होटल पौवाको १०औँ वार्षिकोत्सव : सबै शाखामा ‘स्वाद उत्सव’ आयोजना हुने
नेपालगन्ज, २४ चैत – होटल पौवाले आफ्नो १० औं वार्षिकोत्सव -स्थापना दिवस) को अवसरमा ‘पौवा स्वाद उत्सव–२०८२’ को आयोजना गर्ने भएको छ । होटल पौवाले आज मंगलबार पत्रकार भेटघाट कार्यक्रममा आयोजना बारे जानकारी गराउँदै नेपाली मौलिक स्वाद, संस्कृति तथा आतिथ्य सत्कारको अनुपम संगमका साथ यही चैत्र २६, २७ र २८ गते उक्त कार्यक्रमको आयोजना हुने जनाएको छ ।
स्वदेशी लगानी, सामूहिक स्वामित्व र नेपाली आतिथ्य संस्कृतिलाई आधार बनाएर अघि बढिरहेको होटल पौवा प्रालीले आफ्नो गौरबमय १० वर्ष पूरा गरेको छ भने १० वर्ष अघि चैत २५ गते नेपाली हस्पिटालिटीको घोषणा गर्दै सेवा आरम्भ गरेको पौवाले १० वर्षे गौरवमय यात्रा पूरा गरेको पत्रकार भेटघाटमा जनाईएको छ । नेपाली स्वाद, नेपाल आतिथ्य र नेपाली परिकारलाई देश विदेशमा ब्राण्डीङ गर्ने लक्ष्य लिएर सेवा दिँदै आएको होटल पौवाले १० औँ वार्षिकोत्सवको अवसरमा देशभर रहेका सम्पूर्ण शाखा...









