Wednesday, June 17सत्यम खबर
Shadow

आस्था

कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण

कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ४ बैशाख – बाँकेको खजुरा गाउँपालिकामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता २०८२’ कार्यन्वयनमा आउने भएको छ । महिला, कानून र विकास मञ्च काठमाण्डौको सहयोगमा सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जको सहयोगमा तयार गरिएको मस्यौदा कानून सार्वजनिक गरिएको हो । विहीबार आयोजित सार्वजनिकीकरण कार्यक्रममा तयार गरिएको मस्यौदा कानून पालिका अध्यक्ष डम्बरबहादुर विकलाई हस्तान्तरण गरिएको छ । पालिका अध्यक्ष विकले कार्यपालिका बैठकबाट यो आचारसंहिता पारित गरि तत्काल कार्यान्वयन गर्ने प्रतिबद्धता गर्दै कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहारका घटना बढी हुने भएकाले नियन्त्रण गर्नमा मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । प्रमुख प्रशासकिय अधिकृत दिलबहादुर पौडेलले पछिल्लो समय लैङ्गिक हिंसाविरुद्धका घटनाहरु बढी रहेका बेला यसको नियन्त्रण तथा कानूनी रुपमा कारवाहीका लागि स्था...
सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

आर्थिक, आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
खजुरा, ३० चैत – सितापुर युनाइटेड क्लबले दोस्रो योगिनी गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । सितापुरले राईजिङ स्टार क्लबलाई २–० ले पराजित गर्दै च्याम्पियन बनेको हो । सितापुर युनाइटेडको जितमा शम्भु थारु र संगम सारु मगरले १–१ गोल गर्नु भयो । शम्भुले खेलको ५५औं मिनेट र संगमले ६३औं मिनेटमा गोल गर्नु भयो । उपाधिसँगै विजेता सितापुर युनाइटेड क्लबले ५१ हजार रुपैयाँ र उपविजेता राईजिङ स्टारले २५ हजार रुपैयाँ प्राप्त गरेको छ । प्रतियोगितामा सितापुर युनाइटेडका अर्पण थारु सर्वोत्कृष्ट खेलाडी घोषित हुनु भयो । उहाँले नगद ३ हजार ५ सय रुपैयाँ प्राप्त गर्नु भयो । प्रतियोगितामा उत्कृष्ट गोलकिपर सितापुर युनाइटेडका विवेक थारु,उत्कृष्ट रक्षक सितापुर युनाइटेडका विवेक थारु, उत्कृष्ट मिड फिल्डर राईजिङ स्टारका बसन्त पुन, उत्कृष्ट स्ट्राइकर सितापुर युनाइटेडका सुदिप राना मगरले प्राप्त गर्नु भयो । विधागत ...
राजकुमार बर्मा चौथो क्रिकेट प्रतियोगिताको उपाधि नेपालगन्ज ८ लाई

राजकुमार बर्मा चौथो क्रिकेट प्रतियोगिताको उपाधि नेपालगन्ज ८ लाई

आर्थिक, आस्था, खेल, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २७ चैत - बाँकेको जानकी गाउँपालिका वडा नं. ३ मा राज कुमार बर्मा चौथो टि–१२ खुल्ला वडा स्तरिय क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ । जानकी ३ रमवापुर स्पोर्टस् क्लबको आयोजनामा भएको खेल प्रतियोगितामा नेपालगन्ज वडा नं. ८ को टिमले जानकी वडा नं. ३ को टिमलाई ४ वीकेटले बिजय भएको छ । बिजेता टिम नेपालगन्ज ८ ले नगद ५० हजार, मेडल र प्रमाण पत्रद्धरा पुरस्कृत भएको छ भने उपविजेता टिम जानकी ३ ले नगद २५ हजार मेडल र प्रमाण पत्र प्राप्त गरेको रमवापुर स्पोर्टस् क्लबका अध्यक्ष जोगराज बर्माले बताए । प्रतियोगितामा म्यान अफ द म्याच कुवर धनन्जय, बेष्ट ब्लर रुप भन्द कुर्मी, प्लेयर अफ द तुनामेन्ट रेशम शाही र बेष्ट बेष्टमेन्ट भिम कनोजियाले उपाधि पाएको आयोजकले जनाएको छ । खेल समापन कार्यक्रममा बोल्दै जानकी गाउँपालिका वडा नंं. ३ का वडा अध्यक्ष राज कुमार बर्माले बिजेता र उपबिजेता टिमका खेल...
दोस्रो योगिनीगोल्ड कप :आयोजकयोगिनी ए र सितापुर युनाइटेड विजयी

