Sunday, February 9सत्यम खबर
Shadow

प्रमुख बिहिन नेपालगन्ज उपमहानगर !

नेपालगन्ज, २८ साउन – नेपालगन्ज उपमहानगरपालिका प्रमुख बिहिन भएको छ । नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख, उपप्रमुख बाँके बाहिर भएपछी  उपमहानगर प्रमुख बिहिन बनेको हो ।

जानकारी अनुसार प्रमुख प्रशान्त बिष्टले उप-प्रमुख कमरुद्दिन राईलाई आईतवार कार्यबाहक प्रमुखको जिम्मेवारी दिईए पनि कार्यबाहक प्रमुखको जिममेवारीमा रहेका उपप्रमुख कमरुद्धिन राई काठमाडौं गएका छन् । उनले कसैलाई कार्यबाहक नदिँदा उपमहानगर प्रमुख बिहिन बनेको हो ।

उपमहानगरका प्रबक्ता प्रमोद रिजालले उपमहानगर कार्यबाहक प्रमुख बिहिन बनेको जानकारी आफुले प्राप्त गरेको बताए । यस बारे उपप्रमुख राईले आफू कार्यबाहक प्रमुख भएको उल्लेख गर्दै काम बिशेषले अपर्झट काठमाडौँ आएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *