युवा लक्षित कार्यक्रमलाई एकै ठाँउ केन्द्रित गर्नुपर्छ : मन्त्री अथक
नेपालगन्ज, १० मंसिर – युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराज (अथक)ले युवा लक्षित कार्यक्रमहरुलाई एकै ठाँउ केन्द्रित गर्नुपर्ने बताउनु भएको छ ।युवाहरुको नाममा वर्षेनी राज्यको करोडौं रकम खर्च हुने गरेको भए पनि उक्त रकम लक्षित वर्गसम्म पुग्न नसकेको तर्फ ईगिंत गर्दै मन्त्री अथकले युवा लक्षित गतिविधिहरुलाई एउटै संयन्त्रमा ल्याउनु पर्ने बताउनु भएको हो ।मन्त्री अथकले प्रधानमन्त्री स्वरोजगार कार्यंक्रम, गरिबि निवारण कोष र आफ्नो मन्त्रालयको मातहतमा रहेका युवा परिषद तथा युवा एवम् साना व्यवसायी स्वरोजगार कोषलाई एकै ठाँउमा केन्द्रित गरेर लक्षित वर्गसम्म बृहत रुपमा पहुँच विस्तार हुने खालको वातावरण बनाउनुपर्ने बताउनु भएको हो ।
कुल जनसँख्याको ४० प्रतिशत युवाहरुको मनोभाव बोकेको मन्त्रालयको जिम्मेवारी आफुले सम्हालेको बताउँदै मन्त्री अथकले सबै कार्यक्रमहरुलाई मन्त्रालय कै मातहतमा ल्याएर नयाँ ढंगल...