दोस्रो योगिनीगोल्ड कप :आयोजकयोगिनी ए र सितापुर युनाइटेड विजयी

आर्थिक, आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
खजुरा, २६ चैत – सितापुर युनाईटेड दोस्रो योगिनी गोल्ड कप फुटबल प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेको छ । प्रतियोगिता अन्तर्गत बुधबार भएको खेलमा सीतापुर युनाइटेडले मानवी स्पोर्टस क्लबलाई पेनाल्टी सुटआउट ३–१ ले पराजित गरेको छ ।अर्को खेलमा योगिनी युवा क्लब -ए)ले केवाईसी क्लबलाई २–० ले पराजित गर्दै प्रतियोगिताको क्वाटर फाइनलमा प्रवेश गरेको छ । बाँके खजुरा गाउँपालिका वडा नम्बर २ स्थित योगिनी माविको खेल मैदानमा भएको पहिलो खेलमा सितापुर युनाइटेड र मानवी स्पोर्टसले निर्धारित समयमा १–१ गोलको बराबरी खेलेका थिए । सितापुरको लागि संगम सारु मगरले खेलको आठौं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर मानवीका सुदिप सुनारले २७औं मिनेटमा गोल गरेपछि खेल बराबरीमा पुगेको थियो । खेलमा सितापुर युनाइटेडका गोलकिपर विवेक थारुले प्लेयर अफ द म्याचको ट्रफी जित्नु भयो । उहाँलाई लुम्बिनी प्रदेश खेलकु...
डुडुवामा पाँच शैय्याको आधारभुत अस्पताल संचालन

डुडुवामा पाँच शैय्याको आधारभुत अस्पताल संचालन

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
डुडुवा, २६ चैत – डुडुवा गाउँपालिकाले पाँच शैय्याको आधारभुत अस्पताल संचालनमा ल्याएको छ । डुडुवा–२ बेतहनी स्वास्थ्य केन्द्र अन्तर्गत पाँच शैय्याको आधारभुत अस्पतालको बुधबारदेखि सेवा प्रारम्भ गरेको छ । मेडिकल अधिकृत डा. रामगोपाल तिवारीको नेतृत्वमा १८ जनाको टोलीले अस्पतालको २४ सै घण्टा सेवा संचालन गर्ने पालिकाका स्वास्थ्य शाखा प्रमुख सिताराम चौधरीले बताउनुभयो । उहाँका अनुसार अस्पतालमा आधुनिक प्रयोगशाला, औषधी फार्मेशी, डिजिटल एक्स–रे, भिडियो एक्स–रे लगायतको सेवा उपलब्ध हुनेछ । नेपाल सरकारले तोकेको मापदण्ड अनुसार विपन्न, गरिब तथा असहाय, ज्येष्ठ नागरिकलाई निःशुल्क उपचार सेवा तथा औषधी वितरण र अन्यलाई सहुलियतमा उपचार सेवा उपलब्ध गराइने शाखा प्रमुख चौधरीले बताउनुभयो । पालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले एक कार्यक्रमका विच अस्पतालको शुभारम्भ गर्दै पालिकाले आफ्नै सिमित साधन स्रोतबाट आधारभ...
बढैयातालमा पुर्नस्थापना तथा सेवा केन्द्र स्थापना तथा संचालन सम्वन्धी नियमावली तयार

बढैयातालमा पुर्नस्थापना तथा सेवा केन्द्र स्थापना तथा संचालन सम्वन्धी नियमावली तयार

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
बर्दिया, २६ चैत - बर्दियाको बढैयाताल गाउँपालिकामा पुर्नस्थापना केन्द्र तथा सेवा केन्द्रको स्थापना तथा संचालन सम्वन्धमा नियमावली निमार्ण गरिएको छ । ऐनलाई कार्यान्वयनका क्रममा नियमावलीको आवश्यकता अनुसार नियमावली तयार गरिएको गाउँपालिका उपाध्यक्ष लक्ष्मीकुमारी अधिकारीले बताउनुभयो । उहाँले महिला तथा बालिकाविरुद्ध हुने हिंसा सम्बोधनका लागि ऐन कानूनको आवश्यकता भएकाले नीतिगत रुपमा पहल गरिएको भन्दै यसलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने प्रतिबद्धता गर्नुभयो । उपाध्यक्ष अधिकारीले यो ऐन र नियमावलीले हिंसा पिडित महिला तथा बालिकालाई न्यायका लागि सहयोग पुग्ने विश्वास व्यक्त गर्दै ऐन कानूनबारे समुदायमा प्रचार प्रसारका लागि चेतना अभिबृद्धिको कार्य गर्ने बताउनुभयो । महिला, कानून र विकास मञ्च काठमाण्डौको सहयोगमा सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जको प्राविधिक सहयोगमा नियमावलीको मस...
मानव अधिकार समितिले सबै पालिकामा समन्वय समिति गठन गर्ने

मानव अधिकार समितिले सबै पालिकामा समन्वय समिति गठन गर्ने

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २५ चैत - मानव अधिकार जिल्ला समन्वय समिति बाँकेले सबै पालिकाहरुमा स्थानीय तह समन्वय समिति गठन गर्ने निर्णय गरेको छ । त्यसका लागि सबै पालिकाहरुमा पत्राचार गर्ने निर्णय गरिएको हो । समितिको आज जिल्ला समन्वय समितिको सभाहल नेपालगञ्जमा सम्पन्न बैठकमा समग्र जिल्लाको मानव अधिकारको अवस्थाबारे छलफल समेत गरिएको छ । जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्र कुमार चौधरीको अध्यक्षतामा सम्पन्न बैठकमा मानव अधिकारको संरक्षण र प्रबद्र्धनको अवस्थाका बारेमा छलफल गरिएको हो । मधेश मानव अधिकार गृह (माहुरी होम) कपिलबस्तुको सहकार्य एवम् पिबिआईको सहयोगमा आयोजित छलफल तथा बैठकमा कार्यक्रम संयोजक रिखिराम निगमले माहुरी होम र पिबिआई परियोजनाले गरिरहेका काम र मानव अधिकारको अवस्था तथा चुनौतीबारे प्रस्तुतिकरण गरेका थिए । माहुरी होमले मानव अधिकार, लैङ्गिक समानता, सामाजिक न्याय र सिमान्तकृत सम...
स्थापना दिवसमा आश्रय बिहिनहरुसँग पौवाको एक छाक खाना

स्थापना दिवसमा आश्रय बिहिनहरुसँग पौवाको एक छाक खाना

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २५ चैत - होटल पौवाले मानवसेवा आश्रममा आश्रय लिइरहेका आश्रयबिहिनहरुलाई खाना खुवाएर १० औ स्थापना दिवस बनाएको छ । पौवाको नेपालगन्ज शाखाले मानवसेवा आश्रम नेपालगन्जमा आश्रितहरुलाई खाना खुवाएर स्थापना दिवस मनाएको हो । स्थापना दिवसका दिन संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत जेष्ठ नागरिक, शारिरिक कमजोरी तथा मानसिक कमजारी रहेका आश्रितहरुलाई खाना प्रदान गरिएको होटल पौवाका अध्यक्ष दुर्गाप्रसाद भण्डारीले बताए । आश्रय बिहिनहरुका लागि ठुलो योगदान गरिरहेको मानवसेवा आश्रमको अभियानमा थोरै भएपनि जोडिन पाउनु पौवाका लागि गौरवको विषय भएको उनले बताए । अध्यक्ष भण्डारीले पौवाका २० वटै शाखाले स्थापना दिवसमा कुनै न कुनै सामाजिक उत्तरदायित्वको कार्य गरिरहेको जानकारी दिए । पौवा नेपालगन्जका महाप्रबन्धक गिरिराज पाण्डेले मानवसेवा आश्रममा आश्रित जेष्ठ नागरिक र आश्रित व्यक्तिहरुलाई खाना खुवाएर आ...
दोस्रो योगिनी गोल्ड कप : मानवी स्पोर्टस र एक्स आर्मी योगिनी गोल्डको क्वाटर फाइनलमा प्रवेश

