

शोषित पीडित गरिवका दर्द सुन्ने सरकार चाहियो
भत्केका गाउँबस्तीहरु कै सामुन्ने सरकार चाहियो|
धेरै खपिन आँधीहुरी देशमा तुफान उठ्दा खेरी
नयन पुछी आमाको आँसु थुन्ने सरकार चाहियो|
हत्याहिंसा अस्थिरताले खुसी लुट्यो मुहार बाट
निरसा हटाई विकासको मार्ग चुन्ने सरकार चाहियो l
जरा गाडेकै छ समाजमा जातधर्म छुवाछुतले
बन्धन सारा तोडी नयाँ सोच गुन्ने सरकार चाहियो l
हिमाली पहाडी मधेसी एकै दाजुभाइ हौं सबै हामी
सयौंफूल जोडी एकताको माला उन्ने सरकार चाहियो |
कल्पना पौडेल ‘जिज्ञासु’
खजुरा बाँके नेपाल
