Tuesday, October 14सत्यम खबर
Shadow

कला/साहित्य

डुडुवाको १८औं गाउँसभामा निति तथा कार्यक्रम पारित, रु. ५६ करोड बढीको बजेट सार्वजनिक

डुडुवाको १८औं गाउँसभामा निति तथा कार्यक्रम पारित, रु. ५६ करोड बढीको बजेट सार्वजनिक

आर्थिक, कला/साहित्य, खेल, धार्मिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
डुडुवा, १० असार – डुडुवा गाउँपालिकाले नयाँ आर्थिक वर्ष २०८२÷०८३ को नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेको छ । गाउँपालिकाको आज मंगलबार बसेको १८औं गाउँसभाले दुई वटा विधियेक, निति तथा कार्यक्रम र रु ५६ करोड १६ लाख ८ हजारको प्रस्तावित बजेट सार्वजनिक गरेको हो । गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले शिक्षा, स्वास्थ्य, कृषि, पशु, स्वरोजगार, विपत, बन तथा बातावरण, सूचना तथा सञ्चार, लघुउद्यम विकास कार्यक्रम, विकास निमार्ण, संस्थागात विकास लगायतका क्षेत्रलाई समेटी नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । संघिय सशर्त अनुदान चालुतर्फ रु २४ करोड, २५ लाख, संघिय समपुरक अनुदानतर्फ रु १ करोड, विशेष अनुदान (प्रदेश)तर्फ रु १८ लाख, समपुरक अनुदान प्रदेशतर्फ रु ७५ लाख, प्रदेश ससर्त अनुदान रु १ करोड २० लाख र आन्तरिक आयतर्फ रु ५ करोड ८७ लाख प्रस्तावित बजेट प्रस्तुत गरिएको हो । नयाँ आर्थिक वर्ष २०८२÷...
“कला र कलाकारको सम्मान” नारासहित सम्पन्न ग्रान्ड फिनाले, १५० बाट २० मा सीमित प्रतिस्पर्धा

“कला र कलाकारको सम्मान” नारासहित सम्पन्न ग्रान्ड फिनाले, १५० बाट २० मा सीमित प्रतिस्पर्धा

आर्थिक, आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ७ असार – बाँके जिल्लाको राप्तीसोनारी गाउँपालिका अगैयामा सम्पन्न ‘राप्तीसोनारी डान्सिङ स्टार २०२५’ को ग्रान्ड फिनाले भव्य रुपमा सम्पन्न भएको छ । डिटु कला केन्द्रको आयोजनामा र राप्तीसोनारी गाउँपालिका अगैयाको सहयोगमा गरिएको कार्यक्रम ‘कला र कलाकारको सम्मान, समृद्ध राष्ट्रको पहिचान’ भन्ने मूल नारासहित सम्पन्न गरिएको हो । फिनालेको प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा सदस्य कृष्णा केसी नमुना रहनुभएको थियो भने अतिथि कलाकारको रूपमा गायक शिव जिएम, डान्सर भावना वली, सृजना शाही र स्वेता नेपालीको उपस्थिति रहनुभएको थियो । कार्यक्रम व्यवस्थापनमा भरत विक, भीम पुन र विश्व क्षेत्रीको सक्रिय भूमिका रहेको थियो । प्रतियोगितामा राप्तीसोनारी–८ शम्सेरगन्जका रोमनजन गहतराजले उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान हासिल गर्न सफल भएका छन् । त्यस्तै, दोस्रो स्थानमा सोही स्थानकी सोनिया थापा र तेस्रो ...
फोटो फेस्टिवलको पिपुल्स च्वाइस अवार्ड नेपालगन्जका अमितलाई

