Friday, March 21सत्यम खबर
Shadow

पुष्पलालको सम्मानमा ‘बढ्दो भ्रष्टाचार र महिला सचेतना’ परिसम्बाद

काठमाण्डौ, २८ साउन – कमरेड पुष्पलालको जन्म शत बार्षिकीका सन्दर्भमा ‘बढ्दो भ्रष्टाचार र महिला सचेतना’ बिषयमा एक बिशेष परिसम्बाद कार्यक्रम हिजो काठमाण्डौमा सम्पन्न भयो ।
भ्रष्टाचार सम्बन्धि ज्ञाता तथा टूान्स्परेन्सी इण्टरनेशनल(टिन)का अध्यक्ष पद्मिनी प्रधानाङ्गको बिशेष आतिथ्यमा सम्पन्न कार्यक्रममा भ्रष्टाचारका राष्ट्रिय अन्तराष्ट्रिय तथ्य तथ्यांकको तुलनात्मक प्रस्तुतिका साथ बोल्नु हुदै प्रथानाङ्गले भन्नु भयो –सही कानुन र त्यसको सही कार्यान्वयनको अभाव, दण्डहीनता तथा देश र जताप्रतिको गैरजिम्मेवारीले गर्दा भ्रष्टचार उत्पन्न हुन्छ, बढ्छ र फैलिन्छ । आज हाम्रो देशमा भ्रष्टाचार ब्याप्त छ । राजनीतिक, नीतिगत भ्रष्टाचारका डरलाग्दा काण्डहरु दिनदिनै बढेका छन् । यो आर्थिक कुरा मात्र होइन, चिन्तन, चरित्र र ब्यवहारमा आएको स्खलनको कुरा पनि हो । महिलाहरुले यसका बिरुद्ध खडा हुन सचेत, संगठित र संघर्षशील हुनै पर्दछ । तर महिला मात्र लागेर हुँदैन । पुरुष पनि उत्तिकै जोडतोडले लाग्नु पर्दछ । यो लैंगिक कुरा त होइन तर अनुपातमा महिला भ्रष्टाचारीहरु कम भने देखिएका छन् । बिश्व र नेपालमा पनि । यो सामाजिक गतिबिधिहरुमा उनीहरुको सक्रियता पछि परेको कारणले पनि हुनसक्छ । कार्यक्रममा उहाले सहभागीहरुले उठाएका बिभिन्न प्रश्नहरुको उत्तर दिनु हुँदै महिला सचेतनाकासाथ सम्पूर्ण भ्रष्टचार बिरोधी शक्तिहरुको सशक्त संघर्ष बिना यो रोकिदैन र सुशासन पनि आउदैन भन्ने कुरा प्रष्ट पार्नु भएको थियो ।

अर्का अतिथि बक्ता शिक्षासेबी, साहित्यकार, मानब अधिकारकर्मी बामपन्थी महिला नेतृ कमरेड गंगादेबी कसजुले बोल्नु हुुँदै कमरेड पुष्पलालले रोपेर हुर्काएको पार्टी नेपाल कम्युनिष्ट पार्टी सानो बिरुवाकोरुपमा भए पनि जीबित र गतिशील रहेको देख्न पाउँदा आज आफ्नै पार्टीमा आइपुगेको खुशीको अनुभूति भएको बताउनु भयो । यो पार्टीको पाल्पा जिल्ला कमिटीमा रहेर दिबंगत आफ्ना पति बिनय कसजु र आफुले पञ्चायत कालरात्रीको कठिन घडीमा लामो समयसम्म काम गरेको इतिहास उहाँले सुनाउनु भयो । कमरेड पुष्पलालको सही नीति छोड्दा कम्युनिष्ट आन्दोलन आज छिन्नभिन्न भएकोमा खिन्नता प्रकट गर्दै देश र जनताको हालत झन पछि झन खस्किदै गएको औंल्याउनु भयो र पुष्पलालको सही बाटोमा नफर्की कम्युनिष्ट आन्दोलन र नेपाली जनतालाई सुख छैन भन्नु भयो । उहाले महिला आधा आकाश भन्ने धारणसँग आफु असहमत रहेको सकारण बताउँदै कमरेड पुष्पलालको जन्म शत बार्षिकीमा ‘बढदो भ्रष्टचार र महिला सचेतना’ भन्ने जुन परिसम्बाद राख्नु एभएको छ यो महत्वपूर्ण छ भन्नु हुँदै महिला पुरुष सबै एक भएर भ्रष्टाचारको अन्त्य गर्न आवश्यक छ भन्ने कुरा प्रष्ट पार्नु भयो । उहाँले परिबार समाज र राष्टूप्रति जिम्मेवार सचेत महिलालाई जिम्मेवारी दिइयो भने समाजलाई भ्रष्टाचार मुक्त तुल्याउन ठूलो मद्दत गर्न सक्छन् भन्ने आफुलाई लाग्छ भन्ने बताउनु भयो ।

