सगरमाथा ई. बोर्डिङ सेकेन्डरी स्कूलले मनायो २१ औं वार्षिकोत्सव
नेपालगन्ज, ३ फागुन – सगरमाथा ई. बोर्डिङ्ग सेकेन्डरी स्कूल नेपालगन्जले २१ औं बार्षिकोत्सव समारोह तथा सांस्कृतिक कार्यक्रम २०८२ शनिवार भव्यता साथ मनाएको छ ।
विज्ञान प्रविधि, प्रयोगात्मक एंव व्यवहारिक शिक्षा आजको आवश्यकता भन्ने मुल नाराका साथ सगरमाथा ई. बो. सेकेण्डरी स्कूल कारकाँदोले आफ्नो २१ औं बार्षिक उत्सव तथा सांस्कृतिक कार्यक्रम भव्यताका सम्पन्न गरेको हो ।
स्कूलका संस्थापक अध्यक्ष कृष्ण जिसीको अध्यक्षतामा सम्पन्न बार्षिक उत्सव समारोह तथा सांस्कृतिक कार्यक्रमको प्रमुख आतिथ्यता शिक्षा विकास तथा समन्वय इकाई प्रमुख धन सुदन चौलागाई रहनु भएको थियो । प्रमुख अतिथि चौलागाईले सगरमाथा स्कूलले शिक्षा क्षेत्रमा फड्को मार्दै बाँकेकै नमुना बन्न सफल होस भनि शुभकामना दिनुभएको छ । प्रमुख अतिथि चौलागाई, संस्थापक अध्यक्ष जिसी र स्कूलको संस्थापिका लक्ष्मी बिसीले दियो बालेर बार्षिक उत्सव कार्यक्रमको...