फोटो फेस्टिवलको पिपुल्स च्वाइस अवार्ड नेपालगन्जका अमितलाई

आस्था, कला/साहित्य, प्रदेश ५, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ६ असार – नेपालगन्जका फोटोग्राफरअमित रावलले चौथो नेपालगन्ज फोटो फेस्टिवलकोपिपुल्स च्वाइस अवार्ड प्राप्त गर्न सफल भएका छन् । रावलले बर्दियाको बढैयातालमा खिचेको रेडसांक प्रजातिको चराहरुको फोटोले इसेवा भोटिङमा सर्वाधिक ६ हजार ७ सय ७७ भोट प्राप्त गर्दै ५० हजार १ सय ११ रुपैँया राशीको पुरस्कार सहित पिपुल्स च्वाइस अवार्ड प्राप्त गर्न सफल भएको हो । अन्तरालको आयोजनामा भएको फेष्टिवलमा राष्टिूय फोटो प्रतिस्पर्धाबाट टप ३१ मा पर्न सफल फोटोहरु भोटिङका लागि इसेवामा राखिएका थिए । अर्वाड प्राप्त गरेपछि फोटोग्राफररावलले पुरस्कारले फोटो खिच्न र संरक्षणको काममा आफुलाई अझै प्रोत्साहित गरेको बताए । पुरस्कारको केही राशी परोपकारी काममा लगाउने बताउदै उनले भने ‘कोहलपुरका मृगौला रोग पिडित फिरोज बक्सलाई यस पुरस्कारबाट १० हजार रुपैँया दिने उद्घोष गर्दछु ।’ फेष्टिबलको समापन कार्यक्रमका प्रमुख अतिथी ...
सुन व्यवसायी भन्दा उपभोत्तालाई मार, ७७ जिल्लामा संघका ८१ शाखा अन्दोलित

सुन व्यवसायी भन्दा उपभोत्तालाई मार, ७७ जिल्लामा संघका ८१ शाखा अन्दोलित

आर्थिक, कला/साहित्य, प्रदेश ५, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ३० जेष्ठ – सरकारले आर्थिक बर्ष २०८२÷०८३ को बजेट बक्तव्य मार्फत सुनको कर बृद्धि गरे सँगै सुन व्यवसायीहरु अन्दोलित भएका छन् । सुन व्यवसायीहरु ७७ जिल्लामा रहेको ८१ ओटा सुनचाँदी व्यवसायी संघमार्फत अन्दोलन शुरु गरेका छन् । देशभर उनीहरु पसल बन्द गरेर अन्दोलनमा उत्रिएका छन् । बजेट वक्तव्यमार्फत सरकारले सुनचाँदी, हिरा, जवाहरात तथा हस्तकला ब्यवसायीलाई मात्र नभई आम उपभोक्तालाई समेत प्रत्यक्ष रुपमा असर पर्ने गरी विलासिता कर र भ्याटको नाममा चर्को भार पार्न खोजेको अवस्था पाईएको छ । यो ब्यवस्था लागु भएको खण्डमा समग्र सुनचाँदी, हिरा, जवाहरात तथा हस्तकला ब्यवसायी आफ्नो व्यवसाय बन्दै गर्नुपर्ने अवस्थामा पुग्ने निश्चित भएको आज आयोजित पत्रकार सम्मेलनमा बताएका छन् । विश्व बजारमा सुनको मुल्य वृद्धि भई सामान्य उपभोक्ताको क्रयशक्ति भन्दा ज्यादा भई कारोबार नै लगभग ठप्प प्राय भएको बिद्यमान अवस्थामा ...
नेपालगन्ज फोटो फेस्टिवलको चौथो संस्करण असार ४ र ५ गते नेपालगन्जमा हुने

नेपालगन्ज फोटो फेस्टिवलको चौथो संस्करण असार ४ र ५ गते नेपालगन्जमा हुने

आर्थिक, आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ३० जेष्ठ – नेपालगन्ज फोटो फेस्टिवलको चौथो संस्करण आगामी असार ४ र ५ गते नेपालगन्जमा हुने भएको छ । अन्तरालको आयोजनामा हुने उक्त फोटो फेस्टिवलमा फोटो प्रर्दशनीसंगै फोटोग्राफि तालिम पनि सन्चालन हुने भएको छ । फेस्टिवलमा राष्ट्रिय फोटो प्रतिस्पर्धामा देशभरवाट सहभागी फोटो मध्ये निर्णायक मण्डलले छनौट गरेका १ सय ११ फोटो प्रदर्शनीमा राखिने अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले जानकारी दिए । उनका अनुसार प्रतिष्पर्धामा छानिएका १ सय ११ फोटोहरुलाई प्रमाणपत्र प्रदान गरिनुका साथै नेपालगन्ज, संघिय राजधानी काठमाण्डौं र सातै प्रदेशमा हुने फोटो प्रदर्शनीमा समावेश गरिने छ । यी फोटोहरु अन्तरालले प्रकाशन गर्ने फोटो पुस्तकमा समेत समेटिने आयोजकले जनाएको छ । वरिष्ठ फोटो पत्रकार विकास कार्कीको नेतृत्वमा बरिष्ठ फोटोग्राफर रमेश मल्ल र फोटो पत्रकार केशव थोकर सदस्य रहेको निर्णायक मण्डलले उक्त फोटोहर...
‘मोनिका कठायतले देशको नाम उच्च गरिन’

