
नेपालगन्ज, ३० असाेज – गृह जिल्ला पुगे लगत्तै छुट्टिकाे बेला समेत अति व्यस्त रहेका युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराज (अथक) बाँकेका पत्रकारहरूसँग सुझावसहितकाे अन्तरक्रिया सम्पन्न गरेका छन् ।
दशैंसँगै विभिन्न भेटघाट तथा कार्यक्रमहरुमा सहभागी हुँदै आउनु भएका मन्त्री अथकलाई आज शनिबार नेपालगन्जमा बधाई, अभिनन्दन तथा अन्तरक्रिया सम्पन्न गरिएको छ ।
प्रेस सेन्टर नेपाल बाँके शाखाले आयोजना गरेको कार्यक्रममा मन्त्रि अथकले सबैको सुझाव, परामर्श अनुसार आफु अगाडी बढ्ने भन्दै नेपाललाई अब खेलाडीको देश भनेर अन्तर्राष्ट्रिय स्तरमा चिनाउने गरी काम गरिने प्रतिबद्धता गर्नु भएकाे छ ।
बाँकेमा क्रियाशिल पत्रकारहरुका बीचमा, मन्त्री अथकले भन्नुभयो, ‘सरकारका साझा नीति तथा कार्यक्रम छन, ३ बर्षमा खलबलिएको ब्यवस्थालाई सुधार गरी राजनीति तर्फ जनताको विश्वास जगाउनुका साथै बाँकेलाई प्राथमिकतामा राखी खेल जगतमार्फत चिनाउने बताउनुभयाे ।’
‘बाँके जिल्लाको शिर उचाईमा पु¥याउन, साथी, भाई, सर, जसरी सम्बोधन गरे पनि तपाईको सल्लाह मेरो लागी महत्वपुर्ण छन, मैले सुझाव लिन बिर्सेकाे अवस्थामा तपाईं स्वयं सम्पर्क गरि सुझाव दिनुहोस ।’- मन्त्री अथकले भन्नुभयाे ।
प्रेस सेन्टर नेपाल बाँके शाखाका अध्यक्ष डक्ट प्रसाद धितालको अध्यक्षतामा सम्पन्न भएको बधाई, अभिनन्दन तथा अन्तरक्रिया कार्यक्रममा नेकपा माओवादी केन्द्र बाँकेका अध्यक्ष इन्द्रप्रसाद खरेल (आइपी) पनि सहभागी हुनुहुन्थ्यो भने कार्यक्रमकाे सञ्चालन शाखा सचिव राजेश आचार्यले गर्नु भएकाे थियाे ।