बिप्लब नेतृत्वको नेकपाकी कन्द्रिय सदस्य राजकुमारी शाहीले कमरेड पष्पलालको जन्म शतबार्षिकीको अबसरमा महिला जागरण ल्याउन,खबरदारी गर्न ‘बढ्दो भ्रष्टाचा र महिला सचेतना’ ठीक बिषय राखेकोमा खुशी प्रकट गर्दै भ्रष्टचार उत्पन्न गर्ने ब्यवस्थाकै बिरुद्ध खडा हुनुपर्ने आजको आवश्यकता रहेको कुरामा जोड दिनु भयो र ठीक दिइएको समयभित्र आफ्नो महत्वपूर्ण भनाई सक्नु भयो ।
राष्ट्रिय क्रान्तिकारी मोर्चा, नेपालका घटक सदस्य तथा नेकपा (रातोतारा) का नेता कमरेड भोजराज खनालले पनि संक्षिप्त भनाइ राख्दै सच्चा कम्युनिष्टहरु एक भएर भ्रष्टाचार लगायत शोषण उत्पीडन गर्ने ब्यबस्थाकै बिरुद्ध सशक्तरुपमा अघि बढ्न बिलम्ब भइसकेकोको कुरा जोडदाररुपमा औल्याउनु हुँदै यसो गर्न सकेमा मात्र कमरेड पुष्पलालको जन्म शतबार्षिकी मनाएको साँच्चो अर्थमा सार्थक हुन्छ भन्नु भयो ।

भ्रष्टचार रोक्ने भूमिकामा घरपरिबारदेखि कै भूमिका हुन्छ भन्ने उदाहरण दिदै र कम्युनिष्ट कै नाममा आज भ्रष्ट, परजीवी,सुदखोर चरित्रहीनहरुले कम्युनिष्ट आन्दोलनकमा कब्जा जमाएको उदाहरण दिदै कमरेड पुष्पलालकै नीतिमा चलेको २०३६ सालको संयुक्त राष्टूब्यापी बिद्यार्थी आन्दोलनका नेता – जुन आन्दोलनले देशब्यापी रुपमा चलाइएको पञ्चायती मण्डले गुण्डागर्दीतन्त्र, बिद्यार्थी माथिको दमन, गुण्डागर्दीको अन्त्य गराउने, स्वबियू निर्वाचनको मान्यता दिलाउने लगायत २४ सुत्रीय बिभिन्न महत्वूर्ण शैक्षिक माग पूरा गराउने र निर्बिकल्प भनिएको सामन्ती अधिनायकबादी पञ्चायती ब्यवस्थालाई घुँडा टेकाएर जनमत संग्रहको कठघरामा उभ्यायो त्यस ऐतिहासिक राष्ट्रिय आन्दोलनका सफल नेता कमरेड शरण बिक्रम मल्लले किन कम्युनिष्ट आन्दोलन आज धराशायी हुँदैछ, किन राष्ट्र शर्मलाग्दो किसिमले कहालीलाग्दा भ्रष्टाचारका ठूल्ठूला काण्डका भुवरीमा फँस्दैछ भन्ने गम्म्भी प्रश्न उठाउदै रोचक किसिमले बिभिन्न उदाहरणकासाथ कार्यक्रमको सञ्चालन गर्नु भएको थिया ।
बिशिष्ठ अतिथि तथा अतिथि लगायत उपस्थित सबैलाई कमरेड पुष्पलाल जन्म शतबार्षिकी राष्ट्रिय समारोह समितिका सदस्य कमरेड महेन्द्र जोशीले न्यानो स्वागत अभिबादन गर्दै घरघरबाट भ्रष्टाचार बिरोधी आन्दोलनको शंखनाद महिलाहरु लगायत सबै मिलेर नगर्ने हो भने देशको राष्ट्रियता जनतन्त्र र जनजीबिका नै गम्भीर खतरामा पर्ने स्थितिको संघारमा देश पुगिसकेको गम्भीर यथार्थ दर्शाउनु भयो ।
कार्यक्रममा सहभागीहरुबाट सकारी निकायहरुको गैरजिम्मेवारी, बाल अधिकारको हनन, राज्यका प्रमुख अंगहरुबाट भष्टाचार र भष्टाचारीलाई लुकाउन छिपाउन चलाइएका अमान्य र गैरकानुनी गतिबिधिहरु अन्तर्राष्ट्रिय रुपमा समेत चलाइएका सेटिङ्गका बारेमा महत्वपूर्ण बिभिन्न प्रश्नहरु उठउनु भएको थियो । तिनको उत्तर दिदै प्रमुख बक्ता पद्मिनी प्रधानाङ्गले सशक्त संघर्षबिना यसको समाधान हुने देखिदैन । टीनले त तुलनात्मकरुमा स्थिति के कस्तो हुँदैछ भनेर दर्शाउने मात्रै हो । त्यसको बिरोधमा त समाजले नै यथार्थ बुझेर अघि बढ्नु पर्ने उत्तर दिनु भएको थियो ।
प्रश्न उठाउने सहभागीहरुमा, कमरेड पुष्पलाल जन्म शतबार्षिकी समारोह समितिका सदस्यहरु कमरेड शरणबिक्रम मल्ल, कमरेड डा.महेन्द्र जोशी,जनसमाजबादी पार्टीका नेता हरिबहादुर बोहोरा,बिप्लव नेकपाका केस भिमकुमार शाही तथा शिक्षासेवी क्रान्ति सुबेदी लगायत हुनुहुन्थ्यो ।

