महिला पुरुष गरी १ सय ८५ जनाले गरे रक्तदान
नेपालगन्ज, २० चैत्र – ६९ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा रक्तदान जीवनदान मूल नाराका साथ आयोजित रक्तदान कार्यक्रममा सहकारीका कर्मचारी, शिक्षक, बिद्यार्थी, स्वयंसेवी महिला पुरुष रक्तदाता गरी १ सय ८५ जनाले रक्तदान गरेका छन् ।
राप्ती सोनारी गाउँपालिका गाउँकार्यपालिकाको कार्यालय अगैयाको आयोजनामा र राप्ती सोनारी गाउँपालिका सहकारी समन्वय समितिको समन्वयमा राप्ती सोनारी गाउँपालिका सहकारी समन्वय समितिका कोषाध्यक्ष भूपेन्द्र खडकाद्वारा सञ्चालित, समितिका संयोजक जमान सिंह ओलीको अध्यक्षतामा, राप्ती सोनारी गाउँपालिकाकी काबा अध्यक्ष तथा कार्यक्रमकी प्रमुख अतिथि मनिषा सिंह थारुले ब्यानर वाचन गरी कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।
सो कार्यक्रममा प्रमुख अतिथि मनिषा सिंह थारु, बिशिष्ट अतिथि तथा राप्ती सोनारी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत मनीराम खराल, राप्ती सोनारी गाउँपालिका सहकारी समन्वय स...









