Sunday, August 16सत्यम खबर
Shadow

खेल

भारतसँग ६६ रनले अफगानिस्तान पराजित

भारतसँग ६६ रनले अफगानिस्तान पराजित

आस्था, खेल, शिक्षा/स्वास्थ्य, समाचार
नेपालगन्ज, (एजेन्सी) १८ कार्तिक - टी–२० विश्वकप क्रिकेटको महत्वपूर्ण खेलमा भारतले अफगानिस्तानलाई ६६ रनले पराजित गर्दै सेमिफाइनल पुग्ने आशा जीवित राखेको छ । यस प्रतियोगितामा भारतले अहिलेसम्म पाकिस्तान र न्युजिल्याण्डसँगको खेलमा हार बेहोरेको छ । यस्तो अवस्थामा यो खेल जित्नु भारतका लागि निकै महत्वपूर्ण थियो । पहिले ब्याटिङ गरेको भारतले दुई विकेट गुमाएर २१० रन बनाएको थियो भने अफगानिस्तानलाई २ सय ११ रनको लक्ष्य दिएको थियो । जवाफमा अफगानिस्तानले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १४४ रन मात्रै बनाउन सकेको थियो । भारत सुपर १२ को समूह २ मा छ । यस समूहबाट पाकिस्तान यसअघि नै सेमिफाइनलमा प्रवेश गरिसकेको छ । भारतले स्कटल्याण्ड र नामिबियासँग थप सामना गर्नुपर्नेछ। यदि भारतले यी टोलीहरू विरुद्ध राम्रो रन रेटका साथ जित्यो भने भारतको सेमिफाइनल पुग्ने सम्भावना बलियो बन्न सक्छ।...
खेलाडी तथा खेल पुर्वाधारको विकासका लागि बजेट बढाउन सुझाव

खेलाडी तथा खेल पुर्वाधारको विकासका लागि बजेट बढाउन सुझाव

खेल, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, १५ कार्तिक - युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले पुर्व मन्त्रीहरुसँग राय परार्मश लिनुभएको छ । बिभिन्न समयमा खेलकुद मन्त्रालय सम्हालेका पुर्व मन्त्री तथा राज्यमन्त्रीहरुसँग सुझाव लिनका लागि सोमबार सिंहदरबारस्थित मन्त्रालयको सभाहलमा “राय परामर्श कार्यक्रम” आयोजना गरीएको थियो । उक्त कार्यक्रममा सहभागी पुर्व मन्त्रीहरुले मन्त्रालयबाट राम्रोसंस्कारको सुरुवात भएको धारणा राख्नुभयोे । युवा तथा खेलकुद पुर्व सह–मन्त्री चन्द्रा चौधरीले मन्त्रालयले युवा लक्षित कार्यक्रमहरुमा विशेष जोड दिनुपर्ने बताउनुभयो । राज्यका अन्य निकायले समेत युवा लक्षित कार्यक्रम गर्दै आएको भएपनि ति सबै कार्यक्रमहरुलाई मन्त्रालयकै मातहतमा ल्याउन उहाँले सुझाव दिनुभयो । त्यसैगरी खेलाडी तथा खेल क्षेत्रको समग्र विकासका लागि मन्त्रालयले अत्याधिक मात्रामा बजेटको ब्यवस्थापन गर्नुपर्ने र खेलाडीहरुको जिवन...
गोर्खाली स्प्रिड अनुसार काम गर्नुहोस : खेलकुद मन्त्री अथक