अन्त्यमा कार्यक्रमको सभापतिको आसनबाट बोल्नु हुँदै र प्रभुख बक्ता, अतिथिबक्ता तथा सहभागीहरुले भष्टूचारका बिरुद्ध जुन आक्रोश र यसको अन्त्यका हुटहुटी देखाउनु भयो र त्यसका लागि कानुन, कार्यान्वयनदेखि लिएर भ्रष्टाचार हुर्काउने बढाउने र देश र जनतालाई कमजोर पार्ने प्रणालीलाईसम्म फेर्न पर्ने महत्वपूर्ण कुरा उठाउनु भयो त्यसका लागि उहाँहरु सबैलाई हार्दिक धन्यबाद दिनु भयो र अगाडि भन्नुभयो( कमरेड पुष्पलालको जन्म शताब्दी, कमरेड लेनिनको स्मृति शताब्दी र नेपाल कम्युनिष्ट पार्टीको हीरक महोत्सबको स्मरण बर्षपरेको यो बर्ष नेपाली कम्युनिष्टहरु र कम्युनिष्ट आन्दोलनका लागि महामहोत्सब बर्ष हो । त्यसैले हामीले यो बर्षलाई क्रान्तिकारी कम्युनिष्टहरुलार्ई कमरेड पुष्पलालको बिचारवरीपरी गोलबन्द गर्ने,कम्युनिष्ट आन्दोलनको रक्षा र सुदृढीकरण गर्ने तथा देश र जनतामाथि लादिएका सामन्तबादी तथा नबसामन्तबादी, भारतीय एकाधिकार पूजीवादी तथा बिश्व साम्राज्यबादी शोषण, उत्पीडनको अन्त्य गर्न एकताबद्ध संयुक्त आन्दोलन उठाउन र अघि बढाउन निरन्तर लागि पर्ने प्रयत्न जारी राख्ने कुरामा जोड दिन सबै क्रान्तिकारी कम्युनिष्टहरुलाई आग्रह गनृुृ भयो । एकता भनेको संस्थाहरु मर्ज गर्ने र मिसाउने या घुलमिल गर्ने जस्तो कुरा नभइ दृष्टिकोण, बिचार, सिद्धान्त र नीतिको एकताको खोजी हो। यसमा कुने द्विबिधा पाल्नु र समय फाल्नु हुँदैन । त्यसैले यो बिशेष बर्षलाई एकताको बर्ष बनाऔं र राष्टू र जनताका बिरुद्ध लादिएका भ्रष्टाचार, कमिशनखोरी, मानब तस्करी,महँगी , बेरोजगारी, अभाव र सबैखाले बाह्य हस्तक्षेपको बिरुद्ध दृढताकासाथ खडा हौ भन्ने आह्वान गर्नुृृका साथै कमरेड पुष्पलालले ‘लाखौलाख झोपडीहरुको एकता नै नेपालको राष्टिूयता हो र ती झोपडीको हक हित नै जनबाद हो’ भन्ने जुन जन केन्द्रित राष्टिूयता र जनबादका कुरा तथा ‘जनता चेतनशील हुनु पर्दछ(यो बर्गीयरुपमा चेतनशील भनेको हो) राजनैतिकरुपमा कार्यकर्ताहरु संगठित हुनु पर्दछ, क्रान्ति अबश्यंभावी छ, यसलाई कसैले रोकेर रोक्न सक्तैन’ भन्ने जीवनको अन्तिम घडीमा मृत्युशैयाबाट दिएको महत्वपूर्ण र दूरगामी महत्वको उद्गारको स्मरण गर्दै अगाडि बढौं भन्ने आह्वान गर्नु भयो ।
कमरेड पुष्पलाल जन्म शतबार्षिकी राष्ट्रिय समारोह समितिका सदस्य कमरेड सीता सुबेदीको ब्यवस्थापनमा सम्पन्न कार्यक्रमका आरम्भमा सम्पूर्ण ज्ञात अज्ञात बीर शहीदहरु र कमरेड पुष्पलालको सम्मानमा कम्युनिष्ट पार्टीको झण्डा उठाउदै सम्पूर्ण माहानुभावहले एक मिनट मौन धारण गर्नु भएको यियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *