Wednesday, September 16सत्यम खबर
Shadow

धार्मिक

लाठी खेल उदघाटन गर्दै जय श्रीराम शक्ति दल केन्द्र

लाठी खेल उदघाटन गर्दै जय श्रीराम शक्ति दल केन्द्र

आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ९ भाद्र – जय श्री राम शक्ति दल केन्द्र लाठी समितिले प्रत्येक वर्ष दसैँ मूर्ति विसर्जनको दिन हुने सडक प्रदर्शन खेलको लागि प्रशिक्षण शनिबारबाट शुभारम्भ गरेको छ । प्रमुख अतिथि विश्व हिन्दु परिषद नेपालगन्जका अध्यक्ष नवीनकुमार कसौधन, विशिष्ट अतिथि क्लबका संरक्षक विजयकुमार वैश्य तथा खेलका मुख्य प्रशिक्षक राजकुमार आर्यद्वारा द्वीप प्रज्वलन गरी विधिपूर्वक पूजा अर्चना गरी प्रशिक्षण कार्यक्रमको समुद्घाटन गरिएको थियो । जय श्रीराम शक्ति दल केन्द्र लाठी समितिका नवनिर्वाचित अध्यक्ष सुजीतकुमार कसौधनको अध्यक्षतामा भएको उक्त कार्यक्रममा क्लबले आफ्नो कार्यसमिति विस्तार गर्दै उपाध्यक्षमा उमेशकुमार वैश्य, कोषाध्यक्षमा पवन कमल, सचिवमा विशु गुप्ता वैश्यलाई चयन गरेको छ । यसैगरी सदस्यहरु क्रमश दिव्यंश वैश्य, आकाश गुप्ता, अनुज गुप्ता, दिपु वैश्य (राजु), रितेश वैश्य, राजु गुप्ताका साथै क्लबले आय...
खजुरामा १९ औं तीज महोत्सव हुने, तयारीलाई तीब्र पारियो

खजुरामा १९ औं तीज महोत्सव हुने, तयारीलाई तीब्र पारियो

आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
खजुरा, ८ भाद्र – विगत १८ वर्षदेखि निरन्तर तीज महोत्सवको आयोजना हुँदै आएको बाँकेको खजुरामा यस वर्ष पनि तीज महोत्सवको १९ औं सृङ्खला हुने भएको छ । यस वर्ष धार्मिक पर्यटनको केन्द्र बनाउने उद्देश्यसहित खजुरामा संकल्प गरिएको लक्ष्मीनाराण दिब्यधामको निर्माण सहयोगार्थ महोत्सव गर्न लागिएको आयोजकले लक्ष्मी नारायण मन्दिर व्यवस्थापन समितिले जनाएको छ । पश्चिम नेपाल कै एकमात्र विराट लक्ष्मीनारायण दिब्यधाम निर्माणको सहयोगार्थ महिलाहरुको महान पर्व हरितालिका तीजका अवसरमा १९औ तीज महोत्सव २०८१ गर्न लागिएको समितिका अध्यक्ष शिवराज श्रेष्ठले बताए । परापूर्वकालदेखि खजुरामा हुँदै आएको तीजको जमघटलाई विगत १८ वर्षदेखि महोत्सवकारुपमा खजुरामा आयोजना गरिँदै आएको स्मरण गर्दै अध्यक्ष श्रेष्ठले यसवर्षको महोत्सव धार्मिक उद्देश्य र मौलिकता प्रवर्द्धनमा केन्द्रीत हुने बताए । हराउँदै गएको मौलिकतालाई जोगाउन यसवर्ष पू...
हिन्दु राष्ट्र कायम गराउन सभापति देउवालाई कांग्रेस सांसद्‌को ज्ञापनपत्र

हिन्दु राष्ट्र कायम गराउन सभापति देउवालाई कांग्रेस सांसद्‌को ज्ञापनपत्र

आस्था, धार्मिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
काठमाण्डौ, ८ भाद्र – सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई पार्टी केन्द्रीय सदस्य एवम्‌ तनहुँ-२ बाट निर्वाचित सांसद्‌ शंकर भण्डारीले हिन्दु राष्ट्र कायम गराउन ज्ञापनपत्र बुझाएका छन्‌ । भण्डारीले ‘नेपाली कांग्रेस सनातन हिन्दूराष्ट्र्र महाअभियान केन्द्रीय समन्वय समिति’को संयोजकका हैसियतले देउवालाई हिजो (बिहीबार) सो ज्ञापनपत्र बुझाएका हुन्‌ । ज्ञापनपत्रमा उनले नेपाललाई धार्मिक स्वतन्त्रता सहितको वैदिक सनातन (हिन्दु) राष्ट्र नेपाल कायम गराउनुपर्ने उल्लेख गरेका छन्‌ । दोस्रो जनआन्दोलनपछि पुनःस्थापित संसद्ले २०६३ जेठ ४ गते बौद्ध एवम् किरात धर्म, दर्शन, संस्कृति, वोन, जैन, सिख आदि सहित ९४ प्रतिशत भन्दा बढी वैदिक सनातन हिन्दू धर्म र संस्कृतिमा आस्था र विश्वास राख्ने नेपाली जनताको भावनालाई पूरै उपेक्षा गरी धर्म निरपेक्ष राष्ट्र घोषणा गरेको भण्डारीले दाबी गरेका छन्‌ । सो घोषणा र...
गाईजात्रा महोत्सवमा सहभागीलाई लायन्स क्लबद्वारा जुस खुवाईयो (फोटोफिचरसहित)

गाईजात्रा महोत्सवमा सहभागीलाई लायन्स क्लबद्वारा जुस खुवाईयो (फोटोफिचरसहित)

आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ४ भाद्र – नेवाः संस्कृति र परम्परा अनुसार आज मंगलवार गार्ईजात्रा साःपारु महोत्सव नेपालगन्जमा भव्य रुपले मनाईएको छ । नेवाः संस्कृति र परम्परा गाईजात्रा महोत्सव बिहान ८ बजेबाटै सुर्खेतरोड स्थित स्वस्तिक कटेज रेष्टुरेन्टमा भेला भई मनाउने तयार गरिएको भएपनि बिहान परेको अबिरल वर्षाका कारण केही ढिलो हुन पुगेको थियो । वर्ष निकास भएपछि शुरु भएको नेवाः संस्कृति र परम्परागत रुपमा मनाईने गाईजात्रा महोत्सव भुरे स्कुल घरवारी टोल हुँदै धम्बोझी चोकबाट सेतुबिक चोक, न्यूरोड हुँदै बागेश्वरी मन्दिरको पार्कमा समापन गरिएको नेवा देय दबू, बाँकेका निवर्तमान संस्थापक अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । नेवाः पुचः बाँकेको आयोजना तथा नेवाः देय दबू, बाँके लगायत सबै नेवाः गुठीहरुको सहआयोजनामा सम्पन्न उक्त गाईजात्रा कार्यक्रममा समस्त नेवार तथा गैर नेवार समुदायलाई सहभागिताको ला...
बंगलादेशमा हिन्दूहरू विरुद्धको हिंसाबारे प्रस्ताव पारित गर्न भारतीस संसदलाई लेखक र बुद्धजिवीहरुको आग्रह

बंगलादेशमा हिन्दूहरू विरुद्धको हिंसाबारे प्रस्ताव पारित गर्न भारतीस संसदलाई लेखक र बुद्धजिवीहरुको आग्रह

आस्था, धार्मिक, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाण्डौ, ३ भाद्र – लेखक, शिक्षाविद् र नागरिक समाजका प्रतिष्ठित सदस्यहरूको एक प्रमुख समूहले बंगलादेशमा हिन्दूहरू विरुद्धको हिंसाको बारेमा गहिरो चिन्ता व्यक्त गर्दै खुला पत्र लेखेका छन् र भारतीय संसदलाई ‘साम्प्रदायिक हिंसाको यो लहर’ को निन्दा गर्ने सर्वसम्मत प्रस्ताव पारित गर्न आग्रह गरेका छन्। हस्ताक्षरकर्ताहरू, जसमा लेखकहरू अमिश त्रिपाठी, अश्विन सांघी, अभिषेक बनर्जी, राजीव मंत्री र स्मिता बरुआ र एससी अधिवक्ता जे साई दीपक समावेश छन्, उनीहरूले बंगलादेशमा हिन्दू समुदाय विरुद्ध बढ्दो हिंसाको रिपोर्टको बारेमा गहिरो चिन्ता व्यक्त गरे। “हालैका दिनहरूमा हामीले मेहरपुरको एक इस्कॉन केन्द्रमा आगजनी, देशभरका धेरै हिन्दू मन्दिरहरूको तोडफोड, र हिन्दूहरूको लिन्चिङ मनाउने दंगाहरू देखाउने भिडियोहरूको प्रसारण सहित गहिरो चिन्ताजनक घटनाहरू अवलोकन गरेका छौं। दुर्भाग्यवश, यी हिंसाका कार्यहरू न त पृथक छन् न...
आज जनै पूर्णिमा: कस्तो छ शास्त्रीय मान्यता ?

आज जनै पूर्णिमा: कस्तो छ शास्त्रीय मान्यता ?

आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाण्डौ, ३ भाद्र – प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् । गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो (रक्षासूत्र) धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ । सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु बृहस्पतिले रक्षा विधान तयार गरी जेले गर्दा अत्यन्त बलशाली दानवराज बली बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन, विचलित नहोऊ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा चलेको रक्षाबन्धनको परम्परा हालसम्म पनि प्रचलित छ । यसैकारण रक्षाबन्धन गर्ने बेलामा गुरु पुरोहितहरुले ‘येन बद्...
हिन्दु स्वयंसेवक संघद्वारा गुरु पूजन उत्सव सम्पन्न

हिन्दु स्वयंसेवक संघद्वारा गुरु पूजन उत्सव सम्पन्न

आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ३ भाद्र – बाँकेको नेपालगन्जमा श्री गुरु पूजन उत्सव हिन्दू स्वयंसेवक संघ नेपाल बाँकेद्वारा सम्पन्न भएको छ । हिन्दू स्वयंसेवक संघ नेपाल नेपालगन्ज बाँकेका जिल्ला संघ चालक फूलचन्द तिवारीको अध्यक्षतामा, पूर्व मन्त्री सर्वदेव ओझा, मधेशी आयोग सदस्य तथा समाजसेवी बिजय गुप्ता, वरिष्ठ अधिवक्ता तथा समाजसेवी गिरिवरप्रसाद अग्रवाल, नेपाल जडीबुटी व्यवसायी संघ नेपालगन्जका अध्यक्ष टंकप्रसाद शर्मा, प्रमुख वक्ता, राष्ट्रिय संगठन सचिव बासुदेव मिश्रले आ–आफना बिचार राखेका थिए । कार्यक्रमका संघका कर्णली, लुम्बिनी प्रदेशका संभाग प्रचारक बिकुल दाहालद्वारा सञ्चालित कार्यक्रममा आद्य सरसंचालक डा. केशव वलीराम हेडगेवर, परम पूज्यनीय सदाशिवराज गोलगेवार (श्री गुरुजी) को तस्वीरमा दीप प्रज्वलित गरी कार्यक्रमको उद्घाटन गरिएको थियो । हिन्दू स्वयंसेवक संघ नेपाल नेपालगन्जका ध्वजा रोहण, प्रार्थना सन्तोष ...
राप्ती नदी घाटमा गंगा महाआरती हुने

राप्ती नदी घाटमा गंगा महाआरती हुने

आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज १ भाद्र – धार्मिक पर्यटन प्रवद्र्धनका लागि बाँकेको राप्ती नदी सिधनियाघाटमा गंगा महाआरती गर्ने तयारी भएको छ । बाँके डुडुवा गाउँपालिका वार्ड नं.४ राप्ती नदीस्थित श्री अष्टोत्तरशतम् शिवलिंङ्ग विश्वम्भरनाथ महादेव (१०८ शिवलिङ्ग विश्वम्भर महादेव) मन्दिरमा गंगा महाआरती हुन लागेको हो । राप्ती नदी क्षेत्र तथा मन्दिरको प्रचारप्रसार र जिल्लाका विभिन्न स्थानबाट आउने धार्मिक पर्यटकलाई स्वागत गर्नका लागि महाआरती गर्न लागिएको मन्दिरका पुजारी आचार्य रामप्रताप मिश्र शास्त्री महाराजजीले बताउनुभयो । उहाँका अनुसार यही भदौ ३ गते श्रावण शुक्ल पुर्णिमाका दिन साँझ ६ बजे महाआरती सुरु गर्न लागिएको हो । स्थानीय तथा सामाजिक अगुवाहरुको पहलमा सोमबारदेखि सुरु हुने महाआरतीलाई प्रत्येक महिनाको पुर्णिमाका दिन नियमित रुपमा गरिने छ । महाआरतीको तयारी अहिले तिब्र रुपमा भईरहेको छ । राप्ती नदी एउटा पर्यटकीय क...
पोखरा विमानस्थल छानबिन र नागरिक उड्डयन प्रमुखको बर्खास्तीको माग गर्दै काठमाडौंमा रैली

पोखरा विमानस्थल छानबिन र नागरिक उड्डयन प्रमुखको बर्खास्तीको माग गर्दै काठमाडौंमा रैली

अपराध, आस्था, धार्मिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाडौं, २७ साउन - राष्ट्रिय एकता अभियानको आयोजनामा आज माईतिघर मण्डलामा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलसम्बन्धी सत्यतथ्यको छानवीन र नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीको बर्खास्तीको माग गर्दै विशाल रैली सम्पन्न भएको छ। राष्ट्रिय एकता अभियानका अध्यक्ष विनय यादवको नेतृत्वमा सम्पन्न यस रैलीमा सयौंको संख्यामा नागरिक, विद्यार्थी, तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूले सहभागिता जनाए। रैलीमा पोखरा विमानस्थल चीनको बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई)को हिस्सा नभएको र विमानस्थल निर्माणमा प्राविधिक त्रुटीहरूलाई तुरुन्त समाधान गर्नुपर्ने माग गरियो। प्रदर्शनकारीहरूले “पोखरा विमानस्थल बीआरआईको भाग होइन”, “प्राविधिक त्रुटीको समाधान गर, चीनको हस्तक्षेप रोक!” जस्ता नारा लगाउँदै विमानस्थलसँग सम्बन्धित विभिन्न मुद्दाहरूमा सरकारको ध्यानाकर्षण गराए। उनीहरूले चिनियाँ राजदूतले माफी माग्...
प्रेस युनियन बाँकेले साधारणसभा, तीज बिशेषलगायत कार्यक्रम गर्ने

प्रेस युनियन बाँकेले साधारणसभा, तीज बिशेषलगायत कार्यक्रम गर्ने

आस्था, कला/साहित्य, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २६ साउन – नेपाल प्रेस युनियन बाँकेको शनिबार बसेको कार्यसमिति बैठकले विभिन्न निर्णयहरु गरेको छ । युनियन बाँकेका अध्यक्ष प्रियास्मृति ढकालको अध्यक्षतामा युनियनको कार्यालयमा बसेको कार्यसमितिको बैठकले साधारण सभालगायतका कार्यक्रम गर्ने निर्णय गरेको हो । युनियनले गरेको निर्णय अनुसार यही भदौ १५ गते युनियन बाँकेको वार्षिक साधारणसभा गर्ने निर्णय भएको छ । सो साधारणसभाको तयारी र व्यवस्थापनका लागि अध्यक्ष ढकालको संयोजकत्वमा सदस्यहरुमा सचिव भीष्म लोध, कोषाध्यक्ष खडक खत्री र सदस्य सलामत अलि शेखसहितको चार सदस्यीय समिति गठन गरिएको हो । यस्तै सोही दिन तीज महोत्सव कार्यक्रम गर्ने निर्णय गरिएको छ । महोत्सवको तयारी र व्यवस्थापनका लागि महिला उपाध्यक्ष निशा शाहको संयोजकत्वमा सदस्यहरु लक्ष्मी गौडेल, सावित्री बिश्वकर्मा, आरती कट्टेल र सुविता थारुसहित पाँच सदस्यीय समिति गठन गरेको छ । यसैगरी ह...