‘मोनिका कठायतले देशको नाम उच्च गरिन’

आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ८ जेष्ठ – नेपालगन्जकी मोनिका कठायत फिलिपिन्सको राजधानी मनिलामा सम्पन्न भएको "Little & Teen GLAM PAGEANT 2025" को बिजेता भएकी छन् । आज नेपालगन्ज एयरपोर्टमा उनलाई स्वागत गर्न मास नै पुगेको देखिन्थ्यो । नेपालगन्ज एयरपोर्टमा आफ्नो सानो भनाई राख्दै मोनिका कठायतले– विभिन्न देशका ३३ जना प्रतिस्पर्धीहरुलाई पछाडी पार्दै प्रतियोगिता विजयी भएकोमा खुशी रहेको बताईन । उनले– ‘आफूले आफ्नो देशको नामका साथै बाँके जिल्लाको नाम समेत रोशन गरेको खुशी व्यक्त गरिन ।’ यसैगरी उनकी आमा जो छोरी मोनिकासँगै फिलिपिन्स पुगेकी थिईन । उनले छोरीले गरेको परिश्रमको उच्च सम्मान गर्दै आफू धेरै खुशी रहेको भनाई राखिन । करीब १ साता अगाडी मात्र नेपालगन्ज उपमहानगरपालिका प्रमुख प्रशान्त बिष्टले फुलमाला, खातासहित मोनिकालाई अग्रीम बधाई साथ प्रतिस्पर्धाको लागि फिलिपिन्स तर्फ बिदाई गरेका थिए । तर आज देशको नामस...
मेयर बिष्टले गरे माेनिकालाई विदाई

मेयर बिष्टले गरे माेनिकालाई विदाई

आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ८ जेष्ठ - नेपालगन्जकी मोनिका कठायत फिलिपिन्सको राजधानी मनिला जाँदैछिन् । मोनिलामा मे २४ देखि २९ सम्म हुन गइरहेको ‘Little & Teen GLAM PAGEANT 2025’ का लागि उनी नेपालबाट छनौट भएकी हुन् । नेपालबाट उनीसंगै अन्य तीन जना पनि छनौटमा परेका छन् । तर, नेपालगन्जबाट भने उनी एक्ली प्रतिष्पर्धी हुन् । मोनिकालाई बुधबार नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले विदाई गर्दै सफलताको शुभकामना दिएका छन् । आफ्नै कार्यकक्षमा उनले मोनिकाको विदाई गरेका हुन् । विष्टले नेपालगन्जको शानको रुपमा रही मनिला जान थालेकी उनलाई आफ्नो र नेपालगन्जको नाम सधैं ‘रोशन’ गर्न शुभकामना दिए । मोनिका आदर्श माध्यमिक विद्यालय सुर्खेतरोडमा कक्षा ७ मा अध्ययनरत छिन् ।...
चलचित्र पत्रकार संघ बाँकेबाट सुवेदी र गिरी सम्मानित

