
जय माँ ज्वाला स्पोट्र्स क्लबको लाठी प्रशिक्षण शुरू
नेपालगन्ज, २१ श्रावण – जय माँ ज्वाला शक्ति केन्द्र स्पोट्र्स क्लब लाठी समिति नेपालगन्ज बाँकेले मंगलवार नेपालगन्जमा एक कार्यक्रम आयोजना गरी लाठी प्रशिक्षण कार्यक्रम शुरू गरेको छ ।
दशै अगावै शुरु भएको यो खेल, जसको महत्व नेपालमा मात्र नभई, भारत र बंगलादेशमा प्रचलित रहेको छ । बंगाली संस्कृतिसँग गहिरो रूपमा जोडिएको छ र शारीरिक कौशल, आत्मरक्षा तथा सांस्कृतिक पहिचानको प्रतीक मानिन्छ ।
लाठी खेलको विशेषताको बारेमा बताउ“दै नेपालगन्जका लाठी गुरु, प्रशिक्षक राजकुमार आर्यले भने, ‘लाठी खेलमा ६ देखि ८ फिट लामो बाँसको लाठी प्रयोग गरिन्छ, जसलाई फलामको छल्लाले बलियो बनाइन्छ । यो खेलमा लाठीलाई कुशलतापूर्वक चलाउने, आक्रमण र बचाउ गर्ने, र विभिन्न शारीरिक चालहरू प्रदर्शन गर्ने कला समावेश हुन्छ ।’ अभ्यासकर्तालाई ‘लाठियल’ भनिन्छ । नरम बाँसको लाठी वा छोटो ‘बारी’ (ब्याटन) प्रयोग गरी नकली लडाइँ (नोरी ब...