पुष्पलालको सम्मानमा ‘बढ्दो भ्रष्टाचार र महिला सचेतना’ परिसम्बाद
काठमाण्डौ, २८ साउन – कमरेड पुष्पलालको जन्म शत बार्षिकीका सन्दर्भमा ‘बढ्दो भ्रष्टाचार र महिला सचेतना’ बिषयमा एक बिशेष परिसम्बाद कार्यक्रम हिजो काठमाण्डौमा सम्पन्न भयो ।
भ्रष्टाचार सम्बन्धि ज्ञाता तथा टूान्स्परेन्सी इण्टरनेशनल(टिन)का अध्यक्ष पद्मिनी प्रधानाङ्गको बिशेष आतिथ्यमा सम्पन्न कार्यक्रममा भ्रष्टाचारका राष्ट्रिय अन्तराष्ट्रिय तथ्य तथ्यांकको तुलनात्मक प्रस्तुतिका साथ बोल्नु हुदै प्रथानाङ्गले भन्नु भयो –सही कानुन र त्यसको सही कार्यान्वयनको अभाव, दण्डहीनता तथा देश र जताप्रतिको गैरजिम्मेवारीले गर्दा भ्रष्टचार उत्पन्न हुन्छ, बढ्छ र फैलिन्छ । आज हाम्रो देशमा भ्रष्टाचार ब्याप्त छ । राजनीतिक, नीतिगत भ्रष्टाचारका डरलाग्दा काण्डहरु दिनदिनै बढेका छन् । यो आर्थिक कुरा मात्र होइन, चिन्तन, चरित्र र ब्यवहारमा आएको स्खलनको कुरा पनि हो । महिलाहरुले यसका बिरुद्ध खडा हुन सचेत, संगठित र संघर्षशील हुनै प...









