Wednesday, March 12सत्यम खबर
Shadow

युवा दिवसमा कार्यशाला गोष्ठी

नेपालगन्ज, २६ साउन – बाँकेको नेपालगन्जमा अन्तर्राष्ट्रिय युवा दिवसको (१० अगस्त २०२४) अवसरमा एस.ओ.एस. युवालयको आयोजना तथा लुम्बिनी प्राविधिक बिश्व बिद्यालय नेपालगन्ज सहकार्यमा “यूथ लिडरशिप डेभलपमेन्ट एण्ड डिजिटल पाठवेज” सम्बन्धि एक दिने कार्यशाला गोष्ठी शनिवार सम्पन्न भएको छ ।

लुम्बिनी प्राविधिक बिश्व बिद्यालय नेपालगन्जको प्राङ्गणमा आयिोजित कार्यशाला गोष्ठीमा लुम्बिनी प्राविधिक बिश्व बिद्यालयका कुल सचिव रेगबहादुर भण्डारीले “डिजिटल पाठवेज फर सस्टिनिएबल” प्रस्तुतीकरण गर्नुभएको थियो भने एस.ओ.एस.युवालय नेपालगन्जका सहायक निर्देशक लक्षमण बहादुर कार्कीले “यूथ लिडरशिप डेभलपमेन्ट” बिषयमा प्रस्तुतीकरण गर्नुभएको थियो ।

एस.ओ.एस.युवालय नेपालगन्जका सहायक निर्देशक मीना तुलाधरको अध्यक्षतामा सम्पन्न कार्यशाला गोष्ठीमा ओपनिङ्ग रिर्माक्समा लुम्बिनी प्राविधिक बिश्व बिद्यालयका कुल सचिव रेगबहादुर भण्डारीले युवाहरुको परिभाषा, भूमिका र भविष्यको विषयमा मन्तव्य व्यक्त गर्नुभएको थियो । यस वर्षको अन्तर्राष्ट्रिय युवा दिवसको नारा “यूथ डिजिटल पाठवेज फर सस्टिनिएबल डेभलपमेन्ट” रहेको छ र यसलाई राष्ट्रिय युवा परिषदले “दिगो विकास लक्ष्यमा प्रगति र समृद्धि, डिजिटल प्रविधिमा युवाहरुको पहँुच अभिबृद्धि” भनेर नेपालीमा नामाकरण गरिएको छ । यस वर्षको युवा दिवस ३ दिन सम्म विविध कार्यक्रम गरी मनाउने निर्णय गरिएको छ ।

कार्यक्रममा लुम्बिनी प्राविधिक बिश्व बिद्यालय नेपालगन्जको सहकार्यमा सम्पन्न भएकोले एस.ओ.एस.युवालय नेपालगन्जका सहायक निर्देशक मीना तुलाधरले लुम्बिनी प्राविधिक बिश्व बिद्यालयका कुल सचिव रेगबहादुर भण्डारीलाई सम्मान पत्र हस्तान्तरण गर्नुभएको थियो । कार्यक्रममा लुम्बिनी प्राविधिक बिश्व बिद्यालयका उपप्राध्यापक चतुर्भुज भट्ट, उपप्राध्यापक प्रतिक चन्द, सहायक प्राध्यापक ई. सजिव रेग्मी, अनुसन्धान सहायक ई. नरेन्द्रबहादुर शाही, सहायक प्राध्यापक नमन वर्मा, सिनियर काउन्सिलर लक्ष्मण खनाललगायत एस.ओ.एस.युवालय नेपालगन्ज, लुम्बिनी प्राविधिक बिश्व बिद्यालयका युवा सहभागीहरुमा नेहा क्षेत्री, हरि बस्नेत, सविना नेपाली, चाहाना रोका क्षेत्री, निर्मला बिक, चाँदनी ठकुल्ला, शर्मिला बिक, सपना सिजापति, निशा आचार्य, दिपेश शाही, कृष्ण वली, रोशन घर्तीमगर, सागर सुनार, अमिर मल्ल, विकास शाही, सुमन बडुवाल, बलिराम जैसी, दिपक बिक, सिर्जना परियार, सम्झना खडका, तुल्सी सार्की, बिकास गिरी, पुरन सिंह गुरुङ्ग, गंगा सुनार, उज्वल सुनार, गणेश सिंह सुनार लगायत ४० जनाको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *