Monday, April 20सत्यम खबर
Shadow

नेपालगन्ज जेसीजद्वारा नवजात शिशुहरुलाई स्वास्थ्य सामग्री वितरण

नेपालगन्ज, ७ बैशाख – नेपालगन्ज जेसीज सप्ताह २०२६ अन्तर्गत तेस्रो कार्यक्रम æनवजात शिशुहरुलाई स्वास्थ्य सामग्री वितरण’’ सफलतापूर्वक सम्पन्न भएको नेपालगन्ज जेसीज जानकारी दिईएको छ ।

यस कार्यक्रम अन्तर्गत नेपालगन्ज उपमहानगरपालिका वडा नं. २० मा नवजात शिशुहरुलाई आवश्यक स्वास्थ्य सामग्री वितरण गरिएको छ । साथै, उक्त वडामा जन्मिने सम्पूर्ण नवजात शिशुहरुलाई निरन्तर रूपमा स्वास्थ्य सामग्री उपलब्ध गराउने उद्देश्यले सम्बन्धित निकायलाई आवश्यक सामग्री हस्तान्तरण गरिएको बताईएको छ ।

यस पहल अन्तर्गत वडा नं. २०, बाँकेमा जन्मिने सम्पूर्ण नवजात शिशुहरुले जन्म भएको २८ दिन भित्र सोही वडास्थित स्वास्थ्य चौकीबाट उक्त सामग्री प्राप्त गर्न सक्ने व्यवस्था मिलाइएको छ, जुन आगामी एक वर्षसम्म निरन्तर रहने जनाईएको छ ।

यस कार्यक्रममा स्वास्थ्य सामग्री उपलब्ध गराउने हिमालय वेलनेस कम्पनी प्रति विशेष आभार व्यक्त गरिएको छ । कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने वडा नं. २० का स्वास्थ्य संयोजक प्रकाश श्रेष्ठलगायत सम्पूर्ण सरोकारवाला तथा सहभागीहरूप्रति नेपालगन्ज जेसिसद्वारा धन्यवाद व्यक्त गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *