
नेपालगन्ज, १७ भाद्र – जय श्रीराम शक्ति दल केन्द्र लाठी समितिको पदअधिकारीहरुको बैठकले सर्वसहमति प्रेस सल्लाहकारमा आकाश कसौधनलाई नियुक्त गरेका छन् ।
विगत लामो समयदेखि यसै क्लबको खेलाडी समेत रहेका कसौधनले क्लब विकासका लागि आफ्नो तहबाट साथ र सहयोग गर्दै आएको भन्दै समितिले उनलाई प्रेस सल्लाहकारमा नियुक्त गरेको जानकारी समितिका अध्यक्ष सुजीतकुमार गुप्ताले दिए ।