गोर्खाली स्प्रिड अनुसार काम गर्नुहोस : खेलकुद मन्त्री अथक

CoVid19, आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, १५ कार्तिक – युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) र नेपाली फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्ला अल्मुताईरीबिच पहिलो पटक औपचारीक भेट भएको छ । थप ३ वर्षकालागि नेपाली टिमको प्रशिक्षकका रुपमा नेपाल फर्किएका अल्मुताईरीको स्वागतमा खेलकुद मन्त्रालयले आईतबार विशेष कार्यक्रमको आयोजना गरेको थियो ।सिंहदरबारस्थित मन्त्रालयमै आयोजना गरीएको उक्त कार्यक्रममा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले अल्मुताईरीलाई दोसल्ला र ढाका टोपी लगाएर स्वागत तथा सम्मान गर्नुभयो । नेपाली फुटबल क्षेत्रलाई नयाँ उचाईमा पुर्याउन अल्मुतारीले पुर्याएको योगदान अतुलनिय रहेको भन्दै मन्त्री अथकले अबका दिनमा समेत गोर्खाली स्प्रिडलाई कामय राख्दै काम गर्न आग्रह गर्नुभयो । मन्त्री अथकले अल्मुताईरीको आगमनपछि नेपाली खेलकुद क्षेत्रमा तरङ्ग उत्पन्न भएको र यसले विशेषगरी नेपाली फुटबलमा बेग्लै आशा जागेको बताउ...
अल्मुतारीलाई स्वागत गर्दै “नेपाल सरकार तपाईको साथमा छ, ढुक्क भएर काम गर्नुहोस” : मन्त्री अथक

अल्मुतारीलाई स्वागत गर्दै “नेपाल सरकार तपाईको साथमा छ, ढुक्क भएर काम गर्नुहोस” : मन्त्री अथक

आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, १४ कार्तिक - युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले नेपाली फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्ला अल्मुतारीलाई स्वागत गर्नुभएको छ । शनिबार नेपाल फर्किए लगतै आईतबार सिंहदरबारस्थित मन्त्रालय पुगेका अल्मुतारीलाई मन्त्री अथकले दोसल्ला र ढाका टोपी लगाएर स्वागत तथा सम्मान गर्नुभएको हो । नेपाली फुटबल क्षेत्रलाई नयाँ उचाईमा पुर्याउन अल्मुतारीले पुर्याएको योगदान अतुलनिय रहेको भन्दै मन्त्री अथकले अबका दिनमा समेत गोर्खाली स्प्रिडलाई कामय राख्दै काम गर्न आग्रह गर्नुभयो । विगतमा केही समस्या देखिएता पनि त्यसलाई चिर्दै अल्मुतारीलाई पुनः नेपाल फर्काउन मन्त्रालय सफल भएको उल्लेख गर्दै मन्त्री अथकले भन्नुभयो, “नेपाल सरकार तपाईंको साथमा छ, ढुक्क भएर काम गर्नुहोला ।” स्वागत पछि प्रतिक्रिया दिदैं अल्मुतारीले नेपाल र नेपालीहरुको मायाँले आफु पुन नेपाल फर्किएको बताउनु भयो । आजको दिन ...
कर्मचारीभन्दा माथी उठेर काम गर्न कर्मचारीहरुलाई मन्त्री अथकको निर्देशन

कर्मचारीभन्दा माथी उठेर काम गर्न कर्मचारीहरुलाई मन्त्री अथकको निर्देशन

आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
काठमाण्डौं, १२ कार्तिक – युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले राष्ट्रिय युवा परिषद कार्यालयको अनुगमन गर्नु भएको छ । राष्ट्रिय युवा परिषदको अध्यक्ष समेत रहनु भएका मन्त्री अथकले शुक्रबार भक्तपुर ठिमि स्थित परिषदको कार्यालयमा पुगेर अनुगमन गर्नु भएको छ ।अनुगमनका क्रममा युवा परिषदका प्रशासकीय प्रमुख बाबुराम ढुंगानासहितका कर्मचारी तथा युवा परिषदका सदस्यहरुले मन्त्री अथकलाई फुल गुच्छाले सम्मान गरेका थिए । त्यस क्रममा मन्त्री अथकले कार्यालय भवन तथा युवा परिषद अन्तर्गतका ६ वटा शाखाको निरिक्षण गर्नुभयो । निरिक्षण पछि कर्मचारी तथा पदाधिकारीहरुलाई निर्देशन दिंदै मन्त्री अथकले युवा परिषदलाई युवाहरुको केन्द्रका रुपमा स्थापित गर्न प्रतिवद्ध भएर काम गर्न आग्रह गर्नुभयो । ४० प्रतिशत बढि युवाको प्रतिनिधित्व गर्ने मन्त्रालयको अभिन्न अंगका रुपमा रहेको युवा परिषदले युवाहरुको मनोविज्ञान बुझेर ...
योजना ल्याउनुहोस, स्रोत राज्यले खोज्छ : मन्त्री अथक

योजना ल्याउनुहोस, स्रोत राज्यले खोज्छ : मन्त्री अथक

आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाण्डाै, १० कार्तिक -युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)लाई राष्ट्रिय खेलकुद परिषद (राखेप) का पदाधिकारीहरुले स्वागत तथा सम्मान गरेका छन् । राखेपका अध्यक्ष समेत रहेका मन्त्री अथकलाई बुधबार दशरथ रंगशालामा आयोजित एक कार्यक्रमका बिच राखेपका उपाध्यक्ष शिव कोईराला सहितका पदाधिकारी तथा खेलाडीहरुले स्वागत तथा सम्मान गरेका हुन । स्वागत समारोहमा बोल्दै मन्त्री अथकले खेलकुद क्षेत्रको विकासका लागी सबै मिलेर अगाडी बढ्नुपर्ने बताउनुभयो । काम गर्ने समयमा राजनिति गर्न नहुने बताउँदै मन्त्री अथकले खेलकुद क्षेत्रलाई राजनितिबाट मुक्त गराउनु आफ्नो मुख्य लक्ष्य रहेको प्रष्ट पार्नुभयो । “यो राजनिति गर्ने समय होईन” मन्त्री अथकले भन्नुभयो, “खेलकुदलाई राजनितिमुक्तबाट बनाउँदै सम्मानित क्षेत्रका रुपमा विकास गर्न आवश्यक देखिएको छ ।” खेलकुद ऐनका विषयमा बाहिर चल्लेका हल्लाप्रति लक्षित गर्दै मन्त्री ...
पाकिस्तानद्वारा भारत १० विकेटले पराजित

पाकिस्तानद्वारा भारत १० विकेटले पराजित

आस्था, खेल, प्रदेश ५, समाचार, समाज
नेपालगन्ज, ८ कार्तिक – आईसीसी टी–२० विश्वकपमा पाकिस्तानद्वारा भारतलाई १० विकेटले पराजित गर्दै पाकिस्तानले विश्वकपमा पहिलो जित निकालेको छ ।भारतले प्रस्तुत गरेको १ सय ५२ रनको लक्ष्य पाकिस्तानले १७.५ ओभरमा पछ्याएको हो । आईतबार राति भएको सुपर १२ को खेलमा ओपनरद्वय मोहम्मद रिज्वान र बाबर अजामले उत्कृष्ट ब्याटिङ प्रदर्शन गरेपछि पाकिस्तानले शानदार शुरुवात गरेको थियो । जितको लागि १ सय ५२ रनको रक्ष्य पछ्याएको पाकिस्तानले १७।५ ओभरमै कुनै विकेट नगुमाई लक्ष्य भेट्टायो । पाकिस्तानको लागि दुवै ओपनरले अर्धसतक पूरा गरे ।मोहम्मद रिज्वानले ५५ बलमा ६ चौका र ३ छक्काको मद्दतमा ७९ रन बनाउँदा बाबर अजामले ५२ बलमा ६८ रन जोडे । उनले ६ चौका र २ छक्का प्रहार गरे ।...
आज राति टी-२० विश्वकप

आज राति टी-२० विश्वकप

आस्था, खेल, शिक्षा/स्वास्थ्य, समाचार
नेपालगन्ज, ७ कार्तिक –युएई र ओमानमा जारी आइसिसी टी-२० विश्वकपको सुपर १२ को खेल शनिबारदेखि सुरु भएका छन् । सुपर १२ अन्तर्गत आइतबार बहुप्रतिक्षित खेल हुँदैछ। चिरपरिचित प्रतिद्वन्द्वी भारत र पाकिस्तान सुपर १२ को आफ्नो पहिलो खेलमा प्रतिस्पर्धा गर्दैछन्। भारत र पाकिस्तानबीचको खेल नेपाली समयअनुसार राति ७:४५ बजे दुबईमा सुरू हुनेछ। टी-२० मा भारत र पाकिस्तानबीच पाँच वर्षपछि प्रतिस्पर्धा हुन लागेको हो। सन् २०१६ मा भएको पछिल्लो खेलमा भारतले पाकिस्तानलाई ६ विकेटले हराएको थियो। आइतबार इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड र लिभरपुलबीच प्रतिस्पर्धा हुँदैछ। खेल नेपाली समयअनुसार राति ९:१५ बजे युनाइटेडको मैदानमा हुनेछ। प्रिमियर लिगको अंक तालिकामा लिभरपुल १८ अंकसहित तेस्रो स्थानमा र युनाइटेड १४ अंक जोडेर छैटौं स्थानमा छन्। आइतबार राति नै सिजनको पहिलो एलक्लासिको भिडन्त हुनेछ। ला लिगाअन्...
बाँकेलाई नयाँ उचाईमा पुर्‍याउनेछु : मन्त्री अथक

बाँकेलाई नयाँ उचाईमा पुर्‍याउनेछु : मन्त्री अथक

CoVid19, आस्था, खेल, प्रदेश ५, राजनीति, समाचार, समाज
नेपालगन्ज, ३१ असाेज - नेपाल सरकारका युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज (अथक) ले बाँके जिल्लालाई खेलकुदको क्षेत्रबाट नयाँ उचाईमा पुर्‍याउने बताएका छन् । आईतबार बिहान नेकपा माओवादी केन्द्र नेपालगन्ज उपमहानगरपालिका कमिटी र योङ कम्युनिस्ट लिग बाँके जिल्ला समितिले संयुक्त रुपमा नवनियुक्त मन्त्रीलाई गरेको सम्मान तथा शुभकामना कार्यक्रममा उनले यस्तो बताएका हुन । ‘बाँके जिल्लाले पहिलो पटक युवा तथा खेलकुद मन्त्रालय पाएको छ । यो समग्र जिल्लाको लागि नयाँ अवसर हो । प्राप्त यो अवसरलाई मैले पुर्ण रुपमा इमानदारीताका साथ लागेर जिम्मेवारी निभाउने छु’ – मन्त्री अथकले भने ‘युवा लगायत खेलकुद क्षेत्रका समस्याहरूलाई समाधान गर्न लागि पर्नेछु । कसरी हुन्छ साथिभाई र खेलकुद क्षेत्रका विज्ञको सल्लाह सुझाव अनुसार यो जिल्लालाई खेलकुदको क्षेत्रबाट नयाँ उचाईमा पुर्‍याउनेछु ।’ उनले युवालाई स्वरोजगार बनाउने,...
आजबाट टी–ट्वान्टी क्रिकेट विश्वकप

आजबाट टी–ट्वान्टी क्रिकेट विश्वकप

CoVid19, आस्था, खेल, विदेश, समाचार
काठमाण्डौ, ३१ असोज – आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेट आजबाट शुरु हुँदैछ । युएई र ओमानमा संयुक्त रुपमा विश्वकप आयोजना हुन लागेको हो । खेल उद्घाटनको दिन पहिलो चरण अन्तर्गतका दुई खेलहरु हुनेछन् । ओमानको अल अमारतमा हुने पहिलो खेलमा घरेलु टिम ओमान र पपुवा न्युगिनीबीच प्रतिस्पर्धा हुनेछ । ओमान र पपुवाबीचको खेल ३ः४५ बजे सुरु हुनेछ । यस्तै दोस्रो खेलमा बंगलादेश र स्कटल्याण्डबीच प्रतिस्पर्धा हुनेछ । बंगलादेश र स्कटल्याण्डबीचको खेल ७ः४५ बजे सुरु हुनेछ । विश्वकपको पहिलो चरणमा ८ टोलीले प्रतिस्पर्धा गर्ने छन् । जसमा बंगलादेश, श्रीलंका, आयरल्याण्ड, नेदरल्याण्ड्स, स्कटल्याण्ड्स, नामिबिया, ओमान र पपुवा न्युगिनी भिड्नेछन् । यसका चार टिम सुपर १२ मा प्रवेश गर्नेछन् ।...