चलचित्र पत्रकार संघ बाँकेबाट सुवेदी र गिरी सम्मानित

आर्थिक, आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ४ जेष्ठ – चलचित्र पत्रकार संघ नेपाल बाँकेले मोफसलमा रहेर कला कर्म र पत्रकारिता गरिरहेका २ जनालाई सम्मान गरेको छ । २६ औँ बार्षिकोत्सव तथा चलचित्र पत्रकारिता दिवसको अवसरमा आज नेपालगन्जमा आयोजित एक कार्यक्रममा निर्देशक तथा डान्सर नवराज सुवेदी र पत्रकार सावित्री गिरीलाई सम्मान गरेको हो । सुवेदीलाई तिन हजार एकसय र गिरीलाई दुइ हजार एकसय नगद रुपैयाँ र प्रमाण पत्र सहित सम्मान गरिएको हो । मोफसलमा रहेर सुवेदीले दर्जनौं म्युजिक भिडियो र लघु चलचित्र निर्देशन गरेका छन् । यस्तै चलचित्र विधामा कलम चलाउन प्रोत्साहन गर्ने गरि पत्रकार गिरीलाई सम्मान गरिएको चलचित्र पत्रकार संघ नेपाल बाँकेका अध्यक्ष रामचन्द्र पौडेलले बताए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्ररिषि चौलागाईले चलचित्रप्रतिको आफ्नो लगाव रहेको बताउँदै चलचित्र हेर्नका लागि गरेको ...
गोधूलि कला साहित्य प्रतिष्ठानको वार्षिकोत्सवमा अभिनन्दन, सम्मान तथा पुरस्कार

गोधूलि कला साहित्य प्रतिष्ठानको वार्षिकोत्सवमा अभिनन्दन, सम्मान तथा पुरस्कार

आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
काठमाडौं, ३० बैशाख – गोधूलि कला साहित्य प्रतिष्ठानले आफ्नो वार्षिकोत्सवको अवसरमा यहाँँ साहित्यकारहरुलाई अभिनन्दन, सम्मान तथा पुरस्कार वितरण कार्याक्रमको आयोजना गरेको छ । नेपाल प्रज्ञा प्रतिष्ठानको सभाकक्षमा आयोजना गरिएको प्रतिष्ठानको उन्नाइसौँ वार्षिकोत्सव कार्यक्रममा पुरस्कार, सम्मान तथा अभिनन्दन अर्पण गरिएको हो । वरिष्ठ कवि तथा संस्कृतिविद् तुलसी दिवसको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका संस्थापक अध्यक्ष होमनाथ सुवेदीलाई गोधूलि वाङ्गमय शिखर अभिनन्दनले अभिनन्दित गरिएको थियो । सुवेदीलाई अरनिको अभियान, नोवेल साकोस साहित्य संस्था, संस्कार समाज नेपाल, एन्जल्स् वल्र्ड इन्टरनेशनल एकेडेमी, पौरखी हातहरू राष्ट्रिय पत्रिका परिवार लगायत संघसस्थाहरुले सामूहिक रुपमा अभिनन्दन गरेका थिए । त्यसैगरि वरिष्ठ कवि लक्ष्मी मालीलाई गोधूलि काव्यश्री सम्मान...
बालबालिकाहरुकाे प्रतिभालाई उजागर गर्दै नन्द इन्टरटेन्मेन्ट

बालबालिकाहरुकाे प्रतिभालाई उजागर गर्दै नन्द इन्टरटेन्मेन्ट

आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
पाेखरा, ७ बैशाख - बिगत लामो समयदेखि नन्द इन्टरटेन्मेन्ट हाउस पोखराले बालबालिकाहरु रहेका प्रतिभालाई उजागर गर्दै आइरहेको छ । नन्द इन्टरटेन्मेन्ट हाउस पोखराको आयोजना र इन्टरनेशनल कलेज अफ अप्लाइड साइन्सको सहयोगमा पोखरा चाइल्ड स्टार सिजन - ४ सम्पन्न भएको छ ।   नन्द इन्टरटेन्मेन्ट हाउसले आयाेजना गरेकाे पोखरा चाइल्ड स्टार सिजन -४ को उपाधि पोखरा पब्लिक स्कूलका प्रवीन श्रेष्ठ र सेन्ट म्यारी स्कूलकी आइरा गुरुङले जितेका छन्। शनिबार साँझ पोखरामा सम्पन्न ग्रान्ड फिनालेमा उनीहरुले उत्कृष्ट प्रदर्शन गर्दै क्रमशः बालक र बालिका तर्फकाे शीर्ष स्थान हासिल गरे। पुरुष तर्फ प्रथम रनरअपको उपाधि जिवेश थापाले प्राप्त गरे भने दोस्रो रनरअप अस्मिन भुजेल बने। मोस्ट ट्यालेन्टेड अवार्ड प्रतीक श्रेष्ठले जिते।   महिला तर्फ प्रथम रनरअप ग्रीष्मा गौतम, दोस्रो रनरअप पुनम सेन ठकुरी घोषित भइन्। ब...