दोस्रो योगिनी गोल्ड कप : मानवी स्पोर्टस र एक्स आर्मी योगिनी गोल्डको क्वाटर फाइनलमा प्रवेश

आर्थिक, आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
खजुरा, २५ चैत – मानवी स्पोर्टस क्लब र एक्स आर्मी लेडेन्ज टिम दोस्रो योगिनीगोल्ड कप फुटबल प्रतियोगिताको क्वाटर फाइनलमा प्रवेश गरेका छन् । प्रतियोगिता अन्तर्गत मंगलबार भएको पहिलो खेलमा मानवी स्पोर्टस क्लबले जय किसान स्पोर्टस क्लबलाई १–० ले पराजित गरेको छ । बाँके खजुरा गाउँपालिका वडा नम्बर २ स्थित योगिनी माविको खेल मैदानमा भएको पहिलो खेलमा मानवीका लागि सुदिप विकले खेलमा निर्णायक गोल गर्नु भएको थियो । सुदिपले खेलको २१औं मिनेटमा गरेको गोल निर्णायक बन्यो । खेलमा मानवीका सुदिप प्लेयर अफ द म्याच घोषित हुनु भयो । सुदिपलाई हरित सृजना सामुदायिक वन उपभोक्ता समिति सचिव गंगा शाही र स्थानीय समाजसेवी रामबहादुर महताराले पुरस्कृत गर्नु भयो । यसैगरी दोस्रो खेलमा एक्स आर्मी टिमले चन्द्र ज्योति युवा क्लबलाई पेनाल्टी सुटआउटमा ५–३ ले पराजित गरेको थियो । निर्धारित समयको खेल १–१ को बराबरीमा सकिएको थिय...
डुडुवामा कृषि विद्यालय भवन निर्माण हुँदै

डुडुवामा कृषि विद्यालय भवन निर्माण हुँदै

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, श्रम/रोजगार, समाचार, समाज
डुडुवा, २५ चैत – डुडुवा गाउँपालिकाले वार्ड नं. १ र २ अन्तर्गत रामनगर पाझा क्षेत्रलाई पर्यटन क्षेत्रको रुपमा विकास गर्न थालेको छ । उक्त क्षेत्रमा धार्मिक पर्यटन विकासका लागि स्टेचु अफ शिवः, कृषि विद्यालय, पार्क लगायतका योजना निर्माण गर्न लागिएको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताउनुभयो । उहाँका अनुसार गाउँपालिको अति दुर्गम तथा बाढी प्रभावित क्षेत्रलाई पर्यटनको रुपमा चिनाउन त्यस क्षेत्रको विकास गर्न लागिएको हो । कृषि विद्यालयका लागि चार कोठे भवनको निर्माण कार्य शुरु गरिएको छ । केही दिन अघि गाउँपालिका अध्यक्ष चौधरीले ४ कोठे भवनको शिलान्यास गर्नु भएको हो । डुडुवा–२ स्थित पशुपति माध्यमिक विद्यालय अन्र्तगत रहने गरी कृषि विषयको अध्ययन अध्यापनका लागि भवन निमार्ण गर्न लागिएको अध्यक्ष चौधरीले बताउनुभयो । करिब रु ७० लाखको लागतमा निर्माण शुरु भएको भवन असार मसान्तसम्म निमार्ण कार...