Thursday, February 13सत्यम खबर
Shadow

नेकपा एमाले १२ नम्बर वडा कमिटीद्वारा चेलीबेटीलाई तिजको दर

नेपालगन्ज, १५ भाद्र – बाँके जिल्लाको विभिन्न भागमा एक सातादेखि हरितालिका तिजको रौनक छाएको छ । नेपाली नारीहरुको साँस्कृतिक पर्व तिजको अवसरमा जिल्ला स्थित विभिन्न राजनीतिक दल, वर्गीय संगठन, सामाजिक संघ संस्थाहरुद्वारा शुभकामना आदान प्रदान तथा चेलीबेटीहरुलाई दर खुवाउने कार्यक्रमहरुको आयोजना गरिएको हो ।
सोही अवसरमा नेपाल कम्युनिष्ट पार्टी एमाले नेपालगन्ज उपमहानगरपालिका १२ नम्बर वडा कमिटीको आयोजनामा वडाका चेलीबेटीहरुलाई सहभागी गराई तिजको शुभकामना आदान प्रदान, चेतनामूलक गीत नृत्य प्रदर्शन तथा दर खुवाउने कार्यक्रम सम्पन्न भयो !

वडा नं. १२ कमिटीका अध्यक्ष प्रदीप सापकोटाको अध्यक्षता तथा केन्द्रिय सदस्य एवं बाँके जिल्ला इञ्चार्ज शान्ति ढकालको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा बाँके जिल्ला अध्यक्ष निरक गुरुङ, लुम्बिनी प्रदेश सदस्य मिना ढकाल, हिरा खराल, जिल्ला कमिटी सदस्यद्वय कृष्णकुमार थापा, अनिता थापा, नगर अध्यक्ष मोहित शाह, वडा नं. १२ कमिटीका निवर्तमान अध्यक्ष जनक राम भण्डारी लगायत जिल्ला तथा नगर कमिटीका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

सो कार्यक्रममा प्रमुख अतिथि शान्ति ढकाल, प्रदेश सदस्य मिना सुवेदी ढकाल, जिल्ला अध्यक्ष निरक गुरुङले तिजको शुभकामना व्यक्त गर्दै महिलाहरुको महत्वपूर्ण पर्व तिज पर्व भड्किलो नबनाएर आफ्नो गच्छे अनुसार साँस्कृतिक परम्परा र संस्कृति जोगाउनु पर्ने बताए ।

वडा कमिटीका अध्यक्ष प्रदीप सापकोटाले दिदी बहिनीहरुको आपसमा भेटघाट र दुःख सुख बाढ्ने तथा मौलिक संस्कृतिका तिज गीत गाएर महिलाहरुले नृत्य गरिएको बताउनु भयो । कार्यक्रममा वडा नं. १२ मा बसोवास गर्ने करीब एक सय जना महिलाहरू सहभागी थिए ।
उल्लेखनीय छ, नेपालगन्ज उपमहानगरपालिकाका २३ वटाहरूमा वडा नं. १२ कमिटीले मात्र विगत ३ वर्षदेखि तिज कार्यक्रम आयोजना गर्दै निरन्तरता दिदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *