरुलाई हत्या गरी सार्वजनिक रुपमा भोज आयोजना गर्ने क्रियाकलाप संविधान विपरित रहेको बताउदै दोषीलाई तुरुन्त कानुनी कारवाही गरी सामाजिक तथा धार्मिक सद्भाव कायम गर्न सम्बन्धित सबै पक्षलाई ध्यानकर्षण गराएको छ | आयोगले जारी गरेको प्रेस विज्ञप्तिमा संविधानमै गाईलाई राष्ट्रिय जनावर उल्लेख गरिएको हुनाले सो कुरालाई सबै जात-जाति तथा धर्मका मान्छेहरुले सम्मान गर्नुपर्ने समेत बताएको छ | आयोगले राष्ट्रिय जनावरको हत्या गर्नु भनेको संविधान माथि नै प्रहार गर्नु सरह भएको हुनाले त्यस्ता संविधान विपरित कार्य गर्ने जो-कोहिलाई पनि यथाशिघ्र कारवाही गर्नुपर्ने कुरा...
LeT-linked Nepali Islamic Organization Expanding Madrassas in Nepal

LeT-linked Nepali Islamic Organization Expanding Madrassas in Nepal

आस्था, धार्मिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
August 27, 2023The US-based non-governmental organization (NGO), “Helping Hand for Relief and Development” (HHRD), which allegedly maintains connections with the Lashkar-e-Taiba (LeT), a Pakistan-sponsored terrorist group, is reportedly collaborating with a prominent Islamic organization to extend the presence of Madrassas in Nepal. This joint effort is believed to be aimed at radicalizing Muslims in the Terai-Madhes region. Several months ago, U.S. Congressman Michael McCaul, the Chair of the House Foreign Affairs Committee, urged a halt to funding for HHRD pending a comprehensive investigation into these allegations. In a letter dated January 24, 2023, addressed to USAID Administrator Samantha Power, the Congressman expressed deep concern over credible information received by hi...
विदेशी घुसपैठको खुलासा नेपालका मदरसामा

विदेशी घुसपैठको खुलासा नेपालका मदरसामा

आस्था, धार्मिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाण्डौ, १० भाद्र – नेपालको तराइ मधेशमा स्थापित विभिन्न इस्लामिक विद्यालय (मदरसा) हरुमा विदेशी घुसपैठ रहेको खुलेको छ ।पाकिस्तानी आतंककारी संगठन लस्कर ए तैएबासँग निकट सम्बन्ध रहेको ठानिने अमेरिकामा आधारित गैरसरकारी संस्था हेल्पिङ ह्याण्ड्स फर रिलिफ एण्ड डेभलपमेन्ट (एचएचआरडी) ले एक इस्लामिक संगठनसँग साँठगाँठ गरी नेपालको तराइ मधेशमा स्थापित मदरसामा घुसपैठ गरेको खुलेको हो । अमेरिकाको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभको विदेश मामिला समितिका अध्यक्ष माइकल मककौलले एचएचआरडीको वित्तीय सहयोग रोक्का गर्दै यस आरोपबारे छानबिन गर्न निर्देशन दिएका थिए । उनले अमेरिकी सहयोग नियोग युएसएडकी प्रशासक सामान्था पावरलाई गत जनवरी २४ मा पत्र लेख्दै सांसद मककौलले यसप्रति गहिरो चिन्ता व्यक्त गरेका छन् । लस्कर ए तैएबासँग निकट सम्बन्ध रहेका संस्थाहरुले काठमाडौँका प्रमुख स्थानहरुमा विभिन्न कार्यालय नै स्थापना गर...
वैदिक सनातन धर्मको धज्जी उडाइँदा गृहमन्त्री रमिता हेरेर बस्नुभयो: ज्ञानबहादुर शाही

वैदिक सनातन धर्मको धज्जी उडाइँदा गृहमन्त्री रमिता हेरेर बस्नुभयो: ज्ञानबहादुर शाही

अपराध, आस्था, धार्मिक, प्रदेश ५, राजनीति, समाचार
काठमाण्डौ, ६ भाद्र – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता एवं प्रतिनिधि सभा सदस्य ज्ञानबहादुर शाहीले सयमा ९३ जना मानिसले मान्ने वैदिक सनातन धर्मको धज्जी उडाइँदा गृहमन्त्रीले रमिता हेरेर बसेको टिप्पणी गरेका छन् । आज (बुधबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले धरानमा गोरु काटेर खाएको प्रसंगमा नेपालको कूल जनसंख्याको ९३ प्रतिशतभन्दा बढिले माता मानेको गाई काटेर खानु विडम्बना भएको बताएका हुन् । ‘देशको २ करोड ७२ लाख २४ हजार ९०४ जनसंख्याले गाईलाई माता मान्छ । तर, विडम्बनाका साथ भन्नुपर्छ, यहाँ गाईगोरु काटिन्छ र सामाजिक सञ्जालमा भिडिओ राखेर प्रचार गरिन्छ । सयमा ९३ जनाले मान्ने वैदिक सनातन धर्मलाई धज्जी उडाइन्छ । अनि गृहमन्त्री रमिता र जात्रा हेरेर बस्नुहुन्छ,’– उनले भने । धरानमा गोरु काटेर खानेहरुलाई सरकारले कारबाही गर्नुपर्ने उनको माग छ । रिपोर्टर्स नेपाल...
भब्य रुपमा मनाईयो ५२६ औं तुलसी जयन्ती

भब्य रुपमा मनाईयो ५२६ औं तुलसी जयन्ती

अवधी, आस्था, कला/साहित्य, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ६ भाद्र – अवधी साँस्कृतिक प्रतिष्ठान केन्द्रिय कार्यालय नेपालगन्जका अध्यक्ष बिष्णुलाल कुमालको अध्यक्षतामा तुलसी जयन्ती तथा अवधी महोत्सव २०८० भब्य रुपमा सम्पन्न गरिएको छ ।प्रमुख अतिथि डा. सन्तोष कनोडिया, अवधी साँस्कृतिक प्रतिष्ठानका अध्यक्ष बिष्णुलाल कुमाल, महासचिव बिरेन्द्र यादव, भारतबाट आमन्त्रित पाहुँनाहरुले संयुक्त रुपमा गोस्वामी तुलसी दास महाराजको तस्वीर अगाडी दियो बाली, आर्शिवाद लिई कार्यक्रमको शुभारम्भ गरेका थिए । नेपालगन्ज उद्योग वाणिज्य संघको सभाहलमा सञ्चालन गरिएको तुलसी जयन्ती तथा अवधी महोत्सव २०८० को अवसरमा मित्र राष्ट्र भारतका विभिन्न स्थानबाट कार्यक्रममा सहभागी भएका साहित्यकार, डाक्टर, कविता बाचकहरुलाई गम्छा ओढाई प्रमुख अतिथि डा. सन्तोष कनोडियाले सम्मान गरेका थिए । रामचरित्र मानस (रामायण) का रचैता गोस्वामी तुलसी दास महाराजको ५२६ औं जन्मोत्सव (तुलसी जयन्...
नेपालगन्जमा लाठी खेललाई विकास र बिस्तार गरिने

नेपालगन्जमा लाठी खेललाई विकास र बिस्तार गरिने

अवधी, आस्था, कला/साहित्य, खेल, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ३ भाद्र - नेपालगन्जमा लाठी खेललाई विकास र विस्तार गर्ने उद्देश्यसहित जय माँ ज्वाला शक्ति केन्द्र स्पोर्ट्स क्लब सञ्चालनमा आएको छ । स्पोर्ट्स क्लबको शनिवार एक कार्यक्रम आयोजना गरी उद्घाटन गरिएको छ । स्पोर्ट्स क्लब हिन्दु परम्परा अनुसार आत्म रक्षाका साथै विजयादशमी पर्वमा विभिन्न कला झल्काउने उद्देश्यका साथ खेलप्रेमी युवाहरूकाे उपस्थिति तथा नेपालगन्ज उप महानगरपालिका वडा नं. ६ का वडा अध्यक्ष समीरप्रताप सिंहको प्रमुख अतिथ्यिमा जय माँ ज्वाला शक्ति केन्द्र स्पाेर्ट क्लबकाे उद्घाटन गरिएकाे छ । प्रमुख प्रशिक्षक अनिल वैश्यले दैनिक उपस्थित युवाहरूलाई प्रशिक्षण दिने बताउँदै उक्त कला मार्फत आत्मरक्षा गर्नुका साथै अध्यात्म ज्ञान बारे समेत जानकारी गराउनु भयाे । उद्घाटन कार्यक्रममा विशिष्ठ अतिथि तथा समाजसेवि माधव राम वर्मा, स्पाेर्ट क्लबका अध्यक्ष प्रवेश सिंह, सचिव अर्जुन जैसवाल सदस्यह...
हिन्दुहरुको आस्था र विश्वासमाथि आघात पुग्ने गरी गोरु काटेर भोज गर्नु दुःखद्, युवा संगठनद्वारा बिरोध

हिन्दुहरुको आस्था र विश्वासमाथि आघात पुग्ने गरी गोरु काटेर भोज गर्नु दुःखद्, युवा संगठनद्वारा बिरोध

अपराध, आस्था, धार्मिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १ भाद्र – सुनसरीको धरानमा गोरु काटेर भोज गरिएको फोटो, भिडियो सार्वजनिक सञ्जालमा भाईरल भएपछि राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला युवा संगठन बाँकेले बिरोध जनाएको छ । नेपालमा ८५ प्रतिशत हिन्दुहरुको बसोबास रहेको तथा धरानमा सार्वजनिक रुपमा गोरु काट्नु, भिडियो बनाउनु र सामाजिक सञ्जालमा पोष्ट गर्नु दुःखद भएको हुनुका साथै हामी त्यसको कडा रुपमा बिरोध गर्दै राप्रपाका सहायक महामन्त्री ऋषिराज देवकोटाले आक्रोश पोखेका छन् ।यसैगरी राप्रपा युवा संगठन बाँके अध्यक्ष युवराज शाही, क्षेत्रीय अध्यक्ष बिरेन्द्र महतराज, नगर अध्यक्ष विवेक गिरी, युवा नेता रबि बर्मा, राप्रपा लुम्बिनी प्रदेश उपाध्यक्ष नितु चन्द, युवा नेता दीपक प्रचण्ड सिंहलगायत ३ दर्जन बढी नेता तथा कार्यकर्ताहरुले बिरोध जनाउँदै बिपि चोकमा जक्काजाम समेत गरेका छन् । यसैगरी, राप्रपाले बहुसंख्यक हिन्दु धर्मावलम्बीको आस्था र विश्व...
बागेश्वर धाम सरकार नेपालमा, आज शाश्वतधाम जाने

बागेश्वर धाम सरकार नेपालमा, आज शाश्वतधाम जाने

आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाण्डौ, १ भाद्र – बागेश्वरधामका संस्थापक आचार्य धीरेन्द्र कृष्ण शास्त्री (बागेश्वर धाम सरकार) बिहिबार नेपाल आई पुगेका छन् । चौधरी ग्रुप एवम् सीजी कर्प ग्लोबलका प्रवन्ध निर्देशक बरुण चौधरीको निमन्त्रणामा भदौ २ देखि ४ गतेसम्म नवलपरासीस्थित शाश्वतधाममा हनुमन्त कथा वाचन गर्न बागेश्वर बाबा नेपाल आई पुगेका छन् ।दिल्लीबाट बिहिबार काठमाण्डौं आई पुगेका बागेश्वर बाबाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटवार्ता गर्ने कार्यक्रम रहेको थियो । सोही दिन पशुपतिनाथको दर्शन गरेर उनी आज शुक्रबार तीन दिने प्रवचनका लागि शाश्वत धाम नवलपुर पुग्ने कार्यक्रम रहेको जनाईएको छ । बागेश्वरधाम सरकारका नामले चर्चित बागेश्वर बाबा आध्यात्मिक गुरुका रूपमा परितिच छन् । उनले भारतसहित विश्वको विभिन्न देशमा हिन्दुत्व र सनातन धर्मको बखान गरिरहेका छन् । सर्वसाधारणले आफ्नो दुःख लिएर बागेश्वर धाम सरकार कहा...
हिन्दु आस्थामाथि चोट पुग्ने गरी समाचार लेखेको भनी कान्तिपुर दैनिक मुर्दावादको नारा

हिन्दु आस्थामाथि चोट पुग्ने गरी समाचार लेखेको भनी कान्तिपुर दैनिक मुर्दावादको नारा

आस्था, धार्मिक, प्रदेश ५, समाचार, समाज
नेपालगन्ज, ३१ श्रावण – हिन्दु धर्मावलम्बीहरुको आस्थामाथि चोट पु¥याएको बिरोधमा कान्तिपुर दैनिक तथा सम्पादक कैलाश सिरोहिया मुर्दावादको नारा लगाईएको छ ।बागेश्वर बाबा की जय, कसैको धर्ममाथि चोट पु¥याउन पाईदैन, कान्तिपुर दैनिक मुर्दावाद, कैशाल सिरोहिया मुर्दाबाद भन्दै विभिन्न नारा लगाउँदै पटक पटक हिन्दू धर्मावलम्बीहरु माथि नै चोट पु¥याउने कार्य गर्दै आएको हुँदा आज मुर्दावादको नारा लगाएको युवाहरुले बताएका छन् ।अरु धर्मावलम्बीहरुले बली दिंदा ठीक तर हिन्दु धर्ममा सनातनी परम्परा अनुसार बली चढाईएको अवस्थामा पत्रिकामा नचाहिएको समाचार छाप्ने कार्य गर्दै आईरहेको हुँदा आज हामी आफै आफ्नो धर्मको रक्षाका लागि बिरोध जनाउन आएको सहभागी युवाहरुले बताएका छन् ।नेपालगन्जको मुटु भनी चिनिएको त्रिभुवन चोकमा केही बेर चक्का जाम जस्तै भएको भएपनि ट्राफिक प्रहरी, जनपद प्रहरीले समन्वय गरेका थिए । ३०–४० जनाको झुण्डमा रहेका ...