
बर्दिया, २२ पौष – बर्दियाको बढैयाताल गाउँपालिका वडा नं. ५ बढैया गाउँमा माघ मिलन कार्यक्रम हुन भएको छ । बढैयाताल गाउँपालिका वडा नं. ५ को आर्थिक सहयोग र बाबा खरक छनिया युवा संजालको आयोजनामा माघको १ र २ गते वडा परिसरमा कार्यक्रम हुने भएको हो ।
बाबा खरक छनिया युवा संजालले थारु समुदायको नयाँ बर्षको रुपमा हरेक बर्ष माघको १ र २ गते कार्यक्रम हुने भएको संजालका अध्यक्ष राकेश चौधरीले बताए । उनले भने, हामीले हाम्रो पुस्तौदेखि चल्दै आएको चलनलाई उजागर गर्नका लागि माघ मिलन तथा नयाँ बर्ष मनाउँदै आएका छौँ । शुरुको बर्षमा हामीले आफ्नो लगानीमा गर्नु पर्ने भएकोले धेरै आर्थिक समस्या र झन्झट झेल्नु परेको थियो, तर त्यस पछि वडाले हरेक बर्ष एक लाख आर्थिक सहयोग गर्न थालेपछि नयाँ बर्ष मनाउन तथा माघ मिलन कार्यक्रम गर्न सजिलो भएको अध्यक्ष चौधरीले बताए ।

हामीले पहिला गाउँमा नाच गरेर समन्य नाच गान गरेर मनाउँदै आएका थियौँ तर नयाँ पुस्ताले नयाँ नयाँ सोचका साथ भव्य रुपमा नयाँ बर्षलाई नयाँ रुप दिएर माघ मिलन कार्यक्रम गर्दै आएको बढैया गाउँ बरघर जयबहादुर थारुले बताए । पहिला विना खर्च कार्यक्रम हु“दै आएको थियो तर पहिला सुरुवाती चरणमा गाउँका युवाहरुले आफ्नै लगानीमा गरेको थिए, जुन उनीहरुले त्यो कार्यक्रम गर्नका लागि धेरै कष्ट भोग्नु परेको बरघर थारुले बताए । तर अब वडाको आर्थिक सहयोग हुन्छ र त्यसमा ताल छेउका होटेल व्यपारीहरुले सहयोग गरेपछि भव्य कार्यक्रम हुँदै आएको बताए ।
बाबा खरक छनिया युवा संजालले आफ्नो पुर्खाले बनाएको पराम्परा र साँस्कार साँस्कृति जोगन निकै मेहनत गरेको बढैयाताल गाउँपालिका अध्यक्ष हिमालय त्रिपाठीले बताए । म आउँदा त्यस्तो केही भएको थिएन तर पहिलो बर्ष वडाले समन्वय गर्दा हामीले पहिलो बर्षदेखि माघ मिलन कार्यक्रमका लागि एक लाख रुपैयाँ दिँदै आएको अध्यक्ष त्रिपाठीले बताए ।
माघ मिलन कार्यक्रममा थारु पराम्परा अनुसारको नाच स्थानीय कलाकार र थारु राष्ट्रिय कलाकारको प्रस्तुति रहने छ । माघ मिलन कार्यक्रम अवधिभर ताल परिसर क्षेत्रमा रहेको होटेल व्यवसायीहरुले सुपथ मुल्यमा माछा तथा नास्ता र खानाको व्यवस्था समेत गरेका छन् ।
